प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीले पीएम-जनमन अन्तर्गत 1 लाख पीएमएवाई (जी) लाभार्थीहरूलाई पहिलो किस्ती जारी गरे


पीएम जनमन महा अभियानको लक्ष्य आदिवासी समुदायका प्रत्येक सदस्यलाई सरकारी योजनाहरूबाट लाभान्वित गराउनु हो

‘आज देशमा यस्तो सरकार छ, जसले सबैभन्दा पहिला गरीबको बारेमा सोच्दछ’

श्री रामको कथा माता शबरी बिना सम्भव छैन

मोदी ती मानिसहरूसम्म पुगे, जसको कहिल्यै वास्ता गरिएको थिएन

केन्द्र सरकारद्वारा चलाइँदै गरिएको आकांक्षी जिल्ला कार्यक्रमका सबैभन्दा धेरै लाभार्थीहरू मेरा आदिवासी दाजुभाइ दिदीबहिनीहरू हुन्

आज आदिवासी समाजले हाम्रो सरकार आदिवासी संस्कृति र उनीहरूको सम्मानका लागि कसरी काम गरिरहेको छ भनेर देख्न र बुझिरहेको छ

Posted On: 15 JAN 2024 3:16PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भिडियो कन्फ्रेन्सिङको माध्यमद्वारा प्रधानमन्त्री आदिवासी न्याय महा अभियान (पीएम-जनमन) अन्तर्गत प्रधानमन्त्री आवास योजना - ग्रामीण (पीएमएवाई - जी) का 1 लाख लाभार्थीहरूलाई पहिलो किस्ता जारी गरे। सो अवसरमा प्रधानमन्त्रीले पीएम-जनमनका लाभार्थीहरूसँग अन्तरक्रिया पनि गरेका छन्।

छत्तीसगढको जशपुर जिल्लाकी श्रीमती मानकुंवरी बाईले, जो आफ्ना पतिसित कृषि कार्यमा सामेल छिन्, ले प्रधानमन्त्रीलाई बताइन् कि उनी स्वयं सहायता समूहसँग आबद्ध भएर दोना पत्तल बनाउने तालिम प्राप्त गरिरहेकी छन्, साथै जनमनको रूपमा पीएम-जनमनसित सम्बन्धित योजनाहरूको बारेमा साथीहरूसँग पुगेर घर-घरमा अभियान चलाएर जागरूकता पनि पैदा गरिरहेका छन्। उनी दीप समूह नामक स्वयं सहायता समूहको हिस्सा हुन् जसमा 12 सदस्यहरू छन्। श्रीमती मानकुंवरीले पनि वन धन केन्द्रहरूमा स्वयं सहायता समूहहरूमा निर्मित उत्पादहरू बेच्ने योजनाको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइन्। उनले पक्की घर, पानी, ग्यास र बिजुली कनेक्शन र आयुष्मान कार्डबाट पाएका फाइदाका बारेमा बताइन् जसमा उनका पतिलाई कानको रोगको नि:शुल्क उपचार मिलेको छ भने उनकी छोरीलाई 30,000 रुपियाँको उपचार मिलेको छ। उनले वन अधिकार अधिनियम (एफआरए), किसान क्रेडिट कार्ड र पीएम किसान सम्मान निधिसित सम्बन्धी लाभ प्राप्त गरेको पनि उल्लेख गरिन्। श्रीमती मानकुंवरीले भनिन् कि नलको पानी कनेक्शनले उनलाई दूषित पानी पिउनबाट जोगाइरहेको छ र यसरी उनलाई आफू र आफ्नो परिवारलाई पानीजन्य रोगबाट बचाउनुका साथै ग्यास कनेक्शननले उनको समय बचाउन र दाउराबाट निस्कने धुवाँ हटाउन मद्दत गरिरहेको बताइन्। उनले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भनिन्, “जुन काम गत 75 वर्षमा भएन, अहिले त्यो काम 25 दिनमा सम्पन्न भएको छ।” श्री मोदीले खेलकुदमा रुचिको बारेमा पनि सोधखोज गरे अनि भीडका बीचमा युवा महिला र केटीहरूलाई हात देखाउन आग्रह गरे। उनले खेलकुदमा संलग्न हुनुपर्नेमा जोड दिँदै पछिल्लो समय अधिकांश खेलकुद पुरस्कार आदिवासी समुदायका खेलाडीले जित्ने गरेको बताए। प्रधानमन्त्रीले श्रीती मानकुंवरीलाई विभिन्न योजना अन्तर्गत लाभ प्राप्त गरिरहेको र जीवन सहज बनाउँदै गएकोमा खुशी व्यक्त गरे। प्रधानमन्त्रीले भने, “तपाईँले फाइदा मात्रै पाउनु भएको छैन, तर समुदाय बीचमा चेतना पनि सिर्जना गर्नु भएको छ।” उनले जब जनताको भागीदारी देखिन्छ, तब सरकारी योजनाहरूको प्रभाव धेरै गुणा बढ़ेर जाने कुरा पनि रेखाङ्कित गरे। उनले प्रत्येक लाभार्थीलाई सामेल गर्ने र कसैलाई पनि पछि नछोड्ने सरकारको प्रयास दोहोर्याउँदै आफ्नो अन्तरक्रिया समापन गरे।

मध्य प्रदेशको शिवपुरीकी शहरिया जनजातिकी श्रीमती ललिता आदिवासी 3 नानीका आमा हुनेे र आयुष्मान कार्ड, राशिन कार्ड, पीएम किसान निधिकी लाभार्थी हुन्। उनकी छोरी कक्षा 6 मा पढ्दै छिन् र उनलाई लाडली लक्ष्मी योजनाको लाभका साथ साथै छात्रवृत्ति, पोशाक र किताब पनि प्राप्त भइरहेको छ। उनको छोरा, जो कक्षा 2 का विद्यार्थी हुन्, उनलाई पनि छात्रवृत्ति र अन्य सुविधा प्राप्त भइरहेको छ। उनका सबैभन्दा कान्छो छोरो आँगनवाडी विद्यालयमा पढ्छन्। उनी स्वयं सहायता समूह शितला मैया स्वयं सहायता समूहसँग आबद्ध छिन्। उनलाई एक कस्टम हायरिङ सेन्टरले सहयोग गरेको छ। प्रधानमन्त्रीले उनलाई पक्की घरको पहिलो किस्ता पाएकोमा बधाई दिए। श्रीमती ललिताले आदिवासी जनजातिको समस्याप्रति यति संवेदनशील भएर सोचेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिइन् र जनमन अभियानले अहिले आदिवासी जनजातिले उपलब्ध योजनाको सबै फाइदा लिन सक्ने भएकाले परिवर्तनको बारेमा जानकारी गराइन्। उनले प्रधानमन्त्रीलाई आफूलाई स्वयं सहायता समूहको बैठकमा जनमन अभियान र अन्य योजनाका बारेमा जानकारी गराएको र आवास आवन्टन जस्ता लाभ पाउन थालेको र ससुराले पनि किसान क्रेडिट कार्डबाट फाइदा लिन थालेको बताइन्। जनमन अभियानको क्रममा 100 अतिरिक्त आयुष्मान कार्डहरू बनाइए। उनको गाउँ पूर्ण रूपले उज्ज्वला योजनाले समेटेको थियो र नयाँ घरहरूलाई पनि अभियान अन्तर्गत कवर गरिएको छ। प्रधानमन्त्रीले आदिवासी र ग्रामीण महिलाहरूको नेतृत्व क्षमताको प्रशंसा गरेका थिए। स्थानीय पञ्चायत सदस्य विद्या आदिवासीले प्रधानमन्त्रीलाई गाउँको मोडल सहित गाउँको नक्सा र विकास योजनाको बारेमा जानकारी गराइन्। प्रधानमन्त्रीले जमिनमा पीएम जनमनको प्रभावप्रति सन्तुष्टि व्यक्त गरे अनि प्रत्येक योग्य लाभार्थीलाई कवर गर्नका लागि सरकारको दृढ सङ्कल्पलाई दोहोर्याए।

सुश्री भारती नारायण रण, एकलव्य मोडल आवासीय विद्यालय, पिम्परीमा 9 कक्षाकी विद्यार्थी हुन् र नासिक, महाराष्ट्रमा रहने गर्छिन्, जसले आफ्नो हिन्दी भाषा कौशलले प्रधानमन्त्रीलाई प्रभावित गरिन्। आफ्नो विद्यालयमा उपलब्ध सुविधाको बारेमा प्रधानमन्त्रीले सोधखोज गर्दा उनले एक ठूलो खेल मैदान, आवासीय छात्रावास र स्वच्छ भोजनको उल्लेख गरिन्। सुश्री भारतीले पनि आईएएस अधिकारी बन्ने आफ्नो आकांक्षा पनि साझा गरिन् र भनिन् कि उनले आश्रम स्कूलमा स्कूलका शिक्षक रहेका आफ्ना जेठा दाजुबाट प्रेरणा पाएकी थिइन्। सुश्री भारतीका दाजु, श्री पाण्डुरङ्गाले प्रधानमन्त्रीलाई जानकारी दिए कि उनले सीबीएसई बोर्ड अन्तर्गत एकलव्य मोडल स्कूलमा कक्षा 6 देखि 12 सम्म पढे अनि नासिकबाट स्नातक उपाधि प्राप्त गरे। उनले विशेष गरी ठूला शहर जान चाहने बालक - बालिकालाई एकलव्य मोडल स्कूलमा पढ्न प्रेरित गर्ने बारेमा पनि जानकारी दिए। अहिलेसम्म प्राप्त भएका फाइदाहरूको बारेमा बोल्दै श्री पाण्डुरङ्गाले पीएमएवाई अन्तर्गत पक्की घर, शौचालय, मनरेगा अन्तर्गत रोजगारी, उज्ज्वला ग्यास कनेक्शन, बिजुली कनेक्शन, धाराको पानी आपूर्ति, एक राष्ट्र एक राशिन कार्ड र आयुष्मान कार्डको उल्लेख गरे। उनले पीएम-जनमन अन्तर्गत आज हस्तान्तरण हुने 90,000 रुपियाँको पहिलो किस्ताको पनि उल्लेख गरे। उनले सबै विद्यार्थीहरूलाई देशको कुना कुनामा पुगेर राष्ट्रको सेवा गर्न सक्ने गरी शिक्षा दिने इच्छा व्यक्त गरे। प्रधानमन्त्रीले सबै मन्दिरहरूमा सरसफाइ अभियान सञ्चालन गर्न आफ्नो स्पष्ट आह्वान दोहोर्याउदै विद्यार्थीहरूलाई आफ्नो क्षेत्रमा उत्साहजनक सहभागिता देखाउन आग्रह गरे। प्रधानमन्त्री मोदीले दुई विद्यार्थीलाई आफ्नो आशीर्वाद दिए र बालक - बालिकालाई शिक्षा दिने उनको प्रतिबद्धताका लागि उनीहरूका माता-पितालाई पनि नमन गरे। उनले सुश्री भारतीले आफ्नो सपना पूरा गर्ने विश्वास व्यक्त गर्दै देशमा एकलव्य विद्यालयको सङ्ख्यालाई थप विस्तार गर्नका लागि सरकारले सबै पहल गरिरहेको जानकारी दिए। प्रधानमन्त्री मोदीले सो अवसरमा उपस्थित विद्यार्थीहरूलाई एकलव्य विद्यालयको हिस्सा बन्न आग्रह गरे।

आन्ध्र प्रदेशको अलुरीसिथराम राजु जिल्लाकी श्रीमती स्वावी गङ्गा दुई सन्तानकी आमा हुन् र उनलाई जनमन अन्तर्गत घर, ग्यास कनेक्शन, बिजुली कनेक्शन र पानी कनेक्शन आवन्टित गरिएको छ। उनको क्षेत्र, अराकु उपत्यका कफीका लागि प्रसिद्ध छ र उनी कफी बगानमा पनि संलग्न छिन्। सरकारी योजनाका कारण आफूले उत्पादनको राम्रो मूल्य पाउन सक्ने र कृषि, प्रशोधन, प्याकेजिङ र मार्केटिङका लागि कौशल विकास योजनाका साथै प्रधानमन्त्री किसान सम्मान निधिको लाभ पनि पाइरहेको उनले प्रधानमन्त्रीलाई जानकारी दिइन्। उनले वन धन योजनाले आफ्नो आम्दानी मात्र नभई बिचौलियाबाट पनि बचाएको बताइन्। प्रधानमन्त्री मोदीले लखपति दिदी बनेकोमा उनलाई बधाई दिँदै देशमा 2 करोड लखपति दिदी बनाउने प्रयासको बारेमा जानकारी दिए। श्रीमती स्वावीले गाउँका नयाँ सडक, आफ्नो गाउँमा आएका खानेपानी र बिजुलीको सुविधाप्रति खुशी व्यक्त गरिन्। उनले आफ्नो उपत्यकाको कडा चिसो मौसममा एउटा पक्की घरले आफ्नो जीवनमा वास्तविक परिवर्तन ल्याउने बताइन्। उनीसँग भएको कुराकानीपछि प्रधानमन्त्रीले सन् 2047 सम्ममा विकसित भारतको सङ्कल्प अवश्य पूरा हुने विश्वास व्यक्त गरे।

झारखण्डको गुम्ला जिल्लाकी श्रीमती शशि किरण बिरजिया, जसको परिवारमा 7 जना सदस्य छन्, उनले प्रधानमन्त्रीलाई स्वयं सहायता समूहमा संलग्न हुने, फोटोकपी मशिन र सिलाइ मशिन खरिद गर्ने र कृषि कार्यमा सामेल हुने जानकारी दिइन्। प्रधानमन्त्रीलाई प्राप्त लाभहरूको बारेमा जानकारी दिँदै उनले नलको खानेपानी कनेक्शन, बिजुली, पीएम किसान सम्मान निधि प्राप्त गर्ने र आफ्नी आमालाई पीएम-जनमन अन्तर्गत पीएमएवाई (जी) अन्तर्गत पक्की घरको लागि स्वीकृत भएको, यसका साथै किसान क्रेडिट कार्ड प्राप्त गर्ने र यससँग सम्बन्धित वन धन केन्द्रहरू रहेको उल्लेख गरिन्। स्वयं सहायता समूहको माध्यमबाट ऋण उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीको जिज्ञासामा श्रीमती शशीले हालै आफ्नो गाउँमा कमै पाइने फोटोकपी मशिन खरिद गरेको बताइन्। 12 सदस्य रहेको एकता आजीविका सखी मण्डल नामक स्वयं सहायता समूहको माध्यमदद्वारा प्रधानमन्त्री कौशल विकास योजना अन्तर्गत दोना पातल र विभिन्न प्रकारका अचार बनाउने तालिम लिएर वन धन केन्द्रको माध्यमबाट बेच्ने गरेको उनले थपिन्। कौशल विकास होस्, आधारभूत सुविधा होस् वा पशुपालन होस्, लाभार्थीसम्म पुग्ने सरकारी योजनाको प्रभाव जमिनी स्तरमा देखिएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे। उनले प्रधानमन्त्री जनमन कार्यान्वयनसँगै यसको गति र मापन पनि धेरै गुणा बढेको बताए। उनले भने, “विगत 10 वर्षदेखि हाम्रो सरकार सबै सरकारी योजनाहरूलाई सबै लाभार्थीसम्म सहज र समय सीमाभित्र पुर्याउन प्रतिबद्ध छ।” उनले भने, “सरकारी योजनाहरू सबै लाभार्थीसम्म पुग्नेछन्। यो मोदीको ग्यारेन्टी हो।” श्रीमती शशिले गुम्ला जिल्लाका सबै बासिन्दाको तर्फबाट पीएम- जनमन र अन्य सरकारी योजनाहरू कार्यान्वयन गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरिन्।

सो अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्रीले उत्तरायण, मकर सङ्क्रान्ति, पोङ्गल र बिहु पर्वको उल्लेख गर्दै सिङ्गो राष्ट्रमा चाडपर्वको माहोल रहेकोमा ध्यानाकर्षण गराए। आजको अवसरले चाडपर्वलाई थप प्रभावकारी बनाएको र लाभार्थीसँग भएको अन्तरक्रियाले आफूलाई रमाइलो मुडमा पुर्याएको उनले बताए। प्रधानमन्त्रीले पक्की घरहरूको निर्माणका लागि उनीहरूको ब्याङ्क खातामा धनराशिको हस्तान्तरणको उल्लेख गर्दै भने, “एकातिर, अयोध्यामा एकातिर दीपावली मनाइँदैछ, त्यहीँ अर्कोतिर अति पिछडिएको जनजाति समुदायका 1 लाख मानिसले पनि दीपावली मनाउँदैछन्” भन्दै यस अवसरमा उनीहरूलाई बधाई दिए।

यस वर्षको दीपावली लाभार्थीले आफ्नै घरमा मनाउने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे। अयोध्यामा राम मन्दिरको अभिषेकको शुभ अवसरमा उल्लेख गर्दै प्रधानमन्त्रीले यस्तो ऐतिहासिक अवसरको हिस्सा बन्ने अवसर पाएकोमा कृतज्ञता व्यक्त गरे। प्रधानमन्त्री मोदीले राम मन्दिरको अभिषेकलाई सम्मान गर्न आफूले गरेको 11 दिने व्रत अनुष्ठानमा माता शबरीलाई सम्झनु स्वाभाविक भएको बताए।

प्रधानमन्त्रीले राजकुमार रामलाई मर्यादा पुरुषोत्तम राममा रूपान्तरण गर्नमा माता शबरीको ठूलो भूमिकालाई रेखाङ्किङ गर्दै भने, श्रीरामको कथा माता शबरीको बिना सम्भव छैन। उनले भने, “दशरथका पुत्र राम तब दीनबन्धु राम बन्न सके, जब उनले आदिवासी माता शबरीको जुठो खाएका थिए।” रामचरित मानसलाई उद्धृत गर्दै प्रधानमन्त्रीले भगवान् श्रीरामसँग भक्तिको सम्बन्ध सबैभन्दा ठूलो भएको बताए। चाहे त्यो त्रेताका राजारामको कथा होस् वा अहिलेको अवस्था, गरीब, विपन्न र आदिवासी बिना कल्याण सम्भव छैन”, श्री मोदीले विगत 10 वर्षमा गरीबका लागि 4 करोड स्थायी घर निर्माण गरेको उल्लेख गर्दै भने। उनले भने, मोदी ती मानिसहरूसम्म पुगेका छन्, जसको परवाह कहिल्यै गरिएको थइएन।

प्रधानमन्त्रीले जनजाति समुदायका प्रत्येक सदस्यलाई सरकारी योजनाको माध्यमद्वारा लाभान्वित गराउने पीएम जनमन महा अभियानको लक्ष्य रहेको बताए। उनले दुई महिनाभित्र पीएम जनमन महा अभियानले अरूले सपनामा मात्रै देख्न सक्ने नतिजा हासिल गरेको बताए। भगवान् बिरसा मुण्डोको जन्मजयन्तीमा पीएम जनमनको उद्घाटनका अवसरमा प्रधानमन्त्रीले चुनौतीको स्मरण गर्दै आदिवासी जनजाति बसोबास गर्ने देशका दुर्गम, सुदूर तथा सीमावर्ती क्षेत्रसम्म यसको फाइदा पुर्याउन कठिनाइ भएको उल्लेख गरे। उनले दूषित पानी, बिजुलीको पहुँच, ग्यासको पहुँच, सडक र सम्पर्कको अभाव जस्ता क्षेत्रमा रहेका चुनौतीहरूमाथि प्रकाश पार्दै अहिलेको सरकारले ठूलो जिम्मेवारी लिएकोमा उनले जोड दिए। यस योजनालाई किन जनमन भनियो भनेर प्रष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘जन’ को अर्थ हो जनता र ‘मन’ भनेको उनीहरूको ‘मन की बात’ वा उनीहरूको भित्री आवाज हो। उनले पीएम जनमन महा अभियानमा सरकारले 23,000 करोडभन्दा अधिक खर्च गर्ने योजना बनाएकाले आदिवासी समुदायका सबै इच्छा अब पूरा हुने बताए।

प्रधानमन्त्रीले समाजमा कोही पनि पछाडि नरहने र सरकारी योजनाको फाइदा सबैमा पुगेपछि मात्रै देशको विकास हुन सक्ने बताए। देशका करिब 190 जिल्लामा अति पिछडिएको जनजाति समुदायको बसोबास रहेको जानकारी दिँदै प्रधानमन्त्रीले दुई महिनाभित्र 80,000 भन्दा बढी आयुष्मान कार्ड वितरण गर्ने सरकारको दृष्टिकोणलाई प्रकाश पारे। त्यसै गरी, सरकारले अति पिछडिएका जनजाति समुदायका करिब 30,000 किसानलाई प्रधानमन्त्री किसान सम्मान निधिमा जोडेको र 40,000 लाभार्थीको ब्याङ्क खाता खोलिएको पनि प्रधानमन्त्रीले जानकारी दिए। उनले 30,000 भन्दा बढी विपन्नलाई किसान क्रेडिट कार्ड दिएको र 11,000 भन्दा बढीलाई वन अधिकार अधिनियम अन्तर्गत भूमिको पट्टा दिइएको बताए। उनले यो केही साताको प्रगति भएको र दिन प्रतिदिन सङ्ख्या बढ्दै गएको पनि बताए। “सरकारका हरेक योजना हाम्रा अति पिछडिएका जनजाति समुदायमा यथाशीघ्र पुगोस् भन्ने सुनिश्चित गर्नका लागि सरकारले सबै प्रयास गरिरहेको छ। म तपाईंलाई यो आश्वासन दिन्छु र यो मोदीको ग्यारेन्टी हो। र तपाईँलाई थाहा छ मोदीको ग्यारेन्टी भनेको पूरा गर्ने ग्यारेन्टी हो” , उनले भने।

विशेष गरी कमजोर जनजाति समूह (पीभीटीजी) लाई पक्की घर उपलब्ध गराउने विषयमा कुरा गर्दै प्रधानमन्त्रीले आदिवासी लाभार्थीको खातामा सिधै पैसा पठाइएको बताए। बिजुली, ग्यास कनेक्शन, पाइपबाट पिउने पानी र शौचालय सहित सम्मानजनक जीवनयापनको स्रोत हुने पक्की घरका लागि उनीहरूले 2.5 लाख रुपियाँ पाउने उनले बताए। उनले यी एक लाख लाभार्थी शुरुआत मात्र भएको र सरकारले प्रत्येक योग्य उम्मेदवारसम्म पुग्ने बताए। प्रधानमन्त्रीले यस्तो सुविधाका लागि कसैलाई घूस नदिन लाभार्थीलाई आश्वस्त पार्नका साथै आग्रह गरे।

आदिवासी समुदायसँगको आफ्नो लामो सम्बन्धलाई स्मरण गर्दै प्रधानमन्त्रीले प्रधानमन्त्री भने कि उनले पीएम जनमन महा अभियानमा आफ्नो व्यक्तिगत अनुभवमा भरोसा गरे। यस अतिरिक्त, उनले मार्गदर्शनका लागि राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूलाई श्रेय दिए।

प्रधानमन्त्रीले त्यसको फाइदा लिनका चुनौतीतर्फ इशारा गर्दै भने, यदि योजनाहरू कागजमा चलिरहे भने वास्तविक लाभार्थीले त्यस्तो योजनाको अस्तित्वबारे कहिल्यै पनि थाहा पाउने थिएनन्। उनले पीएम-जनमन महा अभियान अन्तर्गत सरकारले बाधा पुर्याउने सबै नियम परिवर्तन गरेको र पिछडिएका जनजातिका गाउँहरूमा सहज पहुँच पुग्ने सडक बनाउने, मोबाइल मेडिकल युनिट सम्बन्धी नियममा परिवर्तन गरी प्रधानमन्त्री ग्राम सडक योजनाको उदाहरण दिए। हरेक जनजातिको घर घरमा बिजुली पुगोस् भन्ने सुनिश्चित गर्न सौर्य ऊर्जा कनेक्शन हस्तान्तरण गर्ने, सयौँ नयाँ मोबाइल टावरहरू स्थापना गरी द्रुत इन्टरनेट जडान सुनिश्चित गर्नका लागि यस्तो गरिएको उनले बताए।

खाद्य सुरक्षाका लागि प्रधानमन्त्रीले नि:शुल्क राशिन योजनाको जिकिर गरे, जसमा 5 वर्षका लागि बढ़ाइएको उल्लेख गरे। उनले जोखिममा परेका जनजाति समुदायका लागि खोप, तालिम, आँगनवाडी लगायतका सबै सुविधा एउटै छानामुनि उपलब्ध गराउने 1,000 केन्द्र बनाउने योजना रहेको पनि जानकारी दिए। उनले आदिवासी युवाका लागि छात्रावास निर्माणको पनि उल्लेख गरे। नयाँ वन धन केन्द्रहरू पनि आउँदैछन्, उनले थपे।

‘मोदीको ग्यारेन्टी’ सहितको विकसित भारत सङ्कल्प यात्रा देशका हरेक गाउँ गाउँमा पुग्दै गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनतालाई विभिन्न सरकारी योजनासँग जोड्नका लागि मात्रै सवारी साधन चलाइएको बताए। आकांक्षी जिल्ला कार्यक्रमको बारेमा बोल्दै उनले आदिवासी समुदायका सदस्य सबैभन्दा बढी लाभान्वित भएको बताए। उनले बिजुली जडान, एक राष्ट्र एक राशिन कार्ड र आयुष्मान भारत योजनाको पनि उल्लेख गरे।

प्रधानमन्त्रीले सिकल सेल एनिमियाको खतरामा पनि चर्चा गर्दै आदिवासी समाजका कैयौँ पुस्ता यस रोगबाट प्रभावित भएको बताए। एक पुस्ताबाट अर्को पुस्तामा सर्ने यो रोगलाई निर्मूल पार्न सरकारले प्रयास गरिरहेको उनले बताए। ‘विकसित भारत सङ्कल्प यात्रामा सिकल सेलको पनि परीक्षण भइरहेको छ। पछिल्ला 2 महिनामा 40 लाखभन्दा बढी मानिसको सिकल सेल परीक्षण गरिएको छ,’ उनले भने।

श्री मोदीले सरकारले अनुसूचित जनजातिसँग सम्बन्धित योजनाहरूको बजेट 5 गुणाले बढाएको जानकारी दिए। आदिवासी बालक - बालिकाको शिक्षाका लागि यसअघि उपलब्ध हुने छात्रवृत्तिको कुल बजेट अहिले साढे दुई गुणाले बढाइएको छ। प्रधानमन्त्रीले 10 वर्ष अघिसम्म देशमा आदिवासी बालक - बालिकाका लागि 90 एकलव्य मोडल विद्यालय मात्र निर्माण भएको उल्लेख गरे पनि वर्तमान सरकारले 10 वर्षमा 500 भन्दा बढी नयाँ एकलव्य मोडल विद्यालय निर्माणको काम थालेको बताए। उनले आदिवासी विद्यार्थीले उच्च शिक्षा हासिल गरेर ठूला कम्पनीमा काम गर्ने विश्वास व्यक्त गरे। यसका लागि आदिवासी क्षेत्रमा कक्षाहरू आधुनिकीकरण गर्दै उच्च शिक्षाका केन्द्रहरू बढाइँदैछ, उनले भने।

प्रधानमन्त्रीले सन् 2014 अघि करिब 10 वन उपजका लागि मात्रै एमएसपी तोकिएकोमा वर्तमान सरकारले करिब 90 वन उपजलाई एमएसपीको दायरामा ल्याएको बताए। वन उपजको लागि उच्च मूल्य प्राप्त गर्न, हामीले वन धन योजना बनायौँ, श्री मोदीले लाखौँ लाभार्थीहरूमध्ये महिलाहरूको धेरै सङ्ख्या रहेको विषयमा प्रकाश पार्दै भने। विगत 10 वर्षमा आदिवासी परिवारलाई 23 लाख पट्टा जारी गरिएको छ। हामीले जनजाति समुदायको हाट बजारलाई पनि प्रवर्द्धन गरिरहेका छौं। हाम्रा जनजाति दाजुभाइले जुन सामान बजारमा बेच्छन्, त्यही सामान देशका अन्य बजारमा पनि बेच्न सकून् भनेर धेरै अभियानहरू चलाइएको छ,’ उनले भने।

सम्बोधनको समापन गर्दै प्रधानमन्त्रीले भने, “मेरा आदिवासी दाजुभाइ दिदी-बहिनीहरू दुर्गम क्षेत्रमा बस्छन् तर अचम्मको दूरदर्शिता छ। हाम्रो सरकारले आदिवासी संस्कृति र उनीहरूको सम्मानका लागि कसरी काम गरिरहेको छ भन्ने कुरा आज आदिवासी समाजले देखेको र बुझेको छ।” उनले सरकारले भगवान् बिरसा मुण्डाको जन्मजयन्तीलाई जनजाति गौरव दिवसका रूपमा मनाउने घोषणा गरेको र देशभरिका 10 वटा आदिवासी स्वतन्त्रता सेनानीका ठूला सङ्ग्रहालय निर्माण गर्ने उल्लेख गरे। प्रधानमन्त्री मोदीले आदिवासी समुदायलाई उनीहरूको सम्मान र सुविधाको लागि निरन्तर काम गर्ने आश्वासन दिए।

पृष्ठभूमि

अन्तिम माइलमा अन्तिम व्यक्तिलाई सशक्तिकरण गर्ने अन्त्योदयको दृष्टिकोणमा प्रधानमन्त्रीको प्रयासलाई अनुरूप, पीएम-जनमन विशेष रूपमा जोखिममा रहेका आदिवासी समूहहरू (पीभीटीजी) को सामाजिक-आर्थिक कल्याणको लागि 15 नोभेम्बर 2023 मा जनजाति गौरव दिवस शुरु गरिएको थियो।

लगभग 24,000 करोड रुपियाँको बजेटको साथ पीएम-जनमन, 9 मन्त्रालयहरूको माध्यमद्वारा 11 महत्वपूर्ण हस्तक्षेपहरूमा केन्द्रित छ र यसको उद्देश्य पीभीटीडी घरपरिवार र बस्तीहरूलाई सुरक्षित आवास, सफा पिउने पानी र आधारभूत सुविधाहरूको साथ संतृप्त गरेर पीभीटीजीको सामाजिक-आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखिएको छ। सरसफाइ, शिक्षा, स्वास्थ्य र पोषण, बिजुली, सडक र दूरसञ्चार जडान र दिगो जीविकाका अवसरहरूसम्म उत्कृष्ट पहुँच सुनिश्चित गरिएको छ।

*****

 



(Release ID: 1996376) Visitor Counter : 65