संसदीय मामिला मन्त्रालय
azadi ka amrit mahotsav

संसदीय कार्य मन्त्रालयद्वारा संविधान दिवस मनाउनका लागि सबैलाई संविधान क्विज अनि प्रस्तावनाको अनलाइन वाचनमा भाग लिन आमन्त्रित


धेरैभन्दा धेरै जनभागीदारी सुनिश्चित गर्न दुई वेब पोर्ल शुरु

22 आधिकारिक भाषा अनि अङ्ग्रेजीमा “संविधानको प्रस्तावनाको अनलाइन वाचन”का लागि पोर्टल: https://readpreamble.nic.in/

“भारत लोकतन्त्रको जननी”माथि अनलाइन क्विजका लागि अर्को पोर्टल: https://constitutionquiz.nic.in/

कसैले पनि कहींबाट भाग लिई प्रमाण पत्र प्राप्त गर्नसक्नेछन्।

प्रविष्टि तिथि: 20 NOV 2023 12:19PM by PIB Gangtok

संविधान दिवस हरेक वर्ष 26 नोभेम्बरको दिन भारतद्वारा संविधान अङ्गीकार गर्नका साथसाथै यसद्वारा समर्थित आदर्श अनि सिद्धान्तहरूलाई रेखाङ्कित गर्न र हाम्रा संस्थापकहरूको योगदानप्रति सम्मान र आभार प्रकट गर्नका लागि पालन गरिन्छ।

संविधान दिवस मनाउनका लागि संसदीय कार्य मन्त्रालयले सबै नागरिकलाई संविधान क्विज अनि प्रस्तावनाको अनलाइन वाचनमा भाग लिनका लागि आमन्त्रित गरेको छ। धेरैभन्दा धेरै जनभागीदारी सुनिश्चित गर्न मन्त्रालयले दुईवटा वेब पोर्टल शुरु गरेको छ। यी वेब पोर्टलहरू हुन् :

•           22 आधिकारिक भाषा अनि अङ्ग्रेजीमा संविधानको प्रस्तावनाको अनलाइन वाचन : https://readpreamble.nic.in/

•           अनलाइन क्विज “भारत लोकतन्त्रको जननी” : https://constitutionquiz.nic.in/

           

यी पोर्टल सबैका लागि उपलब्ध छन् र कसैले पनि यसमा भाग लिई भागीदारीको प्रमाणपत्र प्राप्त गर्नसक्नेछन्। यस प्रकार तयार गरिएका प्रमाण पत्रलाई #SamvidhanDiwas को उपयोग गरी सोशल मिडिया पेल्टफर्ममा पोस्ट गर्नसकिनेछ।

****


(रिलीज़ आईडी: 1978203) आगंतुक पटल : 169
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , Marathi , हिन्दी , Assamese , Punjabi , Gujarati , Tamil , Kannada , Malayalam