युवा मामिला तथा खेलकुद मन्त्रालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले 12 जनवरीमा महाराष्ट्रको नासिकमा 27 औँ राष्ट्रिय युवा महोत्सवको उद्घाटन गर्ने


अभियानमा 88,000 भन्दा अधिक स्वयंसेवकहरू सहभागी हुनेछन्

स्वयंसेवकहरूले सरकारी योजनाहरूको बारेमा जानकारी प्रचार-प्रसार गर्नेछन्

Posted On: 10 JAN 2024 3:28PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 12 जनवरीमा महाराष्ट्रको नासिकमा 27 औँ राष्ट्रिय युवा महोत्सवको उद्घाटन गर्नेछन् र राष्ट्रका युवाहरूलाई सम्बोधन गर्नेछन्।

यस वर्ष राष्ट्रिय युवा दिवस भारतका विभिन्न जिल्लाहरूमा युवा मामिला विभागका सबै क्षेत्रीय सङ्गठनहरूले विभिन्न सरकारी विभागहरूको सहकार्यमा मनाइनेछ। एनएसएस इकाइ, एनवाईकेएस र धेरै शैक्षिक संस्थानहरूको सहयोगमा सम्पूर्ण देशमा ‘माई भारत’- का स्वयंसेवकहरूले भारतका लागि स्वयंसेवक गतिविधिहरूलाई सञ्चालन गर्नका लागि आफ्नो ऊर्जालाई समन्वय गर्नेछन्। युवा क्लबहरूले पनि उत्सवमा आफ्नो जीवन्त ऊर्जा ल्याउनेछन्, जसले वास्तवमा समावेशी मागोल सुनिश्चित गर्नेछ। अभियानमा 88,000 भन्दा अधिक स्वयंसेवक सहभागी हुनेछन्।

यी कार्यक्रमहरूका लागि स्वयंसेवकहरूलाई माई भारत डिजिटल प्लेटफर्म (https:/mybharat.gov.in) को माध्यमद्वारा पञ्जीकरण गरिनेछ। 12 जनवरीमा देशका प्रमुख शहर र 750 जिल्ला मुख्यालयमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजन गरिनेछ। प्रशिक्षित सडक सुरक्षा स्वयंसेवकहरूलाई केन्द्रीय / राज्य मन्त्रीगण, स्थानीय सांसद वा विधायकहरूद्वारा हरियो झण्डा देखाइनेछ, जसले एक गहन अभियानको माध्यमद्वारा सुरक्षित भोलिको निर्माण गर्ने प्रतिबद्धता दर्शाउनेछ। यी स्वयंसेवकहरूलाई ट्राफिक चोक पोइन्टहरूमा ट्राफिक व्यवस्थापन गर्न र सडक सुरक्षा सचेतना गतिविधिहरू सञ्चालन गर्नका लागि तैनाथ गरिनेछ।

स्वयंसेवकहरूले बालक - बालिकाका लागि कथा सुनाउने सत्रका लागि आँगनवाडी केन्द्रहरूमा पनि जानेछन् र सरकारी योजनाहरूको बारेमा जानकारी प्रसार गर्नेछन्।

12 जनवरी, 2024 मा स्वामी विवेकानन्दको जन्मजयन्ती हो र यसलाई राष्ट्रिय युवा दिवसको रूपमा पालन गरिन्छ। युवा मामिला विभागले देशको युवा जनसाङ्ख्यिकीको हरेक कुनालाई सामेल गर्ने र सशक्त बनाउनका लागि एक अद्वितीय तथा व्यापक दृष्टिकोणका साथ राष्ट्रिय युवा दिवसको तयारी गरिरहेको छ।

देशका 763 जिल्लामा राष्ट्रिय युवा दिवस 2024 को अवसरमा एक जिल्ला स्तरीय मेगा कार्यक्रम स्वामी विवेकानन्दप्रति श्रद्धाञ्जली अर्पण गरी शुरु हुनेछ।

कार्यक्रमको अन्त्यमा युवा उत्सवका विजेताहरूका साथ साथै आयोजक संस्थाका टोली / व्यक्तिहरूको सहभागितामा जिल्लाको विविध सांस्कृतिक सम्पदा र युवाहरूको प्रतिभालाई झल्काउने एक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ।

साझेदार मन्त्रालय र तिनीहरूका जिल्ला स्तरीय कार्यालयहरूले 12 जनवरी, 2024 मा ट्राफिक जागरूकता, पोषण तथा आहार, केभीआईसी स्टार्टअपका उत्पादहरू, पीएणईजीपी लाभार्थीहरूमाथि ध्यान केन्द्रित हुने स्थानमा मेगा कार्यक्रमका साथ साथै विभिन्न प्रदर्शनी / क्रियाकलाप / नामाङ्कन / चेतनामूलक अभियान सहित स्टलहरू स्थापना गर्नेछन्। माथिका सबै कार्यक्रम जिल्ला स्तरमा डिजिटल माई भारत प्लेटफर्ममा सिर्जना गरिँदैछ ताकि युवाहरूसम्म पहुँचमा सुधार गर्न सकियोस्। यस प्रकारको कार्यक्रमले प्रत्येक जिल्लाको अद्वितीय चरित्र र युवा आकांक्षाहरू बाहिरी गतिविधिहरूमा प्रतिबिम्बित हुने सुनिश्चित गर्दछ।

भारतभरिका युवाहरूले आफ्नो नजिकका गतिविधिहरूमा भाग लिन रुचि देखाउन सक्नेछन्। उनीहरूले माई भारत प्लेटफर्ममा आफ्नो सहभागिताको फोटो र मिडिया पनि अपलोड गर्न सक्नेछन्।

******


(Release ID: 1994915) Visitor Counter : 98