आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)

सरकारद्वारा ऊखु कृषकहरूका लागि चिनी मिलहरूद्वारा देय चिनी मौसम 2023-24 का लागि उचित एवं लाभकारी मूल्य अनुमोदित


ऊखु कृषकहरूक लागि हालसम्मको सर्वोच्च ₹ 315/क्विन्टलको उचित एवं लाभकारी मूल्य अनुमोदित


कृषकहरूको आर्थिक स्थितिमा सुधार ल्याउन भारत सरकार प्रतिबद्ध


यस निर्णयले 5 करोड ऊखु कृषक तथा उनीहरूमाथि निर्भर साथै चिनी मिल अनि सम्बन्धित गतिविधिमा संलग्न 5 लाख श्रमित लाभान्वित हुने

Posted On: 28 JUN 2023 3:52PM by PIB Gangtok

ऊखु किसानहरूको हितलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलामाथि क्याबिनेट कमिटीले चिनी मौसम 2023-24 (अक्टोबर-सेप्टेम्बर) का लागि 10.25% बुनियादी बहाली दर अनुरूप ₹ 315/क्विन्टलको दरले उचित एवं लाभकारी मूल्य (एफआरपी) अनुमोदन गरेको छ। समग्रमा 10.25% को बहालीमा प्रत्येक 0.1% को वृद्धिका लागि ₹ 3.07/ क्विन्टल र बहालीमा प्रत्येक 0.1% गिरावटका लागि ₹ 3.07/ क्विन्टलको दरले एफआरपीमा गिरावटका लागि प्रिमियम प्रदान गर्न पनि अनुमोदन गरिएको छ।

यसका साथै ऊखु कृषकहरूको हितरक्षा गर्ने ध्येयका साथ सरकारले बहाली 9.5% भन्दा कम बहाली भएका चिनी मिलहरूमा कुनै कटौती नगर्ने पनि सरकारले निर्णय लिएको छ। यस्ता कृषकहरूले वर्तमान चिनी मौसम 2022-23 को ₹ 282.125/क्विन्टलको साटो आगामी चिनी मौसम 2023-24 मा ₹ 291.975/क्विन्टलको दरले भुक्तानी प्राप्त गर्नेछन्।

चिनी मौसम 2023-24 मा ऊखु उत्पादनको लागत खर्च ₹ 157/ क्विन्टल रहेको छ। 10.25% को बहाली दरमा यो ₹ 315/ क्विन्टलको बहाली दर उत्पादन लागतभन्दा 100.6% बढी हो। चिनी मौसम 2023-24 मा एफआरपी वर्तमान चिनी मौसम 2022-23 भन्दा 3.28% बढी छ।

एफआरपी चिनी मिलहरूद्वारा चिनी मौसम 2023-24 (1 अक्टोबर, 2023 देखि प्रभावी) मा कृषकहरूबाट ऊखुको खरिदमाथि लागू हुनेछ। चिनी क्षेत्र महत्त्वपूर्ण कृषि आधारित क्षेत्र हो जसले 5 करोड ऊखु कृषक अनि उनीहरूमाथि निर्भर करिब 5 लाख प्रत्यक्ष रूपमा चिनी मिलमा नियुक्त श्रमिक लगायत खेताला अनि ढुवानी जस्ता सहायक गतिविधिमा कार्यरत अन्यलाई प्रभावित गर्दछ।

राज्य सरकारहरूका साथै अन्य हितधारकसँग परामर्शपछि कृषि लागत एवं मूल्य आय़ुक्तको (सीएसीपी) सिफारिशको आधारमा एफआरपी तय गरिएको हो। सरकारद्वारा 2013-14 चिनी मौसम अन्तर्गत घोषित एफआरपीको विवरण तल दर्शाइएका छन् :

 

पृष्ठभूमि

वर्तमान चिनी मौसम 2022-23 मा, चिनी मिलहरूद्वारा ₹1,11,366 करोड बराबरको करिब 3,353 लाख टन ऊखु खरिद गरियो, जुन न्यूनतम समर्थन मूल्यमा धानको उपार्जनपछि दोस्रो सर्वाधिक हो। सरकारले आफ्नो गरीमुखी उपायहरूका माध्यमद्वारा ऊखु कृषकहरूले आफ्नो बक्यौती समयमा पाउने सुनिश्चित गर्नेछ।

विगत पाँच वर्षमा बायोफ्युएल क्षेत्रमा ईथेनलको वृद्धिले ऊखु कृषकहरूका साथै ऊखु क्षेत्रलाई धेरै टेवा प्रदान गरेको छ कारण ईथेनोलका लागि ऊखुको उपयोगले तेज भुक्तानी, कार्यकारी पूँजीको आवश्यकतामा कमी र मिलमा कम चिनीको आधिक्यका कारण गतिरोधमा कमीको परिणास्वरूप चिनी मिलहरूको वित्तीय स्थितिमा धेरै सुधार आएको छ, जुन कारण उनीहरूले कृषकहरूलाई समयमा भुक्तानी गर्नसकिरहेका छन्। वर्ष 2021-22 मा चिनी मिल/ डिस्टिलेरिजहरूद्वारा ओएमसीहरूलाई ईथेनलको बिक्रीद्वारा ₹ 20,500 जति राजस्व सिर्जना गरियो, जसले कृषकहरूको बक्यौती चुकाउन धेरै सहयोग पुऱ्याएको थियो।

पेट्रोलमा ईथेनलको मिश्रण (ईबीपी) कार्यक्रमले विदेशी मुद्रा पनि धेरै बचत गर्नका साथै देशको ऊर्जा सुरक्षा सुदृढ बनाउनका अतिरिक्त जीवाश्म इन्धनको आयातमाथि निर्भरता पनि घटाएर पेट्रोलियम क्षेत्रमा पनि आत्मनिर्भर भारतको लक्ष्य हासिल गर्न सघाउ पुऱ्याइरहेको छ। आगामी 2025 सम्म 60 एलएमटी अत्याधिक चिनीलाई ईथेनलमा परिणत गर्ने लक्ष्य राखिएको छ, जसले चिनीको उच्च भण्डारको समस्या समाधान गर्नका साथै मिलहरूको तरतामा सुधार ल्याई ऊखु कृषकहरूलाई समयमा भुक्तनी सुनिश्चित गर्नका अतिरिक्त ग्रामीण इलाकाहरूमा रोजगार अवसर सिर्जना गर्न पनि मद्दत गर्नेछ। पेट्रोलका साथमा ईथेनलको उपयोगले प्रदूषण घटाउँदै हावाको गुणस्तरमा सुधार ल्याउनेछ।

सरकारको अतिसक्रिय साथै कृषकमैत्री नीतिहरूले कृषक, उपभोक्ताका साथै चिनी क्षेत्रमा काम गर्ने श्रमिकहरूको हित प्रवर्धन गर्नका अतिरिक्त 5 करोडभन्दा धेरैको आजीविकामा सुधार ल्याउन र सुगम रूपमा उपभोक्ताहरूलाई चिनीको उपलब्धता बढाएको छ। सरकारको अतिसक्रिय नीतिहरूको परिणास्वरूप चिनी क्षेत्र आत्मनिर्भर बनेको छ।

वैश्विक चिनी अर्थनीतिको क्षेत्रमा भारतले हाल महत् भूमिका खेल्दै विस्वको दोस्रो विशाल चिनी निर्यातक राष्ट्र बन्नपुगेको छ। चिनी मौसम 2021-22 मा, भारत सर्वाधिक चिनी उत्पादक देश बनेको थियो। आगामी 2025-26 भित्र भारत विश्वको तेस्रो बृहत् ईथेनल उत्पादक देश बन्ने अपेक्षा गरिएको छ।

 

****



(Release ID: 1936107) Visitor Counter : 108