सूचना तथा प्रसारण मन्त्रालय
श्री सञ्जय जाजुले सूचना तथा प्रसारण मन्त्रालयको सचिवको पदभार ग्रहण गरेका छन्
Posted On:
05 FEB 2024 4:42PM by PIB Gangtok
सञ्जय जाजुले आज सूचना तथा प्रसारण मन्त्रालयको सचिवको पदभार ग्रहण गरेका छन्। उनी तेलेङ्गाना क्याडरका 1992 ब्याचका आईएएस अधिकारी हुन्। पदभार ग्रहण गरेपछि उनलाई निवर्तमान सचिव श्री अपूर्व चन्द्र लगायत मन्त्रालयका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यमले स्वागत गरेका थिए। श्री अपूर्व चन्द्रलाई स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
श्री जाजुले यसअघि 2018 देखि 2023 सम्म भारत सरकारको अतिरिक्त सचिव र अक्टोबर 2014 देखि मार्च 2018 सम्म राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडको निर्देशकको रूपमा काम गरिसकेका छन्।
उनले मई 2011 देखि अक्टोबर 2014 सम्म आन्ध्र प्रदेश सरकार (इलेक्ट्रोनिक्स, आईटी र सञ्चार विभाग) को सचिवको रूपमा सेवा गरिसकेका छन्।
****
(Release ID: 2003644)
Visitor Counter : 92
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali-TR
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam