सहकारिता मन्त्रालय
केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहद्वारा आज नयाँ दिल्लीमा 10 हजार नवगठित बहुउद्देश्यीय प्राथमिक ऋण समिति (एम-पीएसीएस), डेयरी एवं मत्स्य सहकारी समितिहरू शुभारम्भ गरियो
प्रधानमन्त्री नरेन्द्र मोदीको “सहकारद्वारा समृद्धि”को मन्त्र चरितार्थ पार्न पीएसीएसको पहुँच हरेक गाउँसम्म सुनिश्चित गरिँदैछ
मोदी सरकारले सम्भाव्यता, सान्दर्भिकता, व्यावहारिकता तथा जीवन्तताका साथ पीएसीएसको विस्तार गरिरहेको छ
पाँच सालमा 2 लाख नयाँ पीएसीएस बनाउने लक्ष्य समयभन्दा अगावै पूरा हुनेछ
कम्प्युटरिकरणले पीएसीएसको पारदर्शिता बढेको छ, जसद्वारा सहकारिताको विस्तार भइरहेको छ भने महिला अनि युवाहरूले रोजगारका नयाँ अवसर पाइरहेका छन्
दुई लाख पीएसीएस बनेपछि फरवर्ड-ब्याकवर्ड लिङ्केजको माध्यमद्वारा किसानहरूको उब्जनीलाई विश्व बजारसम्म पुऱ्याउन सहज भएको छ
मोदी सरकारले हरेक प्राथमिक डेयरी वा किसानहरूलाई माइक्रो एटीएम वा रूपे केसीसी कार्ड दिई कम खर्चमा ब्रिज फाइनेन्स दिने काम गर्नेछ
तीन नयाँ राष्ट्रिय सहकारी संस्थासँग जोडिएका पीएसीएस अब जैविक उत्पाद, बिउ-बिजन उत्पादन र निर्यातमा सक्रिय हुनेछ, जसबाट किसानहरूको समृद्धि सुनिश्चित हुनेछ भने सामाजिक-आर्थिक समानताको मार्ग प्रशस्त हुनेछ
Posted On:
25 DEC 2024 6:25PM by PIB Gangtok
केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहद्वारा आज नयाँ दिल्लीमा 10 हजार नवगठित बहुउद्देश्यीय प्राथमिक कृषि ऋण समिति (पीएसीएस), डेयरी एवं मत्स्य सहकारी समितिहरूको शुभारम्भ गरियो। यस अवसरमा केन्द्रिय मत्स्य पालन, पशुपालन तथा डेयरी एवं पञ्चायतीराज मन्त्री राजीवरञ्जन सिंह, केन्द्रिय सहकारिता राज्यमन्त्री कृष्णपाल तथा मुरलीधर मोहोल लगायत सहकारिता सचिव एवं अन्य गण्यमान्य व्यक्ति उपस्थित थिए।
आफ्नो सम्बोधनको शुरुवातमा केन्द्रिय मन्त्री अमित शाहले दुई महापुरुष – पण्डित मदनमोहन मालवीय अनि पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको जन्म जयन्तीको अवसरमा दुवै महापुरुषप्रति श्रद्धाञ्जलि अर्पण गरे। पण्डित मदनमोहन मालवीय भारतको स्वतन्त्रता सङ्ग्रामका सबै नायकमा अग्रिम स्थानमा रहेको तथा उनले देशलाई स्वतन्त्रता, भारतीयता, संस्कृति अनि हिन्दू धर्मको चेतना जगाउन आजीवन काम गरेको उनले बताए।
यसै गरी पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीले देशलाई संसदमा पाँच दसकसम्म भारत अनि संस्कृतिको आवाज बनी संसदलाई मार्गदर्शन गरेको उनले उल्लेख गरे। प्रधानमन्त्रीका रूपमा वाजपेयीजीले कैयौं नयाँ शुरुवात गरेको र त्यस कारण भारतले उँचाई हासिल गर्नसकेको उनले बताए. भारतलाई आणविक शक्ति दिन र कारगिल युद्धका समय देशको भूमिका लागि सङ्घर्ष गर्ने सिद्धान्त वाजपेयीजीले स्थापित गरेको उनले बताए। अटलजीले देशका जनजातीय भाइ-बहिनीहरूका लागि अलग मन्त्रालय बनाउनका साथै स्वर्णिम चतुर्भुजको शुरुवात लगायत देशको सबै गाउँका लागि राज्य राजमार्गसँग जोड्न प्रधानमन्त्री ग्राम सडक योजनाको शुरुवात गरेको पनि केन्द्रिय मन्त्री शाहले प्रकाश पारे। आज महान स्वतन्त्रता सेनानी सी राजगोपालाचारीको पनि पुण्यतिथि रहेको र उनी हाम्रो वेद, उपनिषद अनि पुरातन साहित्यका ज्ञाता हुनका साथै संविधानको रचनामा उनले धेरै ठूलो योगदान दिएको उनले बताए।
आज अटलजीको जन्म शताब्दीको दिन 10 हजार नयाँ बहुउद्देश्यीय प्राथमिक कृषि ऋण समिति, डेयरी एवं मत्स्य सहकारी समितिहरूको शुभारम्भ भइरहेको केन्द्रिय गृह एवं सहकारिता मन्त्रीले बताए। यो संयोग मात्र नभएर संविधानमा 97 औं संशोधन अटलजीको समय भएको र धेरै समयसम्म कुनामा थन्किएको सहकारितालाई अटलजीले पुनः महत्त्व दिएको उनले बताए।
19 सेप्टेम्बर 2024 को दिन यसै स्थानमा एसओपी बनाइएको र त्यसको 86 दिनभित्र 10 हजार पीएसीएस पञ्जिकरण गर्ने काम पूरा गरेको अमित साहवले बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारिता मन्त्रालय स्थापना गर्दा उनले “सहकारद्वारा समृद्धि”को ध्रुव वाक्य दिएको उनले बताए। हरेक पञ्चायतमा सहकारिता उपस्थित हुनका साथै कुनै न कुनै रूपमा काम गरे मात्र “सहकारद्वारा समृद्धि” सम्भव हुने उनले बताए. हाम्रो देशको त्रिस्तरीय सहकारिता ढाँचालाई सबैभन्दा बढी तागत प्राथमिक सहकारी समितिले दिनसक्ने उल्लेख गर्दै यसै कारण मोदी सरकारले 2 लाख नयाँ पीएसीएस बनाउने निर्णय लिएको पनि उनले बताए।
नाबार्ड, एनडीडीबी र एनडीएफबीले 10 हजार प्राथमिक सहकारि समितिको पञ्जिकरणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सहकारिता मन्त्रालयको स्तापनापछि सबैभन्दा टूलो काम पीएसीएसको कम्प्युटरिकरण गर्नुरहेको उनले बताए. कम्प्युटरिकरणको आदारमा पीएसीएसलाई 32 प्रकारका नयाँ गतिविधिसँग जोड्ने काम गरिएको र पीएसीएसलाई बहुआयामी बनाई भण्डारण, उर्वरक, ग्यास, मल अनि जल वितरणको कामसँग जोडिएको पनि उनले अवगत गराए। प्रशिक्षित मानव बल नहुनुका कारण यी सबै हामीले गर्न नसक्ने भए तापनि यसका लागि आज यहाँ प्रशिक्षण मोड्युल पनि शुभारम्भ गरिएको र पीएसीएसका सदस्य अनि कर्मचारीहरूलाई सम्पूर्ण प्रशिक्षण दिन काम गर्ने उनले बताए. यो प्रशिक्षण मोड्युल हरेक जिल्ला सहकारी रेजिस्ट्रारको जिम्मेवारी बन्ने र पीएसीएसका सचिव एवं कार्यकारिणी सदस्यको उत्तम प्रशिक्षण सुनिश्चित हुनुपर्ने उनले स्पष्ट पारे।
केन्द्रिय गृह एवं सहकारिता मन्त्रीले आज यहाँ 10 वटा सहकारी समितिलाई रूपे किसान क्रेडिट कार्ड, माइक्रो एटीएम पनि वितरण गरे। यस अभियान अन्तर्गत आगामी दिनहरूमा हरेक प्राथमिक डेयरीलाई माइक्रो एटीएम प्रदान गरिने पनि उनले जानकारी दिए। माइक्रो एटीएम र रूपे किसान क्रेडिट कार्डले हरेक किसानलाई कम खर्चमा ऋण दिने काम गर्ने उनले अवगत गराए। पीएसीएसको विस्तारका लागि प्रत्यक्षता, प्रासाङ्गिकता, व्यावहारिकता अनि जीवन्ततालाई ध्यानमा राखिएको र पीएसीएसमा 32 वटा कामलाई जोडेर यसलाई प्रत्यक्ष अनि व्यावहारिक बनाइएको उनले बताए। गाउँमा साझा सेवा केन्द्र (सीएससी) पीएसीएस बनेपछि गाउँका हरेक नागरिक कुनै न कुनै रूपमा पीएसीएसको परिधिभित्र आउनुपर्ने भएकाले यसको प्रासाङ्गिकता बढाइएको पनि उनले अवगत गराए। पीएसीएसले ग्यास वितरण, भण्डारण, पेट्रोल वितरण आदिको काम गर्न थालेपछि यसको जीवन्तता स्वयं बढेर जाने र पीएसीएस बहुउद्देश्यीय हुनुले यसको जीवन पनि लामो हुने बढी सम्भावना रहने उनले बताए। यो एउटा बहुउद्देश्यीय कार्यक्रम रहेको र यसद्वारा किसान अनि ग्रामीण अर्थव्यवस्थालाई सशक्त बनाउन ओजपूर्ण प्रयास हुने उनले बताए।
कम्प्युटरिकरण र प्रविधिको माध्यमद्वारा पीएसीएसमा पारदर्शिता आउनका साथै सहकारिताको धरातल स्तरमा विस्तार हुने र महिला तथा युवाहरूका लागि रोजगारको माध्यम पनि बन्ने केन्द्रिय मन्त्री शाहले बताए। पीएसीएसले कृषि संसाधन सरल रूपमा उपलब्ध हुने सुनिश्चित गर्ने उल्लेख गर्दै तीन नयाँ राष्ट्रिय स्तरको सहकारीको माध्यमद्वारा पीएसीएसले जैविक उत्पाद, बिउ-बिजन तथा निर्यातका साथमा किसानहरूको समृद्धिको बाटो पनि खोल्ने उनले बताए। यसद्वारा सामाजिक एवं आर्थिक समानता आउने उल्लेख गर्दै नयाँ आदर्श उपनियमहरूमा महिला, दलित, पछाडिएका लगायत आदिवासीहरूको भागीदारी सुनिश्चित गरेको हुँदा सामाजिक समरसता पनि बढ्ने उनले अवगत गराए।
मोदी सरकारले आगामी पाँच सालभित्र 2 लाख नयाँ पीएसीएस गठन गर्ने लक्ष्य राखेको पनि केन्द्रिय गृह एवं सहकारिता मन्त्री शाहले बताए। पाँच सालभन्दा अगावै दुई लाख पीएसीएस गठन गर्ने विश्वास व्यक्त गर्दै पहिलो चरणमा नाबार्डले 22,750 पीएसीएस र दोस्रो चरणमा 47,250 पीएसीएस बनाउने र यसै गरी एनडीडीबीले 56,500 नयाँ समिति बनाउने र 46,500 विद्यमान समितिलाई सुदृढ बनाउने उनले जानकारी दिए। एनएफडीबीले 6 जार नयाँ मत्स्य सहकारी समिति बनाउने र 5,500 विद्यमान मत्स्य सहकारी समितिलाई सशक्तिकरण गर्ने पनि उनले बताए. यसका अतिरिक्त राज्यका सहकारी विभागहरूले 25 हजार पीएसीएस बनाउने पनि उनले अवगत गराए. नयाँ आदर्श उपनियमका साथ अहिलेसम्म 11,695 नयाँ प्राथमिक सहकारी समिति पञ्जिकृत भएको र यो धेरै ठूलो उपलब्धि रहेको उनले बताए। दुई लाख नयाँ पीएसीएस बनेपछि फरवर्ड र ब्याकवर्ड लिङ्केजको माध्यमद्वारा किसानहरूका उब्जनीलाई वैश्विक बजारसम्म पुऱ्याउन पनि सरल हुने उनले बताए।
*********
(Release ID: 2088013)
Visitor Counter : 18
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali
,
Bengali-TR
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Kannada
,
Malayalam