प्रधानमन्त्रीको कार्यालय

सरकारी योजनाहरूले 13.5 करोड जनतालाई गरिबीको दलदलबाट नयाँ मध्यम वर्गमा जोडिन सक्षम बनाएको छ : प्रधानमन्त्री


Posted On: 15 AUG 2023 11:53AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज 77 औं स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट बोल्दै भारतले 2014 मा 10 औं सबैभन्दा ठूलो अर्थतन्त्रबाट माथि उठेर आज 2023 मा 5 औँ ठूलो अर्थतन्त्रमा सुधार गरेको कुरा स्मरण गराउनु भयो। भ्रष्टाचार विरुद्धको लडाईं, सरकारी लाभ हस्तान्तरणमा चुहावट रोक्न, बलियो अर्थतन्त्र निर्माण र जनताको पैसा गरीबको हितमा खर्च गर्ने भएकाले यो वृद्धि भएको प्रधानमन्त्रीले बताउनु भयो। आज म देशासीलाई भन्न चाहन्छु कि देश आर्थिक रूपमा सम्पन्न भएमा खजाना मात्रै भरिँदैन; तर, यसले नागरिक र राष्ट्रको क्षमता निर्माण गर्छ। यसलाई इमानदारीपूर्वक आफ्ना नागरिकको हितमा खर्च गर्ने वाचा गर्ने सरकार छ भने मात्र त्यस्तो दुर्लभ प्रगतिशील परिणाम प्राप्त हुन्छ।

केन्द्रबाट राज्यहरूलाई रु. 30 लाख करोडबाट रु. 100 लाख करो      डसम्म कोष हस्तान्तरण

विगत 10 वर्षमा भएको प्रगतिको लेखाजोखा दिँदै प्रधानमन्त्रीले तथ्याङ्कले परिवर्तनको आकर्षक कथा बताउने जनाउनु भयो। परिवर्तन ठूलो भएको र राष्ट्रको अपार क्षमताको प्रमाण रहेको दाबी गर्दै प्रधानमन्त्रीले भन्नुभयो कि 10 वर्षअघि भारत सरकारबाट रु. 30 लाख करोड राज्यमा जाने गर्दथ्यो। विगत 9 वर्षमा यो सङ्ख्या रु. 100 लाख करोड पुगेको छ, प्रधानमन्त्रीले औंल्याउनु भयो, “पहिले स्थानीय निकायको विकासका लागि भारत सरकारको कोषबाट रु. 70 हजार करोड खर्च हुने गरेको थियो, आज रु. 3 लाख करोडभन्दा बढी छ।

गरीबका लागि आवासमा चार गुणा वृद्धि, किसानहरूलाई रु. 10 लाख करोड युरिया अनुदान

प्रधानमन्त्रीले राष्ट्रलाई भन्नु भयो कि यसअघि गरीबको घर बनाउन रु. 90 हजार करोड खर्च भएको थियो; आज यो 4 गुणा बढेको छ र गरीबको घर बनाउन रु. 4 लाख करोडभन्दा बढी खर्च भइरहेको छ। केही विश्व बजारमा रु. 3,000 मा बिक्री हुँदै आएको युरियाको बोरा किसानलाई रु. 300 भन्दा कम्तीमा दिइँदै आएको प्रधानमन्त्रीले जानकारी दिनुभयो। केही विश्व बजारमा 3,000 रुपियाँमा बिक्री हुने युरियाको बोरा हामी हाम्रा किसानलाई 300 रुपियाँमा उपलब्ध गराउँछौँ, त्यसैले सरकारले हाम्रा किसानलाई युरियामा 10 लाख करोड रुपियाँ अनुदान दिइरहेको छ।

मुद्रा योजनाले लगभग 10 करोड नागरिकहरूलाई रोजगार सृजनाकर्ता बन्न सक्षम बनाएको छ

पीएमले भन्नुभयो कि मुद्रा योजनाले करोडौं नागरिकहरूलाई उद्यमी बन्न सक्षम बनाएको छ र यसरी अरूको लागि पनि रोजगारी सिर्जनाकर्ता बन्न सक्छ। “20 लाख करोड रुपियाँभन्दा बढीको बजेटको मुद्रा योजनाले हाम्रो देशका युवाहरूलाई स्वरोजगार, व्यवसाय र उद्यमहरूको अवसर प्रदान गरेको छ। करिब आठ करोड मानिसले नयाँ व्यवसाय शुरु गरेका छन् अनि आठ करोड मानिसले मात्र आफ्नो व्यवसाय शुरु गरेका छैनन्; तर प्रत्येक उद्यमीले एक वा दुईजनालाई रोजगारी दिएका छन्। आठ करोड नागरिकहरूले लिएको मुद्रा योजनामार्फत 8-10 करोड नयाँ व्यक्तिहरूलाई रोजगारी प्रदान गर्ने क्षमता हासिल गरिएको छ।प्रधानमन्त्रीले थप्नुभयो कि व्यवसायहरूलाई पनि कोविड - 19 महामारीको समयमा समर्थन गरिएको थियो, जसमा एमएसएमईहरूलाई लगभग 3.5 लाख करोड रुपियाँ सहयोग गरिएको थियो, तिनीहरूलाई डुब्नबाट रोक्न र उनीहरूलाई बल प्रदान गरियो।

 

प्रधानमन्त्रीले यो पनि स्मरण गराउनु भयो कि श्रद्धाञ्जलिको रूपमा कसरी वन र्याङ्क वन पेन्शनपहलले हाम्रा सैनिकहरूलाई भारतको कोषबाट 70,000 करोड रुपियाँको फाइदा ल्यायो। हाम्रा सेवानिवृत्त सैनिकका परिवारले यो पैसा पाएका छन्, उहाँले भन्नुभयो।

यी त केही उदाहरण मात्रै हुन् र देशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने, देशका विभिन्न कुनामा रोजगारी सृजना गर्ने अरू धेरै पहलहरू रहेको विषयमा प्रधानमन्त्रीले जोड दिनुभयो। प्रधानमन्त्रीले विगतका वर्षको तुलनामा देशको बजेट विभिन्न विधामा कैयौं गुणा बढेको राष्ट्रका नाममा स्मरण गराउनु भयो।

“13.5 करोड जनता गरिबीको साङ्लो तोडेर नयाँ मध्यम वर्गमा प्रवेश गरेका छन्

यी सबै प्रयासको फलस्वरूप सरकारको पाँच वर्षको एक कार्यकालमा 13.5 करोड गरीब जनता गरिबीको साङ्लोबाट मुक्त भएर नयाँ मध्यम वर्गमा प्रवेश गरेको प्रधानमन्त्रीले जानकारी दिनुभयो। जीवनमा योभन्दा ठूलो सन्तुष्टि हुनै नसक्ने प्रधानमन्त्रीले बताउनुभयो। प्रधानमन्त्रीले थप्नुभयो कि आवास योजनादेखि लिएर विभिन्न योजनाहरू, पीएम स्वनिधि योजनामार्फत स्ट्रीय भेण्डरहरूलाई 50,000 करोड रुपियाँको प्रावधान र यस्तै अन्य धेरै योजनाहरूले यी 13.5 करोड मानिसहरूलाई गरिबीको कठिनाइबाट माथि उठ्न मद्दत गरेको छ।

****



(Release ID: 1948871) Visitor Counter : 96