प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीद्वारा गुवाहाटीलाई नयाँ जलपाइगढीसँग जोड्ने आसमको पहिलो वन्दे भारत एक्सप्रेस रेलगाडीलाई झण्डी देखाएर प्रस्थान


नयाँ विद्युतिकृत खण्ड अनि नवनिर्मित डेमू-मेमू शेड समर्पित

“पूर्वोत्तरको पहिलो वन्दे भारत एक्सप्रेसले पर्यटन अनि कनेक्टिभिटीलाई बढावा पाउनेछ”

बितेको नौ वर्षमा न्यू इण्डियाको निर्माणमा अभूतपूर्व उपलब्धि रहेको छ

“हाम्रो सरकारले निर्धन कल्याणलाई प्राथमिकता दिएको छ”

“बुनियादी पूर्वाधार सबैका लागि, यसमा कसैसँग भेदभाव हुँदैन, मूलभूत पूर्वाधारको विकास साँचो सामाजिक न्याय र साँचो धर्मनिरपेक्षता हो”

“बुनियादी पूर्वाधारलाई बढावा दिनुको कारण पूर्वी र पूर्वोत्तर राज्यहरूलाई सर्वाधिक लाभ भएको छ”

“भारतीय रेलवे गतिका साथसाथै मानिसहरूको हृदय, समाज अनि अवसरहरूलाई जोड्ने माध्यम बनेको छ”

Posted On: 29 MAY 2023 1:16PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमद्वारा आसमको पहिलो वन्दे भारत एक्सप्रेसलाई झण्डी देखाएर यात्रा प्रारम्भ गराए। वन्दे भारत एक्सप्रेसले गुवाहाटीलाई नयाँ जलपाइगढीसँग जोड्नेछ र यस यात्रामा 5 घण्टा 30 मिनटको समय लाग्नेछ। प्रधानमन्त्रीले नयाँ विद्युतिकृत खण्डको 182 किलोमिटर मार्गलाई समर्पित गरे तथा आशमको लुमडिङमा एउटा नवनिर्मित डेमू-मेमू शेडको पनि उद्घाटन गरे।

उपस्थित जनसमूहलाई सम्बोधित गर्दै प्रधानमन्त्रेले पूर्वोत्तरको कनेक्टिभिटीका लागि आजको दिन विशिष्ट रहेको कारण तीन विकास कार्य एक साथ सम्पन्न भएको बताए। आज पूर्वोत्तरले आफ्नो पहिलो वन्दे भारत एक्सप्रेस पाएको छ, यो तेस्रो वन्दे भारत एक्सप्रेस हो जसले पश्चिम बङ्गाललाई जोड्दछ, प्रधानमन्त्रीले भने। दोस्रो, आशम अनि मेघालयमा करिब 425 किलोमिटर रेल पटरी विद्युतिकरण गरिएको छ। र तेस्रो कुरा, आसमको लुमडिङमा एउटा नयाँ डेमू-मेमू शेडको उद्घाटन गरिएको छ। प्रधानमन्त्रीले यस शुभ अवसरमा आसम, मेघालय अनि पश्चिम बङ्गालका साथै सम्पूर्ण पूर्वोत्तरका नागरिकहरूलाई शुभकामना दिए।

गुवाहाटी-नयाँ जलपाइगढी वन्दे भारत रेलगाडीले आसम अनि पश्चिम बङ्गालबीचको युगौं पुराना सम्बन्ध अझ सुदृढ हुने प्रधानमन्त्रीले बताए। यसले यात्रामा सुविधा हुनका साथै विद्यार्थीहरू लाभान्वित हुने र पर्यटन अनि व्यवसायबाट नोकरीको अवसरमा पनि वृद्धि हुने उनले बताए। वन्दे भारत एक्सप्रेसले मा कामाख्या मन्दिर, काजीरङ्गा, मानस राष्ट्रिय उद्यान र पोबितादार वन्यजीव अभयारण्यलाई एक-अर्कासँग जोड्ने पनि प्रधानमन्त्रीले बताए। यसले शिलङ, मेघालयको चेरापूञ्जी र अरुणाचल प्रदेशमा तवाङ अनि पासीघाटको यात्रा र पर्यटनमा पनि वृद्धि हुने उनले बताए।

एनडीए सरकारको नौ वर्षको सत्ताकालमाथि प्रकाश पार्दै राष्ट्रले यी वर्षहरूमा नव भारतको निर्माणको दिशाम कैयौं उपलब्धि हासिल गरेको र अभूतपूर्व विकासको साक्षी बनेको पनि टिप्पणी गरे। स्वाधीन भारतको नवनिर्मित भव्य संसद भवनले भारतका हजारौं साल पुरातन लोकतान्त्रिक इतिहासलाई भविष्यको समृद्ध लोकतन्त्रसँग जोड्ने पनि उनले उल्लेख गरे। बितेका सरकारहरूको उल्लेख गर्दै प्रधानमन्त्रीले 2014 भन्दा पहिलेको घोटालाहरूले सबै रेकर्ड तोडेको बताए। यसको सबैभन्दा बढी प्रभाव निर्धन अनि विकासको क्षेत्रमा पछि परेका राज्यहरूले अनुभव गरे। “हाम्रो सरकारले गरीब कल्याणलाई प्राथमिकता दिएको छ”, उनले भने। प्रधानमन्त्रीले आवास, शौचालय, कलबाट जलको कनेक्सन, बिजुली, ग्यास पाइपलाइन, एम्सको  विकास, सडक, रेल, वायुमार्ग, जलमार्ग, बन्दरगाह अनि मोबाइल कनेक्टिभिटीको उदाहरण दिए। सरकारले यी लक्ष्यहरू प्राप्त गर्नका लागि पूर्ण क्षमताका साथ काम गरिरहेको उनले बताए। बुनियादी पूर्वाधारले जनमानसको जीवनलाई सहज बनाउने, रोजगारको अवसर सिर्जना गर्ने र विकासको आधार बन्ने उल्लेख उनले गरे। भारतमा बुनियादी पूर्वाधारको विकास गतिको चर्चा वैश्विक स्तरमा हुन थालेको पनि उनले बताए। बुनियादी ढाँचाले निर्धन, पछाडिएका, दलित, आधिवासी अनि समाजका अन्य वञ्चित वर्गलाई सुदृढ अनि सशक्त बनाउने कुरा पनि उनले बताए। “बुनियादी पूर्वाधारको लाभ सबैका लागि हो, यसमा कुनै भेदभाव हुँदैन”, उनले भने। प्रधानमन्त्रीले विकासको यो रूप सामाजिक न्याय र धर्मनिरपेक्षताको शुद्ध स्वरूप रहेको पनि रेखाङ्कित गरे।

बुनियादी पूर्वाधारलाई बढावा दिँदा देशको पूर्वी अनि पूर्वोत्तर राज्यहरू बढी लाभान्वित बनेको प्रधानमन्त्रीले बताए। उनले भने, पहिले, पूर्वोत्तरका मानिसहरू दसकौंसम्म मूलभूत सुविधाबाट वञ्चित रहेका थिए। नौ साल अघिसम्म पूर्वोत्तरको क्षेत्रमा धेरै सङ्ख्यामा गाउँका मानिसहरू बिजुली, टेलिफोन अनि सुविधाजनक रेल, सडक तथा हवाई सम्पर्कबाट वञ्चित रहेको उनले बताए।

सेवा भावनाका साथ काम गर्ने उदाहरण स्वरूप पूर्वोत्तरमा रेल सम्पर्कको सुविधा उनले प्रस्तुत गरे। कनेक्टिभिटी सरकारको कार्यशीलताको गति, कार्यको मापदण्ड र इच्छाशक्तिको प्रमाण हो, उनले भने। औपनिवेशिक कालमा पन आसम, त्रिपुरा र बङ्गाल रेलवेसँग जोडिएको थियो, चाहे यसको कारण यस क्षेत्रको समृद्ध प्राकृतिक संसाधनको लूट थियो। स्वाधीनतापछि पूर्वोत्तर क्षेत्रमा रेल विस्तारमाथि ध्यान दिइएन र अन्त्यमा 2014 पछि वर्तमान सरकारले यसमाथि ध्यान दियो, प्रधानमन्त्रीले भने।

पूर्वोत्तरका मानिसहरूको संवेदनशीलता अनि सुविधालाई सर्वोच्च प्राथमिकता दिएको प्रधानमन्त्री मोदीले बताए। यस परिवर्तनलाई व्यापक रूपमा अनुभव गरिएको उल्लेख गर्दै 2014 भन्दा पहिले पूर्वोत्तरको औसत रेल बजेट करिब 2500 करोड रुपियाँ हुने गरे तापनि यस वर्ष चार गुणा बढाएर 10 हजार करोड रुपियाँभन्दा धेरै बनाइएको उनले बताए। अब मणिपुर, मिजोरम, नागाल्याण्ड, मेघालय र सिक्किमका राजधानीहरूलाई देशको अन्य भागसँग जोडिँदैछ भन्ने उल्लेख गर्दै उनले भने, “चाँडै पूर्वोत्तरका सबै राजधानीहरू ब्रड गेज नेटवर्कद्वारा जोडिँदैछ।” यी परियोजनाहरूमाथि एक लाख करोड रुपियाँ खर्च गरिरहेको पनि उनले अवगत गराए।

प्रधानमन्त्री विकास कार्यको मानदण्ड अनि गतिशीलता अभूतपूर्व रहेको बताए। पूर्वोत्तरमा पहिलोको तुलनामा तीन गुणा तेज गतिले नयाँ रेल लाइन बिछाउने काम भइरहेको र रेल लाइनको दोहोरीकरण पहिलेको तुलनामा नौ गुणा तेजीका साथ भइरहेको उनले बताए। रेल लाइनहरूको दोहोरीकरणको काम बितेको नौ वर्षमा शुरु भएको र सरकारले यस दिशामा तेज गतिले काम गरिरहेको पनि उनले दाबी गरे।

विकासको गतिलाई श्रेय दिँदै यस कारण पूर्वोत्तरको सुदूर इलाका पनि रेल मार्गद्वारा जोडिएको प्रधानमन्त्रीले बताए। नागाल्याण्डले करिब 100 वर्षपछि दोस्रो रेलवे स्टेशन पाएको उनले बताए। वन्दे भारत सेमी हाइ स्पीड रेलगाडी र तेजस एक्सप्रेस त्यसै मार्गमा चलिरहेको छ, जहाँ कुनै समय सुस्त गतिले चल्न सानो गेज लाइन थियो, उनले भने। पर्यटकका लागि आकर्षणको केन्द्र बनेको भारतीय रेलवेको भिस्टाडोम कोचको पनि उनले उल्लेख गरे।

“भारतीय रेलवेले गतिका साथसाथै मानिसहरूको हृदय, समाज अनि अवसरहरूलाई एकसूत्रमा जोड्ने माध्यम बनेको छ”, प्रधानमन्त्रीले भने। गुवाहाटी रेलवे स्टेशनमा पहिलो तेस्रोलिङ्गी चिया पसलको उल्लेख गर्दै उनले यो समाजबाट असल व्यवहारको अपेक्षा गर्ने मानिसहरूलाई सम्मानको जीवन प्रदान गर्ने प्रयास रहेको बताए। “वन स्टेशन, वन प्रोडक्ट योजना” अन्तर्गत पूर्वोत्तरमा रेलवे स्टेशनहरूमा स्टलहरू लगाइएको र यसले “भोकल फर लोकल”लाई बल प्रदान गर्ने उनले बताए। यसबाट स्थानीय कारीगर, कलाकार अनि शिल्पकालहरूलाई नयाँ बजार प्रदान गरिने उनले उल्लेख गरे। पूर्वोत्तरका सयकरडौं स्टेशनमा प्रदान गरिएको वाई-फाई सुविधाको पनि उनले उल्लेख गरे। संवेदनशीलता अनि गतिको यस संयोजनले पूर्वोत्तर प्रगतिको मार्गमा अघि बढ्ने र विकसित भारतको मार्ग प्रशस्त गर्ने उनले बताए।

पृष्ठभूमि

अत्याधुनिक वन्दे भारत एक्सप्रेसले पूर्वोत्तरका मानिसहरूलाई गति अनि सुविधाका साथमा यात्राको सुविधा पनि प्रदान गर्नेछ। यसबाट क्षेत्रको पर्यटनलाई प्रोत्साहन मिल्नेछ। गुवाहाटीलाई नयाँ जलपाइगढीसँग जोड्ने रेलगाडीको यात्रा समयमा एक घण्टाको बचत हुनेछ। वन्दे भारत एक्सप्रेसमा यात्राको निम्ति 5 घण्टा 30 मिनटको समय लाग्नेछ, जबकि यही यात्रा यस समय गुड्ने सर्वाधिक तेज गतिको रेलगाडीमा 6 घण्टा 30 मिनटमा पूरा हुँदछ।

प्रधानमन्त्रीले नयाँ विद्युतिकृत खण्डको 182 किलोमिटर मार्गलाई समर्पित गरे। यसले प्रदूषणमुक्त परिवहनको सुविधा र समयको बचत हुनेछ। यसले मेघालयमा प्रवेश गर्नका लागि विद्युत कर्षणमा चल्ने रेलगाडीका लागि मार्ग प्रशस्त गर्नेछ।

प्रधानमन्त्रीले आसमको लुमडिङमा नवनिर्मित डेमू-मेमू शेडको पनि उद्घाटन गरे। यस नयाँ सुविधाले यस क्षेत्रमा परिचालित डेमू ऱ्याकको रखरखाउमा सहयोग गर्नेछ र यसबाट असल परिचालन क्षमतालाई बढावा मिल्नेछ।

 

 

****



(Release ID: 1928211) Visitor Counter : 98