कृषि मन्त्रालय र किसान कल्याण

प्रधानमन्त्रीले 18 जूनको दिन बनारसमा पीएम-किसान अन्तर्गत 20 हजार करोड रुपियाँको 17 औं किस्ती जारी गर्ने


केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री शिवराजसिंह चौहानले प्रेस वार्तामा यसको जानकारी दिए

प्रधानमन्त्रीले 30 हजारभन्दा धेरै स्वयंसहायता समूहलाई कृषि सखीका रूपमा प्रमाणपत्र पनि प्रदान गर्ने

Posted On: 15 JUN 2024 3:10PM by PIB Gangtok

केन्द्रिय कृषि एवं किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज प्रेस वार्ता गरी प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पीएम-किसान अन्तर्गत करिब 30 हजार करोड रुपियाँको 17 औं किस्ती जारी गर्ने सम्बन्धमा जानकारी दिए। प्रधानमन्त्रीले पीएम-किसान योजनाको 17 औं किस्ती जारी गर्नका साथै कृषि सखीहरूका रूपमा 30 हजारभन्दा धेरै स्वयंसहायता समूहलाई प्रमाण पत्र प्रदान गर्नका लागि 18 जूनको दिन बनारसको दौडाहा गर्नेछन्। यो कार्यक्रम केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा उत्तर प्रदेश सरकारको सहयोगमा आयोजित गरिनेछ। यस कार्यक्रममा उत्तर प्रदेशका राज्यपाल, केन्द्रिय कृषि मन्त्री शिवराजसिंह चौहान, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तर प्रदेश सरकारका कैयौं अन्य मन्त्रीसहित प्रतिष्ठित गण्यमान्य व्यक्ति उपस्थित रहनेछन्।

प्रेस वार्ताको समय आफ्नो सम्बोधनमा केन्द्रिय कृषि एवं किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराजसिंह चौहानले कृ, जस्तो महत्त्वपूर्ण विभागको दायित्त्व सुम्पिएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे साथै विकसित भारतको सङ्कल्प पूरा गर्नका लागि कृषि महत्त्वपूर्ण आधार रहेको बताए। कृषि भारतीय अर्थव्यवस्थाको जग रहेको उल्लेख गर्दै आज पनि रोजगारको सबैभन्दा धेरै अवसर कृषिको माध्यमद्वारा सिर्जना हुने बताए।

आज देशका किसानहरूले अन्नको भण्डार भरिरहेको उल्लेख गर्दै केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्रीले भने, पहिले पनि कृषि अनि किसान प्रधानमन्त्री नरेन्द्र मोदीको सर्वोच्च प्राथमिकता रहेको र यसै कारण किसान कल्याणको निम्ति अनेकौं कदम उठाइएको र अझै पनि प्रधानमन्त्रीले पद ग्रहण गरेपछि सबैभन्दा पहिले किसान सम्मान निधिको 17 औं किस्ती जारी गर्न हस्ताक्षर गरेको बताए। तेस्रोपटक प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिलो कार्यक्रममा पीएम-किसानको बहुप्रतीक्षित 17 औं किस्ती 20 हजार करोड रुपियाँभन्दा धेरै राशि 9.26 करोडभन्दा धेरै लाभार्थी किसानलाई प्रधानमन्त्रीद्वारा बनारसबाट बटनको एक क्लिकमा वितरित गरिने उनले बताए।

किसान सम्मान निधि 24 फेब्रुअरी 2019 मा शुरु गरिएको र एउटा केन्द्रिय क्षेत्र योजना रहेको उल्लेख गर्दै यसको उद्देश्य उच्च आयको स्थितिको केही बहिष्करण मानदण्डका अधीन सबै भूमिधारक किसानको वित्तीय आवश्यकता पूरा गर्नुरहेको उल्लेख गरे। लाभार्थीहरूको पञ्जिकरण अनि सत्यापनमा पूर्ण पारदर्शिता कायम गर्दै भारत सरकारले देशभरीका करिब 11 करोड किसानलाई 3.04 लाख करोड रुपियाँभन्दा धेरै राशि वितरण गरिसकेको र यस किस्तीका साथ योजनाको शुरुवातदेखि लाभार्थीहरूलाई हस्तान्तरित कूल राशि 3.24 लाख करोड रुपियाँभन्दा धेरै हुने बताए।

18 जूनको दिन अन्नदाताहरूको खुशीका साथमा विकसित भारतको सङ्कल्पको सिद्धि श्रीगणेश हुनगइऱहेको कारण यस दिन कैयौं केन्द्रिय मन्त्रीले किसानसँग वार्ता गर्ने र त्यसमा विभागको विभिन्न योजनाबारे जागरूकता फैलाउन 50 केभीकेको दौडाहा गर्ने साथै परोक्ष कार्यक्रमसँग जोडिने केन्द्रिय मन्त्रीले बताए। देशभरीका करिब 2.5 करोड किसान यस कार्यक्रममा सामेल हुने जानकारी गराउँदै किसानहरूबीच जागरूकता फैलाउनका लागि देशभरी 732 कृषि विज्ञान केन्द्र, 1.0 लाखभन्दा धेरै प्राथमिक कृषि सहकारी समिति र 5.0 लाख साझा सेवा केन्द्र पनि यस कार्यक्रममा जुट्ने उनले जानकारी दिए।

प्रधानमन्त्रीको सङ्कल्प तीन करोड लखपति दिदी बनाउने रहेको उल्लेख गर्दै यसमध्ये करिब एक करोड दिदी बनिसकेको र 2 करोड बन्न बाँकी रहेको र यसैको एउटा आयाम कृषि सखी रहेको उनले बताए। किसानहरूको सहायताका लागि कैयौं दिदी-बहिनीलाई प्रशिक्षण दिई तयार गरिएको ताकि खेतीमा अलग-अलग कामको माध्यमद्वारा किसानहरूलाई सहयोग गर्नसकून् र करिब 60-80 हजार रुपियाँ वार्षिक अतिरिक्त आमदानी आर्जन गर्नसकून्, उनले बताए। पीएम किसानको किस्ती जारी गर्ने कार्यक्रमका साथसाथै प्रधानमन्त्री नरेन्द्र मोदीले 30 हजारभन्दा धेरै स्वयंसहायता समूहलाई कृषि सखीका रूपमा प्रमाणपत्र पनि प्रदान गर्ने र एक प्रतीकका रूपमा प्रधानमन्त्रीले 5 कृषि सखीलाई प्रमाणपत्र वितरण गर्ने केन्द्रिय कृषि मन्त्री चौहानले बताए।

कृषि सखी कार्यक्रमको पहिलो चरण 12 वटा राज्य जस्तै गुजरात, तमिलनाडु, उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ, कर्नाटक, महाराष्ट्र, राजस्थान, ओडिशा, झारखण्ड, आन्ध्र प्रदेश र मेघालयबाट शुरु गरिएको उनले बताए। आज 70 हजारमध्ये 34 हजारभन्दा धेरै कृषि सखीलाई प्यारा-एक्स्टेन्शन वर्करका रूपमा प्रमाणित गरिसकएको पनि उनले बताए। कृषि सखीहरूलाई विश्वसनीय सामुदायिक संसाधन व्यक्ति र अनुभवी किसान भएका नाताले प्यारा विस्तार कार्यकर्ताका रूपमा चयन गर्ने गरिएको उनले बताए। कृषि सखीहरूलाई पहिलेबाटै विभिन्न कृषि पद्धतिमा व्यापक प्रशिक्षण प्रदान गरिन्छ, जसद्वारा उनीहरूले किसानहरूलाई प्रभावी ढङ्गले सहायता अनि मार्गदर्शन गर्न सुसज्जित हुने केन्द्रिय कृषि मन्त्रीले बताए।

कृषिमा महिलाहरूको महत्त्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै कृषि अनि ग्रामीण विकास मन्त्रालयले एउटा सम्झौता ज्ञापनमा पनि हस्ताक्षर गरेको चौहानले बताए। प्रधानमन्त्री किसान सम्मान निधि अन्तर्गत प्रत्यक्ष लाभ अन्तरणको माधअयमद्वारा देशभरीका किसान परिवारको ब्याङ्क खातामा हरेक चार महिनाको अन्तरालमा तीन समान किस्तीमा 6 हजार रुपियाँ वार्षिक वित्तीय लाभ हस्तान्तरित गर्ने गरिएको उनले बताए। यसका साथै प्रधानमन्त्री फसल बीमा योजना अन्तर्गत 4 करोडभन्दा धेरै किसानलाई आर्थिक सुरक्षाको ग्यारेन्टी प्रदान गरिएको उनले बताए। वैश्विक मूल्यमा उछाल आए तापनि किसानहरूलाई 11 लाख करोड सब्सिडी उपलब्ध गराई सस्तो दरमा रासायनिक मल उपलब्ध गराउने काम निरन्तर जारी रहेको केन्द्रिय मन्त्रीले बताए।

यस कार्यक्रमको सीधा प्रसारण डीडी, डीडी-किसान, माइगभ, विकास खण्ड कार्यालयदेखि लिएर ग्राम पञ्चायत, युट्यूब, फेसबुक, अलग-अलग कृषि विज्ञान केन्द्र र देशभरी पाँच लाखभन्दा धेरै साझा सेवा केन्द्रद्वारा गरिने केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्रीले बताए। यस कार्यक्रममा कुनै पनि माध्यमद्वारा सीधा भाग लिई कार्यक्रम र प्रधानमन्त्रीसँग जोडिन पनि उनले अपील गरे।

प्रेस वार्ताको समय कृषि एवं किसान कल्याण विभागका सचिव मनोज आहूजा, कृषि अनुसन्धान एवं शिक्षा विभागका सचिव हिमांशु पाठक पनि उपस्थित थिए। (पीआइबी)

*********



(Release ID: 2025932) Visitor Counter : 25