प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले युएसकी प्रथम महिलाका साथ “भारत अनि युएसए – भविष्यका लागि कौशल विकास” कार्यक्रममा भाग लिए


प्रविष्टि तिथि: 22 JUN 2023 10:57AM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदी अनि युएसएकी प्रथम महिला डा. जिल बाइडेनले वाशिङटन डीसीस्थित राष्ट्रिय विज्ञान केन्द्रमा भारत अनि युएसए – भविष्यका लागि कौशल विकास विषयमा केन्द्रिय एउटा कार्यक्रममा भाग लिए।

यो आयोजन सम्पूर्ण समाजमा गुणस्तरीय शिक्षासम्म पहुँच बढाउन र यसको विस्तार गर्नका लागि उच्च शिक्षा संस्थानमा कार्यबलको पुनर्विकासमाथि केन्द्रित थियो।

प्रधानमन्त्रीले शिक्षा, कौशल र नवाचारलाई बढावा दिनका लागि भारतद्वारा उठाइएका विभिन्न कदममाथि प्रकाश पारे। भारतीय अनि अमेरिकी शैक्षणिक तथा अनुसन्धान परितन्त्रबीच वर्तमानमा चलिरहेको द्विपक्षीय शैक्षणिक आदान-प्रदान तथा आपसी सहयोगको उनले सराहना गरे। प्रधानमन्त्रीले शिक्षा अनि अनुसन्धान क्षेत्रमा भारत-अमेरिका सहयोगलाई गति प्रदान गर्न पाँच सूत्रीय प्रस्ताव प्रस्तुत गरे, जुन यस प्रकार छन् :

     सरकार, उद्योग अनि शिक्षा जगतलाई एक साथ ल्याउने एकिकृत दृष्टिकोण

     शिक्षक अनि विद्यार्थीहरूबीच आदान-प्रदानलाई प्रोत्साहित गर्नु,

     दुवै देशबीच विभिन्न विषयमाथि ह्याकाथन आयोजन गर्नु,

     व्यावसायिक कौशल योग्यतालाई परस्पर मान्यता दिनु

     शिक्षा एवं अनुसन्धानसँग जोडिएका मानिसहरूको यात्रा प्रोत्साहित गर्नु।

यस कार्यक्रममा नर्दर्न भर्जिनिया कम्युनिटी कलेजका अध्यक्ष, अमेरिकी विश्वविद्यालय सङ्घका अध्यक्ष, माइक्रोन टेक्नोलजीका अध्यक्ष अनि सीईओ लगायत विद्यार्थीहरू उपस्थित थिए।

****


(रिलीज़ आईडी: 1934458) आगंतुक पटल : 241
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Kannada , Malayalam , Telugu , Khasi , English , Urdu , Marathi , हिन्दी , Manipuri , Assamese , Bengali , Punjabi , Gujarati , Odia , Tamil