प्रधानमन्त्रीको कार्यालय

पीएमले 11 दिसम्बरको दिन “विकसित भारत @2047 : भोइस अव् युथ” शुभारम्भ गर्ने


विकसित भारत @2047 : को परिकल्पनामा देशका युवाहरूलाई विचार प्रस्तुत गर्ने मञ्च प्रदान यो पहल लक्षित छ

देशभरीका राजभवनहरूमा आयोजन हुने सङ्गोष्ठीमा पीएमले विश्वविद्यालयका उपकूलपति अनि संस्थान प्रमुखहरूलाई सम्बोधित गर्ने

Posted On: 10 DEC 2023 1:02PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले 11 दिसम्बरको दिन बिहान 10.30 बजे भिडियो कन्फरेन्सिङको माध्यमद्वारा विकसित भारत @2047 : भोइस अव् युथशुभारम्भ गर्नेछन्। यसका साथै देशभरीका राजभवनहरूमा आयोजन हुने सङ्गोष्ठीमा प्रधानमन्त्रीले विश्वविद्यालयका उपकूलपति अनि संस्थानका प्रमुखहरूलाई पनि सम्बोधित गर्नेछन्, जसले यस पहलको शुभारम्भको सङ्केत दिनेछ।

प्रधानमन्त्रीको परिकल्पना राष्ट्रिय योजना, प्राथमिकता अनि लक्ष्यहरू तर्जुमा गर्ने दिशामा देशका युवाहरूलाई सक्रिय रूपमा संलग्न गराउनु रहेको छ। विकसित भारत @2047 : भोइस अव् युथ”  पहलले देशका युवाहरूलाई विकसित भारत @2047 को परिकल्पनामा आफ्नो विचार प्रस्तुत गर्ने मञ्च प्रदान गर्नेछ। यो सङ्गोष्ठी देशका युवाहरूलाई विकसित भारत @2047 को निम्ति विचार अनि सुझाउ साझा गर्न संलग्न गर्ने प्रक्रियातर्फ प्रमुख कदम हुनेछ।

विकसित भारत @2047, देशको 100 औं स्वन्त्रता दिवस वर्ष अर्थात् 2047 सम्म भारतलाई विकसित राष्ट्र बनाउने परिकल्पना हो। यस परिकल्पनामा आर्थिक विकास, सामाजिक प्रगति, पर्यावरणीय वहनीयता, सुशासन लगायत अन्यसहित विकासका विभिन्न बुँदा सम्मिलित छ।

****



(Release ID: 1984713) Visitor Counter : 89