मन्त्रीमण्डल

मन्त्रीमण्डलले उच्च प्रदर्शन भएको बायोमेन्युफेक्चरिङलाई बढ़ावा दिनका लागि बायोइ3 (अर्थव्यवस्था, पर्यावरण र रोजगारका लागि जैव प्रौद्योगिकी) नीतिलाई मञ्जुरी दियो


Posted On: 24 AUG 2024 7:22PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको केन्द्रीय मन्त्रीमण्डलले आज जैव प्रौद्योगिकी विभागको प्रस्ताव उच्च प्रदर्शन भएका बायोमेन्युफेक्चरिङलाई बढ़ावा दिनका लागि बायोई3 (अर्थव्यवस्था, पर्यावरण र रोजगारका लागि जैव प्रौद्योगिकी) नीतिलाई मजुरी दिएको छ।

बायोई3 नीतिका मुख्य विशेषताहरूमा विषयगत क्षेत्रमा अनुसन्धान एवं विकास तथा उद्यमशीलतालाई नवप्रवर्तन सञ्चालित समर्थन सामेल छ। यसले बायोमेन्युफेक्चरिङ र बायो-एआई हब र बायोफाउण्ड्री स्थापना गरेर प्रविधि विकास र व्यावसायीकरणलाई गति दिनेछ। हरित विकासको पुनरुत्थानशील जैव अर्थव्यवस्था मोडललाई प्राथमिकता दिनुका साथसाथै यो नीतिले भारतको कुशल कार्यबलको विस्तारलाई सहजता प्रदान गर्नेछ र रोजगारी सिर्जनामा तीव्रता ल्याउनेछ।

कुल मिलाएर यो नीतिले  सरकारका नेट जिरोकार्बन अर्थव्यवस्था र पर्यावरणका लागि जीवन शैलीजस्ता पहलहरूलाई अझ बलियो बनाउनेछ र सर्कुलर बायोइकोनोमीलाई प्रवर्द्धन गरेर भारतलाई त्वरित हरित विकासको बाटोमा अघि बढाउनेछ। बायोई3 नीतिले भविष्यलाई बढावा दिनेछ र अगाडि बढाउने छ, जुन वैश्विक चुनौतीहरूका लागि अधिक टिकाऊ, अभिनव र उत्तरदायी छ अनि विकसित भारतको लागि बायो-भिजन प्रस्तुत गर्दछ।

हाम्रो वर्तमान युग जलवायु परिवर्तन न्यूनीकरण, खाद्य सुरक्षा र मानव स्वास्थ्य जस्ता केही महत्त्वपूर्ण सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न टिकाऊ तथा परिपत्र प्रथाहरूलाई प्रवर्द्धन गर्नका लागि जीवविज्ञानको औद्योगिकीकरणमा निवेश गर्ने उपयुक्त समय हो। बायो-आधारित उत्पादहरूको विकास गर्न अत्याधुनिक आविष्कारहरूलाई गति दिनका लागि हाम्रो देशमा एक लचिलो जैव विनिर्माण पारिस्थितिकी प्रणालीको निर्माण गर्नु महत्त्वपूर्ण छ।

उच्च प्रदर्शन जैव विनिर्माण औषधिदेखि लिएर सामग्रीसम्म उत्पादहरूको उत्पादन गर्ने क्षमता, खेती र खाद्य चुनौतीहरूलाई सम्बोधन गर्ने र उन्नत जैव-प्रविधि प्रक्रियाहरूको एकीकरणको माध्यमद्वारा जैव-आधारित उत्पादहरूको उत्पादनलाई प्रवर्द्धन गर्ने क्षमता हो। राष्ट्रिय प्राथमिकताहरूलाई सम्बोधन गर्नका लागि बायोई3 नीतिले उच्च मूल्यको जैव-आधारित रसायन, बायोपोलिमर र इन्जाइम; स्मार्ट प्रोटीन र कार्यात्मक खाद्य पदार्थ; सटीक जैव चिकित्सा; जलवायु लचिलो कृषि; कार्बन क्याप्चर र यसको उपयोग; समुद्री र अन्तरिक्ष अनुसन्धान जस्ता रणनीतिक/विषयगत क्षेत्रहरूमा फोकस गर्नेछ।

**********



(Release ID: 2048610) Visitor Counter : 17