मन्त्रीमण्डल

मन्त्रीपरिषद्ले ईयू-भारत व्यापार तथा प्रविधि परिषद्को ढाँचा अन्तर्गत सेमीकन्डक्टर इकोसिस्टममा कार्य व्यवस्थामा भारत र युरोपेली आयोग बीचको सम्झौता ज्ञापनलाई अनुमोदन गर्यो


Posted On: 18 JAN 2024 12:57PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा सम्पन्न भएको केन्द्रीय मन्त्रीपरिषद्लाई गणतन्त्र भारत सरकार र सेमिकन्डक्टर इकोसिस्टम, ईयू-इण्डिया व्यापार तथा प्रविधि परिषद् (टीटीसी) को ढाँचा अन्तर्गत यसको आपूर्ति शृङ्खला र नवीनतामा काम गर्ने व्यवस्थासम्बन्धी युरोपेली आयोगबीच 21 नोभेम्बर, 2023 मा हस्ताक्षर भएको सम्झौता ज्ञापन पत्र (एमओयू)-बारे जानकारी गराइयो।

विवरण:

एमओयूले उद्देश्य उद्योग र डिजिटल प्रविधिको विकासको लागि सेमिकन्डक्टरलाई बढ़ाउने दिशामा भारत र यूरोपेली सङ्घ बीचको सहयोगलाई बलियो बनाउनु हो।

कार्यान्वयन रणनीति र लक्ष्य:

एमओयू हस्ताक्षर भएको मितिदेखि लागू हुनेछ र दुवै पक्षले यस उपकरणका उद्देश्यहरू प्राप्त भएको पुष्टि नगरेसम्म वा एक पक्षले यस उपकरणमा आफ्नो सहभागिता बन्द नगरेसम्म जारी रहन सक्छ।

प्रभाव:

सेमीकन्डक्टर आपूर्ति शृङ्खलाको लचिलोपनलाई बढ़ावा दिने र सेमीकन्डक्टरको क्षेत्रमा सहयोगलाई बढ़ावा दिनका लागि पूरक शक्तिहरूको लाभ उठाउनका लागि जी2जी र बी2बी द्विपक्षीय सहयोग रहनेछ।

पृष्ठभूमि:

मिटवाईले इलेक्ट्रोनिक्स विनिर्माणको लागि अनुकूल वातावरण सिर्जना गर्नका लागि सक्रिय रूपमा काम गरिरहेको छ। भारतमा सेमीकन्डक्टरको विकासका लागि कार्यक्रम भारतमा एक बलियो तथा दिगो सेमीकन्डक्टर र डिस्प्ले इकोसिस्टमको विकासलाई सुनिश्चित गर्ने उद्देश्यले शुरु गरिएको थियो। उक्त कार्यक्रमको उद्देश्य सेमीकन्डक्टर फ्याब्स, डिस्प्ले फ्याब्स, कम्पाउण्ड सेमीकन्डक्टर / सिलिकन फोटोनिक्स / सेन्सर / डिस्क्रिट सेमीकन्डक्टर र सेमिकन्डक्टर एसेम्बली, टेस्टिङ, मार्किङ र प्याकेजिङ (एटीएमपी) / आउटसोर्स सेमीकन्डक्टर एसेम्बली र टेस्ट (ओएसएटी) को सुविधा स्थापनाका लागि वित्तीय सहयोग विस्तार गर्ने लक्ष्य राखेको छ। यस अतिरिक्त, देशमा सेमीकन्डक्टर र डिस्प्ले विनिर्माण पारिस्थितिकी तन्त्रको विकासका लागि भारतको रणनीतिलाई चलाउनका लागि डिजिटल इण्डिया कर्पोरेशन (डीआईसी) अन्तर्गत भारत सेमीकन्डक्टर मिशन (आईएसएम) को स्थापना गरिएको छ।

मिटवाईलाई द्विपक्षीय र क्षेत्रीय रूपरेखा अन्तर्गत इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिको उदीयमान एवं अग्रणी क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्न पनि जिम्मेवारी दिइएको छ। यस उद्देश्यका साथ, मिटवाईले द्विपक्षीय सहयोग तथा सूचना आदान - प्रदानलाई प्रवर्द्धन गर्न र भारतलाई विश्वसनीय साझेदारको रूपमा उभिन सक्षम तुल्याउने आपूर्ति शृङ्खला लचिलोपन सुनिश्चित गर्न विभिन्न देशका समकक्ष संस्था/ एजेन्सीहरूसँग एमओयू / एमओसी / सम्झौता गरेको छ। सेमीकन्डक्टर आपूर्ति शृङ्खलालाई बढावा दिन र सेमीकन्डक्टरको क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न पूरक शक्तिहरूको लाभ उठाउन द्विपक्षीय सहयोग अभिवृद्धि गर्दै भारत र युरोपेली सङ्घले यस एमओयूमा हस्ताक्षर गरे जुन पारस्परिक रूपमा लाभदायक सेमीकन्डक्टर सम्बन्धी व्यापार अवसर अनि भारत र युरोपेली सङ्घ साझेदारीको दिशामा अर्को कदम हो।

*******



(Release ID: 1997493) Visitor Counter : 68