प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीद्वारा मध्य प्रदेशको शाहडोलबाट राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन अभियानको शुभारम्भ


लाभार्थीहरूलाई सिकल सेल आनुवंशिक स्थितिको कार्ड वितरण

मध्य प्रदेशमा 3.57 आयुष्मान भारत-पीएमजेएवाई कार्ड वितरणको कार्य शुरु

रानी दुर्गावतीको 500 जन्म जयन्ती राष्ट्रिय स्तरमा पालन गरिनेछ

“सिकल सेल एनिमियाको उन्मूलन अभियान अमृत कालको प्रमुख अभियान बन्नेछ”

“हाम्रा लागि आदिवासी समुदाय मतदाताको सङ्ख्या मात्र नभएर संवेदना अनि भावनाको विषय हो”

“झूटो आश्वासनबाट सावधान रहनुपर्नेछ कारण त्यो “नीयतमा खोट र गरीबमाथि चोट”का साथ जनतालाई प्रदान गरिन्छ

Posted On: 01 JUL 2023 5:31PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य प्रदेशको शाहडोलबाट राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन अभियानको शुभारम्भ गर्दै लाभार्थीहरूलाई सिकल सेल आनुवंशिक स्थिति कार्ड वितरण गरे। यसका साथै प्रधानमन्त्रीले मध्य प्रदेशमा 3.57 करोड आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना (एबी-पीएमजेएवाई) कार्ड वितरण पनि शुभारम्भ गरे। कार्यक्रममा प्रधानमन्त्रीले 16 औं शताब्दीतिर गोण्डवानाकी रानी दुर्गावतीको पनि सम्मान जनाए।

यस अवसरमा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रानी दुर्गावतीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन अभियान उनीद्वारा प्रेरित भई आज शुभारम्भ गरिएको बताए। मध्य प्रदेशका जनमानसलाई 1 करोड आयुष्मान कार्ड वितरण गरिरहेको पनि उनले उल्लेख गरे। यी दुई बृहत् प्रयासको लाभ गोण्ड, भिल र अन्य आदिवासी समाज रहेको पनि उनले रेखाङ्कित गरे। यस अवसरमा डबल इञ्जिन सरकारको निम्ति मध्य प्रदेशका जनमानसलाई उनले बधाई दिए।

प्रधानमन्त्रीले शाहडोलको धरतीबाट राष्ट्रले जनजाति समुदायको जीवनरक्षाको सङ्कल्प लिएको र यस सङ्कल्पले यस रोगबाट पीडिच 2.5 लाख बाल-बालिका अनि परिवारलाई सिकल सेल एनिमियाबाट मुक्ति दिलाउने उनले बताए। आदिवासी समुदायसँग आफ्नो अनुभव स्मरण गर्दै प्रधानमन्त्रीले यसको पीडादायी लक्षण तथा सिकल सेल एनिमियाको आनुवंशिक उत्पतिबारे रेखाङ्कित गरे।

बविश्वमा 50 प्रतिशतभन्दा धेरै सिकल सेल एनिमियाका घटना भारतमै हुने गरेको भए तापनि बितेको 70 वर्षमा पनि यस दिशामा कुनै ध्यान नदिइएकोमा प्रधानमन्त्रीले खेद प्रकट गरे। विगतका सरकारहरूको आदिवासी समुदायप्रतिको उदासीनता प्रकाश पार्दै वर्तमान सरकारले यसको समाधान खोजेको उनले दाबी गरे। यस सरकारको निम्ति आदिवासी समुदाय मतदाताको सङ्ख्या मात्र नभएर संवेदना अनि भावनाको विषय हो, प्रधानमन्त्रीले भने। आफू गुजरातको मुख्यमन्त्री भएको समयदेखि नै यस दिशामा प्रयास गरिरहेको र मध्य प्रदेशका वर्तमान राज्यपाल मङ्गुभाई सी पटेलका साथ आदिवासी समुदायका इलाकाहरू भ्रमण गरी सिकल सेल एनिमियाबारे जागरूकता फैलाउने काम गर्ने गरेको उनले दाबी गरे। गुजरातका मुख्यमन्त्रीका रूपमा विभिन्न अभियान शुरु गरेको पनि उनले स्मरण गरे। यसका साथै प्रधानमन्त्रीका रूपमा जापानको भ्रमणका समय नोबल पुरस्कार विजेता वैज्ञानिकसँग सहयोग मागेको पनि उनले बताए।

सिकल सेल एनिमियाको उन्मूलन अमृत कालको प्रमुख अभियानमध्ये एक रहने पनि प्रधानमन्त्रीले घोषणा गरे। आदिवासी समुदायलाई यस रोगबाट मुक्त गर्ने आफ्नो सङ्कल्प व्यक्त गर्दै देशलाई 2047 भित्र यसको प्रकोपबाट मुक्ति दिलाउने उनले बताए। सरकार, स्वास्थ्यकर्मी अनि आदिवासी समुदायबीच समन्विच पहल आवश्यक रहेको पनि उनले रेखाङ्कित गरे। रोगीहरूका लागि ब्लड ब्याङ्कहरूको स्थापना गर्नका साथै बोन म्यारो प्रत्यारोपणका कार्य बढाइएको तथा सिकल सेल एनिमियाको जाँच पुनरूद्धार गरिएको पनि उनले बताए। जाँचका लागि मानिसहरू अघि आउनुपर्ने पनि उनले आह्वान जनाए।

यस रोगले समस्त परिवारलाई प्रभावित पार्दै गरीबीको चरमसम्म ढकेल्ने गरेको प्रधानमन्त्रीले बताए। गरीबीको आफ्नै पृष्ठभूमिबारे उल्लेख गर्दै यस पीडाप्रति सरकार अवगत रहेको र रोगीहरूलाई सहयोग गर्ने दिशामा संवेदनशील रहेको प्रधानमन्त्रीले बताए। यस्ता प्रयासकै कारण देशमा क्षय रोगका मामिलाहरू घट्दै गएको र आगामी 2025 भित्र यसलाई पूर्णरूपले उन्मूलन गर्ने दिशामा देशले काम गरिरहेको उनले बताए। विभिन्न रोगका घटनाहरूबारे जानकारी दिँदै 2013 मा 11 हजार काला अजारका मामिला रहेको र अहिले यो घटेर एक हजारभन्दा कम रहेको उनले बताए। यसै गरी 2013 मा 10 लाख मलेरियाका मामिला घटेर 2022 मा 2 लाख पुगेको र कुष्ठ रोग 1.25 लाखबाट घटेर 70-75 हजार पुगेको उनले जानकारी दिए।

वर्तमान सरकार रोगका घटना घटाउन मात्र नभएर कुनै पनि रोगको उपचारमाथि खर्च घटाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै आयुष्मान भारत योजनाले चिकित्सामाथि हुने वित्तीय भारत उल्लेखनीय रूपमा घटाएको दाबी प्रधानमन्त्रीले गरे। आजको दिनमा एक करोड लाभार्थीलाई आयुष्मान कार्ड वितरण गरिएको र यसले गरीबहरूलाई अस्पतमालमा पाँच लाख रुपियाँसम्म एटीएम कार्डको रूपमा काम गर्ने बताए। चाहे भारतको कुनै पनि कुनामा किन नहोस्, यस कार्डको माध्यमद्वारा पाँच लाख रुपियाँसम्मको उपचार निःशुल्क रूपमा प्राप्त गर्नसकिनेछ, मोदीले दाबी गरे।

आयुष्मान योजना अन्तर्गत देशभरी 5 करोड जति रोगीले निःशुल्क उपचार प्राप्त गरेको तथा यसले रोगीहरूको एक लाख करोडभन्दा धेरै बचत गरेको पनि उनले दाबी गरे। आयुष्मान कार्ड गरीबहरूको सबैभन्दा ठूलो चिन्ता निर्मूल गर्ने प्रत्याभूति हो। विगतमा कसैले पनि पाँच लाख रुपियाँको प्रत्याभूति दिएका थिएनन्। यस सरकारले यो प्रत्याभूति दिएको छ, प्रधानमन्त्रीले दाबी गरे।

झूटो आश्वासन दिनेहरूप्रति खबरदारी गराउँदै प्रधानमन्त्रीले जनमानसलाई त्यसका कमीहरू चिन्हित गर्न पनि आह्वान जनाए। निःशुल्क बिजुलीको आश्वासनबारे उल्लेख गर्दै त्यसले बिजुलीको दाम बढ्ने निश्चित हुने बताए। यसै गरी सरकारले निःशुल्क सवारी प्रदान गर्ने आश्वासन दिए, त्यसको अर्थ राज्यको परिवहन तन्त्र ध्वस्त हुनपुग्ने र बढी पेन्सन भुक्तानीको वचन दिइए, कर्मचारीहरूको वेतन विलम्बित हुने निश्चित रहेको उनले बताए। यसै गरी सस्तो दरमा पेट्रोल दिने आश्वासनको अर्थ जनताको कर दर बढ्ने उनले बताए। रोजगारको प्रत्याभूतिबारे बोल्दै उनले भने यस्ता नयाँ नीतिले राज्यको उद्योग-कारखाना ध्वस्त पार्ने बताए।

विपक्षीहरूमाथि कटाक्ष गर्दै प्रधानमन्त्रीले भने, “केही राजनीतिक दलको अर्थ नीयतमा खोट र गरीबमाथि चोटरहेको बताए। बितेको सत्तर सालमा विगतका सरकारहरूले गरीबको घरसम्म उन्न पुऱ्याउनसम्म नसकेको तर वर्तमान सरकारले गरीब कल्याण योजनाको माध्यमद्वारा 80 करोड परिवारलाई निःशुल्क खाद्यान्न वितरण गरिरहेको बताए। आयुष्मान भारतको माध्यमद्वारा 50 करोड लाभार्थीलाई स्वास्थ्य सुरक्षा प्रदान गरिएको, 10 करोड महिला लाभार्थीलाई उज्ज्वला योजना अन्तर्गत गायस कनेक्सन प्रदान गरिएको र मुद्रा योजनाका 8.5 करोड लाभार्थीलाई ऋण सुविधा प्रदान गरिएको पनि उनले प्रकाश पारे।

विगतका आदिवासी विरोधी नीतिहरूबारे पनि प्रधानमन्त्रीले उल्लेख गरे। नयाँ राष्ट्रिय शिक्षा नीतिले आदिवासी विद्यार्थीहरूको भाषा सम्बन्धी चुनौतीलाई सम्बोधित गरेको उनले बताए। झूटो आश्वासन दिनेहरूद्वारा नयाँ शिक्षा नीतिको विरोधप्रति पनि उनले रोष प्रकट गरे। यसका साथै 400 नयाँ एकलव्य स्कूलले आदिवासी विद्यार्थीहरूलाई आवासीय शिक्षा प्रदान गरिरहेको र मध्य प्रदेशमा मात्र यस्ता 24 हजार विद्यार्थीले शिक्षा प्राप्त गरिरहेको बताए।

पहिले गरिने अदेखाको विपरीत, वर्तमान सरकराले आदिवासी कल्यण मन्त्रालय अलग रूपमा स्थापना गर्नका साथै तीन गुणा बढी बजेट बढाएर आदिवासी समुदायलाई उच्च प्राथमिकता दिइरहेको बताए। वन अधिकार ऐन अन्तर्गत 20 लाख ढड्डा-पर्चा वितरण गरिसकेको पनि उनले दाबी गरे। पहिलेको लूटको विपरीत, आदिवासी समुदायलाई अधिकार प्रदान गर्नका साथै उनीहरूका परम्परालाई आदि महोत्सवका रूपमा सम्मान दिइरहेको पनि उनले बताए।

आदिवासी धरोहरलाई सम्मान गर्ने क्रममा प्रधानमन्त्रीले विगत नौ वर्षमा चालिएका कदमहरूबारे प्रकाश पारे। भगवान बिरसा मुण्डाको जन्म दिवस15 नोभेम्बरको दिन जनजातीय गौरव दिवसको रूपमा पालन गर्न शुरु गरेको तथा विभिन्न आदिवासी स्वतन्त्रता सङ्ग्रामीहरूका नाममा समर्पित सङ्ग्रहालय स्थापना गरिएको उनले रेखाङ्कित गरे। यसका साथै भारतका राष्ट्रपति पदमा आदिवासी महिलाको निर्वाचनप्रति धेरै राजनीतिक दलको अवधारणा अनि प्रवृत्तिबारे पनि उनले खुलेर बताए। स्थानीय उदाहरण पेश गर्दै पहिले आदिवासी इलाकाहरूमा पनि संस्थानहरू नाम एकै परिवारमाथि राख्ने गरेको बताए। शिवराज सिंहको सरकराले छिन्दवाडा विश्वविद्यालयलाई महान गोण्ड क्रान्तिकारी राजाशङ्कर शाह तथा पटलपानी स्टेशनलाई तात्य मामाको नाममा समर्पित गरेको उल्लेख गरे। वर्तमान सरकारले दलवीर सिंह जस्ता गोण्ड नेताको अदेखा अनि अनादरलाई वर्तमान सरकारले सच्याएको पनि उनले बताए।

प्रधानमन्त्रीले रानी दुर्गावतीको 500 जन्म जयन्ती राष्ट्रिय स्तरमा भारत सरकारले पालन गर्ने पनि घोषणा गरे। उनको जीवनमाथि चलचित्र निर्माण गर्नका साथै स्मारक सिक्का अनि डाक टिकट पनि जारी गरिने उनले जानकारी दिए।

आफ्नो सम्बोधनको अन्त्य गर्दै प्रधानमन्त्रीले यस प्रकारका प्रयासलाई निरन्तरता दिन जनताको सहयोग अनि आशीर्वादको अपील गरे। रानी दुर्गावतीको आशीर्वाद अनि प्रेरणाद्वारा मध्य प्रदेशलाई विकासको नयाँ शिखरमा पुऱ्याइने तथा विकसित भारतको सपनालाई मिलेर साकार तुल्याउने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे।

यस अवसरमा मध्य प्रदेशका राज्यपाल मङ्गुभाई सी पटेल, मुख्यमन्त्री शिवराजसिंह चौहान, केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. मनसुख माण्डवीय, केन्द्रिय राज्यमन्त्रीहरू, सांसद, मध्य प्रदेश सरकराकका मन्त्री , विधायकगण पनि यस अवसरमा उपस्थित थिए।

पृष्ठभूमि

यो अभियान विशेष गरी आदिवासी समुदायमा सिकल सेल रोगद्वारा पेश गरिएको जल्दोबल्दो स्वास्थ्य चुनौतीलाई सम्बोधित गर्न लक्षित छ। सिकल सेल रोगलाई जनस्वास्थ्य समस्याका रूपमा 2047 सम्म अन्त्य गर्ने सरकारको जारी प्रयासको दिशामा यो महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुनेछ। राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन अभियान केन्द्रिय बजेट 2023 मा घोषणा गरिएको थियो। यो 17 वटा राज्य -  गुजरात, महाराष्ट्र, राजस्थान, मध्य प्रदेश, झारखण्ड, छत्तीसगढ, पश्चिम बङ्गाल, ओडिशा, तमिल नाडु, तेलङ्गाना, आन्ध्र प्रदेश, कर्नाटक, आसम, उत्तर प्रदेश, केरल, बिहार र उत्तराखण्डको 278 जिल्लामा कार्यान्वयन गरिनेछ।

प्रधानमन्त्रीले मध्य प्रदेशमा 3.67 करोड आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना (एबी-पीएमजेएवाई) कार्ड वितरण समारोह पनि शुभारम्भ गरे। आयुष्मान कार्ड वितरण कार्यक्रमहरू शहरी निकाय, ग्राम पञ्चायत, विकास खण्डहरूमा आयोजन गरिँदैछ। आयुष्मान कार्ड वितरण अभियान यस कल्याण योजनाको 100 प्रतिशत सन्तृप्ति स्तर सुनिश्चित गर्ने हिसाबले प्रत्येक लाभार्थीसम्म पुग्ने प्रधानमन्त्रीको परिकल्पना साकार तुल्याउने दिशामा कदम हो।

कार्यक्रमको अवधिमा प्रधानमन्त्रीले गोण्डवानामा 16 औं शताब्दीकी रानी दुर्गावतीप्रति पनि श्रद्धाञ्जलि अर्पण गरे। उनलाई वीर अनि साहसी योद्धाका रूपमा चिनिन्छ, जसले मुगलहरू विरुद्ध स्वतन्त्रताको निम्ति लडेकी थिइन्।

 

****



(Release ID: 1936737) Visitor Counter : 109