प्रधानमन्त्रीको कार्यालय

नयाँ संसद भवन राष्ट्रलाई समर्पण समारोहको अवसरमा प्रधानमन्त्रीको सम्बोधन


Posted On: 28 MAY 2023 3:41PM by PIB Gangtok

लोकसभाका स्पीकर आदरणीय श्री ओम बिरलाजी, राज्यसभाका उपसभापति श्री हरिवंशजी, माननीय सांसदगण, सबै वरिष्ठ जनप्रतिनिधि, विशिष्ट अतिथि, अन्य सबै महानुभव, अनि मेरा प्यारा देशवासीहरू!

हरेक देशको विकास यात्रामा केही पहल यस्तो आउँदछ, जुन सधैंको निम्ति अमर हुँदछ। केही तारिक, समयको ललाटमा इतिहासको अमेट हस्ताक्षर बन्दछ। आज 28 मई, 2023 को यो दिन, यस्तै शुभ अवसर हो। देशले स्वतन्त्रताको 75 वर्ष पूरा भएको अवसरमा अमृत महोत्सव मनाइरहेको छ। यस अमृत महोत्सवमा भारतका जनमानसले आफ्नो लोकतन्त्रलाई संसदको यस नयाँ भवनको उपहार दिएको छ। आज बिहान, संसद भवन परिसरमा, सर्वप्रथम प्रार्थना भयो। म सबै देशवासीलाई भारतीय लोकतन्त्रको यस स्वर्णिम क्षणको धेरै धेरै बधाई दिन चाहन्छु।

साथीहरू,

यो केवल एउटा भवन होइन। यो 140 करोड भारतवासीको आकाङ्क्षा अनि सपनाको प्रतिबिम्ब हो। यो विश्वलाई भारतको दृढ सङ्कल्पको सन्देश दिने हाम्रो लोकतन्त्रको मन्दिर हो। यो नयाँ संसद भवन, योजनालाई यथार्थका साथ, नीति निर्माणद्वारा, इच्छाशक्तिलाई क्रियाशक्तिद्वारा, सङ्कल्पदेखि सिद्धिसँग जोड्ने अहम कडी साबित हुनेछ। यो नयाँ भवन, हाम्रा स्वतन्त्रता सेनानीहरूका सपना साकार गर्ने माध्यम बन्नेछ। यो नयाँ भवन, आत्मनिर्भर भारतको सूर्योदयको साक्षी बन्नेछ। यो नयाँ भवनले, विकसित भारतको सङ्कल्पलाई सिद्धि भएको देख्नेछ। यो नयाँ भवन, नवीण अनि पुरातनको सह-अस्तित्त्वको पनि आदर्श हो।

साथीहरू,

नयाँ बाटोमा हिँडेर नै नयाँ प्रतिमान गढिन्छ। आज नयाँ भारतले नयाँ लक्ष्य तय गरिरहेको छ। नयाँ बाटो गढिरहेको छ। नयाँ जोश छ, नयाँ उमङ्ग छ। नयाँ यात्रा हो, नयाँ सोच हो। दिशा नयाँ छ, दृष्टि नयाँ छ। सङ्कल्प नयाँ छ, विश्वास नयाँ छ। र आज फएरि एकपटक पुनः सम्पूर्ण विश्वले, भारतलाई, भारतको सङ्कल्पको दृढतालाई, भारतवासीहरूका प्रखरतालाई, भारतीय जनशक्तिको जिजीविषालाई, आदर अनि आशाको भावका साथ हेरिरहेको छ। जब भारत अघि बढ्दछतब विश्व अघि बढ्दछ। संसदको यो नयाँ भवनले, भारतको विकाससित, विश्वको विकासलाई पनि आह्वान गर्नेछ।

साथीहरू,

आज यस ऐतिहासिक अवसरमा, केही अघि संसदको यस नयाँ भवनमा पवित्र सेङ्गोलको पनि स्थापना गरियो। महान चोल साम्राज्यमा सेङ्गोलको, कर्तव्यको, सेवापथको, राष्ट्रपथको प्रतीक मानिन्थ्यो। राजाजी अनि आदीनमका सन्त्हरूको मार्गदर्शनमा यही सेङ्गोल सत्ता हस्तान्तरणको प्रतीक बनेको थियो। तमिल नाडुबाट विशेष रूपमा आएका आदीनमका सन्त आज बिहान संसद भवनमा हामीलाई आशीर्वाद दिन उपस्थित भएका थिए। म उनीहरूलाई पुनः श्रद्धापूर्वक नमन गर्दछु। उनीहरूका मार्गदर्शनमा लोकसभामा यो पवित्र सेङ्गोल स्थापित भएको छ। बितेका दिन मिडियामा यसको इतिहाससँग जोडिएका अनेकौं जानकारी उजागर ए। म यसको विस्तारमा लैजान चाहँदिन। तर म मान्दछु, यो हाम्रो सौभाग्य हो, यस पवित्र सेङ्गोललाई हामीले यसको गरिमा फर्काउन सकेका छौं, यसको मान-मर्यादा फर्काउन सकेका छौं। जब पनि यस संसद भवनमा कार्वाही शुरु हुनेछ, यस सेङ्गोलले हामी सबैलाई प्रेरणा दिइरहनेछ।

साथीहरू,

भारत एउटा लोकतान्त्रिक राष्ट्र मात्र नभएर लोकतन्त्रको जननी पनि हो, मदर अव् डेमोक्रेसी पनि हो। भारत आज वैश्विक लोकतन्त्रको पनि धेरै ठूलो आधार हो। लोकतन्त्र हाम्रो निम्ति केवल एउटा व्यवस्था होइन, एउटा संस्कार हो, एउटा विचार हो, एउटा परम्परा हो। हाम्रो वेदले हामीलाई सभाहरू अनि समितिहरूको लोकतान्त्रिक आदर्श सिकाउँदछ। महाभारत जस्ता ग्रन्थनमा गण अनि गणतन्त्रको व्यवस्थाको उल्लेख पाउँदछौं। हामीले वैशाली जस्तो गणतन्त्रको जिकिर देखाएका छौं। हामीले भगवान बसवेश्वरका अनुभव मन्टपालाई आफ्नो गौरव मानेका छौं। तमिल नाडुमा पाइएको 900 ईस्वीको शिलालेखले आज पनि हरेकलाई चकित पार्दछ। हाम्रो लोकतन्त्र नै हाम्रो प्रेरणा हो, हाम्रो संविधान नै हाम्रो सङ्कल्प हो। यस प्रेरणा, यस सङ्कल्पको सबैभन्दा श्रेष्ठ प्रतिनिधि यदि कोही छ भने त्यो हाम्रो संसद हो। र यस संसदले देशको जुन समृद्ध संस्कृतिलाई प्रतिनिधित्त्व गर्दछ, त्यसको उद्घोष गर्दछ, - “शेते निपद्य-मानस्य चराति चरतो भगः चरैवेति, चरैवेति चरैवेति।भन्नुको तात्पर्य, जो रोकिन्छ, उसको भाग्य पनि रोकिन्छ। तर जो अघि बढिरहन्छ, उसको भाग पनि अघि बढिरहन्छ, शिखरहरू चुमिरहन्छ। र यसैले , बढ्दै जाऊ, बढ्दै जाऊ। गुलामीपछि हाम्रो भारतले धेरै गुमाएर आफ्नो नयाँ यात्रा शुरु गरेको थियो। त्यो यात्राले कति नै उतार-चढाउबाट गुज्रिँदै, कति नै चुनौतीहरू पार गर्दै, आजादीको अमृतकालमा प्रवेश गरिसकेको छ। आजादीको यो अमृतकाल, विरासतलाई सजाउँदै विकासका नयाँ आयाम गढ्ने अमृतकाल हो। आजादीको यो अमृतकाल देशलाई नयाँ दिशा दिने अमृतकाल हो। आजादीको यो अमृतकाल अनन्त सपनाको, असङ्ख्य आकाङ्क्षा पूरा गर्ने अमृतकाल हो। यस अमृतकालको आह्वान छ

मुक्त मातृभूमिलाई नवीन मान चाहिन्छ

नवीन पर्वका लागि, नवीन प्राण चाहिन्छ,

मुक्त गीतको नवीन राग चाहिन्छ

नवीन पर्वका लागि नवीन प्राण चाहिन्छ

र यसैले भारतको भविष्य उज्ज्वल बनाउने यस कार्यस्थाली पनि त्यति नै नवीन हुनुपर्नेछ, आधुनिक हुनुपर्नेछ।

साथीहरू,

एक समय थियो, जब भारत विश्वको सबैभन्दा समृद्ध अनि वैभवशाली राष्ट्रमा गनिन्थ्यो। भारतका नगरहरूदेखि लिएर महलहरूसम्म, भारतका मन्दिरहरूदेखि लिएर मूर्तिहरूसम्म, भारतका वास्तुले, भारतको विशेषज्ञताको उद्घोष गर्थ्यो। सिन्धु सभ्यताको नगर नियोजनदेखि लिएर मौर्यकालीन स्तम्भ अनि स्तूपहरूसम्म, चोल शासकहरूले बनाएका भव्य मन्दिरहरूदेखि लिएर जलाशय अनि विशाल बाँधहरूसम्म, भारतको कौशलले, विश्वभरीबाट आउने यात्रीहरूलाई अचम्भित बनाउँथ्यो। तर सयकडौं सालको गुलामीले हामीबाट हाम्रो यो गौरव खोसियो। एक समय यस्तो पनि आएको थियो, जब हामी अन्य देशमा भएका निर्माण देखेर मुग्ध हुन थालेका थियौं। 21 औं शताब्दीको नयाँ भारत दृढ साहसले भरिएको भारतले, अब गुलामीको त्यस सोचलाई पछि छोडिरहेको छ। आज भारतले, प्राचीनकालको त्यस गौरवशाली धारालाई एकपटक फेरि आफूतर्फ मोडिरहेको छ। र संसदको यो नयाँ भवन, यस प्रयासको जीवन्त प्रतीक बनेको छ। आज नयाँ संसद भवनलाई देखेर हरेक भारतीय गौरवले भरिएको छ। यस भवनमा विरासत पनि छ, वास्तु पनि छ। यसमा कला पनि छ, कौशल पनि छ। यसमा संस्कृति पनि छ र संविधानको स्वर पनि छ।

तपाईंहरूले देख्नुहुँदैछ, लोकसभाको आन्तरिक भाग, यहाँ होर्नुहोस्, यहाँ पनि हेर्नुहोस्, राष्ट्रिय पक्षी मयुरमा आधारित छ। राज्यसभाको आन्तरिक भाग राष्ट्रिय फूल कमलमा आधारित छ। र संसदको प्राङ्गणमा हाम्रो राष्ट्रिय वृक्ष बर पनि छ। हाम्रो देशको अलग-अलग भागको जुन विविधता छ, यस नयाँ भवनमा सबैलाई समाहित गरिएको छ। यसमा राजस्थानबाट ल्याइएको ग्रेनाइट र बलुवा पत्थर लगाइएको छ। यो जुन काठको काम देख्नु हुँदैछ, त्यो महाराष्ट्रबाट आएको हो। युपीको भदोहीका कारीगरहरूले यसका लागि आफ्नो हातले गलैंचा बुनेका छन्। एक प्रकारले, यस भवनको कण-कणमा हामीलाई एक भारत, श्रेष्ठ भारतको भावनाको दर्शन हुनेछ।

साथीहरू,

संसदको पुराना भवनमा, सबैका लागि आफ्नो कार्य पूरा गर्न धेरै गाह्रो भइरहेको थियो, यो हामी सबै जान्दछौं। टेक्नोलजीसँग जोडिएको समस्या, बस्ने ठाउँसित जोडिएको चुनौती थियो। यसैले बितेको डेढ-दुई दसकदेखि देशलाई नयाँ संसद भवनको आवश्यकता छ भन्ने चर्चा लगातार चलिरहेको थियो। र हामीले आउने समयमा सीटको सङ्ख्या बढ्नेछ, सांसदहरूको सङ्ख्या बढ्नेछ, उनीहरू कहाँ बस्ने? भन्ने पनि हेर्न आवश्यक छ।

र यसैले यो समयको माग थियो, संसदको नयाँ भवन निर्माण गरियोस्। र मलाई खुशी छ, यो भव्य भवन आधुनिक सुविधाले पूर्णरूपमा युक्त छ। तपाईंहरूले देख्नु हुँदैछ, यस हलमा सूर्यको प्रकाश सीधै आइरहेको छ। बिजुली कम्तिभन्दा कम्ति खर्च होस्, हरेक ठाउँ लेटेस्ट टेक्नोलजीको ग्याजेट्स होस्, यी सबैलाई यसमा पूरा ध्यान दिइएको छ।

साथीहरू,

आज बिहान नै मैले यस संसद भवनलाई बनाउने श्रमिकहरूको एक समूहसँग भेटघाट गरे। यस संसद भवनले करिब 60 हजार श्रमिकलाई रोजगार दिने काम गऱ्यो। उनीहरूले यस नयाँ भवनका लागि आफ्नो पसीना बगाए। उनीहरूको श्रमलाई समर्पित एउटा डिजिटल ग्यालेरी पनि संसदमा बनाइएको कुराले मलाई धेरै खुशी लागिरहेको छ। र विश्वमा सायद यो पहिलोपटक हुनेछ। संसदको निर्माणमा उनीहरूको योगदान पनि अमर भएको छ।

साथीहरू,

कुनै पनि एक्सपर्टले यदि बितेको नौ वर्षकै आकलन गरे, यो नौ साल, भारतमा नव निर्माणको रहेको, गरीब कल्याणको रहेको पाउनेछन्। आज हामीलाई संसदको नयाँ भवनको निर्माणको गर्व छ भने मलाई बितेको नौ सालमा गरीबहरूका लागि 4 करोड घर बनाउनुको पनि सन्तोष छ। आज जब हामी यस भव्य भवनलाई हेरेर आफ्नो शिर उच्च गरिरहेका छौं, तब मलाई बितेको 9 सालमा बनेका 11 करोड शौचालयको पनि सन्तोष छ, जसले महिलाहरूको गरिमाको रक्षा गरेको छ, उनीहरूको शिर उच्च गरिदिएको छ। आज जब हामीले यस संसद भवनमा सुविधाहरूको कुरा गरिरहेका छौं, तब मलाई सन्तोष छ, बितेका नौ सालमा हामीले गाउँहरूलाई जोड्नका लागि 4 लाख किलोमिटरभन्दा धेरै सडकको निर्माण गऱ्यौं। आज जब हामी यस ईको-फ्रेण्डली भवनलाई हेरेर खुशी छौं, तब मलाई सन्तोष छ हामीले पानीको एक-एक थोपा बचाउनका लागि 50 हजारभन्दा धेरै अमृत सरोवर निर्माण गरेका छौं। आज जब हामी यस नयाँ संसद भवनको लोकसभा अनि राज्यसभालाई हेरेर उत्सव मनाइरहेका छौं, तब मलाई सन्तोष छ, हामीले देशमा 30 हजारभन्दा धेरै नयाँ पञ्चायत भवन पनि बनाएका छौं। अर्थात् पञ्चायत भवनदेखि लिएर संसद भवनसम्म, हाम्रो निष्ठा एक समान छ, हाम्रो प्रेरणा एक रहेको छ

देशको विकास, देशका मानिसहरूको विकास।

साथीहरू,

तपाईंहरूको ध्यानमा होला, 15 अगस्तको दिन लाल किल्लाबाट मैले भनेको थिए, यही समय हो, सही समय हो। हरेक देशको इतिहासमा यस्तो समय आउँदछ, जब देशको चेतना नयाँ रूपमा जागृत हुँदछ। भारतमा स्वाधीनताको 25 सालअघि, 47 भन्दा अघि 25 साल याद गर्नुहोस्, आजादीको 25 साल पहिले, यस्तै नै समय आएको थियो। गान्धीजीको असहयोग आन्दोलनले सम्पूर्ण देशलाई एउटा विश्वासले भरिदिएको थियो। गान्धीजीको स्वराजको सङ्कल्पले हरेक भारतवासीलाई जोडेको थियो। यो त्यो समय थियो, जब भारतीय, स्वाधीनताको निम्ति जिउ-ज्यानका साथ जुटेका थिए। यसको परिणामस्वरूप हामीले 1947 मा भारतको स्वाधीनताको रूपमा देख्यौं। आजादीको यो अमृतकाल पनि भारतको इतिहासको त्यस्तै कोशेढुङ्गा हो। आजदेखि 25 सालपछि, भारतले आफ्नो स्वाधीनताको 100 वर्ष पूरा गर्नेछ. हामीसँग पनि 25 वर्षको अमृत कालखण्ड छ। यस 25 वर्षमा हामीले मिलेर भारतलाई विकसित राष्ट्र बनाउनु छ। लक्ष्य ठूलो छ, लक्ष्य कठिन पनि छ, तर हरेक देशवासीले आज यसका लागि जिउ-ज्यानका साथ जुट्नु नै पर्नेछ, नयाँ प्रण लिनुपर्नेछ, सङ्कल्प लिनुपर्नेछ, नयाँ गति पक्रनु पर्नेछ। र इतिहास साक्षी छ, हामी भारतीयको विश्वास, केवल भारतसम्म सीमित रहँदैन। हाम्रो स्वाधीनताको लडाईंले विश्वका धेरै देशमा त्यस समय नयाँ चेतना जागृत गरेको थियो। हाम्रो स्वाधीनताको लडाईले भारत त स्वतन्त्र भयो नै, साथै कैयौं देश पनि स्वतन्त्रताको मार्गमा अघि बढेको थियो। भारतको विश्वासले, अन्य देशको विश्वासलाई सहारा दिएको थियो। र यसैले, भारत जस्तो विविधताले भरिएको देश, यति विशाल जनसङ्ख्या भएको देश, यति धेरै चुनौतीसँग लड्ने देश, जब एक विश्वासका साथ अघि बढ्दछ, तब यसबाट विश्वका अनेकौं देशले प्रेरणा पाउँदछन्। भारतको हरेक सफलताले आउने दिनहरूमा विश्वका अलग-अलग भूभागमा, अलग-अलग देशको सफलताका रूपमा प्रेरणाका कारण बन्नेछ। आज यदि भारतले तेज गतिमा गरीबी समाप्त गर्दछ भने यसले कैयौं देशलाई गरीबीबाट बाहिर निक्लिन पनि प्रेरणा दिँदछ। भारतको विकसित हुने सङ्कल्प कैयौं अन्य देशको निम्ति सहारा बन्नेछ। यसैले भारतको जिम्मेवारी अझ बढेर जाँदछ।

र साथीहरू,

सफलताको पहिलो शर्त, सफल हुनुको विश्वास नै हुँदछ। यो नयाँ संसद भवनले, यस विश्वासलाई नयाँ पराकाष्टा दिनेछ। यो विकसित भारतको निर्माणमा हामी सबैको निम्ति नयाँ प्रेरणा बन्नेछ। यो संसद भवनले हरेक भारतीयको कर्तव्यभाव जागृत गर्नेछ। मलाई विश्वास छ, यस संसदमा जो प्रतिनिधि बस्नेछन्, उनले नयाँ प्रेरणाका साथ, लोकतन्त्रलाई नयाँ दिशा दिने प्रयास गर्नेछन्। हामीले राष्ट्र प्रथमको भावनाका साथ अघि बढ्नुपर्नेछ, “इदं राष्ट्राय इदं न मम”, हामीले कर्तव्यपथलाई सर्वोपरि राख्नुपर्नेछ –“कर्तव्यमेव कर्तव्यं, अकर्तव्यं न कर्तव्यं”, हामीले आफअनो व्यवहारले उदाहरण प्रस्तुत गर्नुपर्नेछ – “यद्या-चरति श्रेष्ठः तत्तदेव इतरो जनः।हामीले निरन्तर स्वयंमा सुधार गरिरहनुपर्नेछ – “उद्घरेत् आत्मना आत्मानम्।हामीले नयाँ बाटो स्वयं बनाउनुपर्नेछ – “अप्प दीपो भव:हामीले स्वयंलाई खपाउनुपर्नेछ, तपाउनुपर्नेछ – “तपसों हि परम नास्ति, तपसा विन्दते महत।हामीले लोक कल्याणलाई नै आफ्नो जीवन मन्त्र बनाउनुपर्नेछ – “लोकहितं मम करणीयम्”, जब संसदको यस नयाँ भवनमा हामी आफ्नो दायित्त्वलाई इमान्दारीका साथ निर्वहन गर्नेछौं, तब देशवासीहरूले पनि नयाँ प्रेरणा पाउनेछन्।

साथीहरू,

विश्वको सबैभन्दा बृहत् लोकतन्त्रको यो नयाँ संसदले एउटा नयाँ ऊर्जा अनि नयाँ सुदृढता प्रदान गर्नेछ। हाम्रा श्रमिकहरूले आफ्नो पसीनाले यस संसद भवनलाई यति भव्य बनाएका छन्। अब हामी सबै सांसदको दायित्त्व हुन्छ, यसलाई आफ्नो समर्पणले अरू बढी दिव्य बनाउनु। एक राष्ट्रका रूपमा हामी सबै 140 करोड भारतीयको सङ्कल्प नै यस नयाँ संसदको प्राण प्रतिष्ठा हो। यहाँ हुने हरेक निर्णयले आउने सदीहरूलाई सजाउने-अलङ्कृत गर्नेछ। यहाँ हुने हरेक निर्णयले, आउने पिँढीलाई सशक्त गर्नेछ। यहाँ हुने हरेक निर्णय, भारतको उज्ज्वल भविष्यको आधार बन्नेछ। गरीब, दलित, पछौटे, आदिवासी, दिव्याङ्ग, समाजका हरेक वञ्चित परिवारको सशक्तिकरणको, वञ्चितहरूलाई प्राथमिकताको बाटो यहींबाट गुज्रिनेछ। यस नयाँ संसद भवनको हरेक इटा, हरेक पर्खाल, यसका कण-कण गरीबको कल्याणका लागि समर्पित छ। आगामी 25 वर्षमा संसदको यस नयाँ भवनमा बनिने नयाँ कानूनले भारतलाई विकसित भारत बनाउनेछ। यस संसदमा बनिने कानूनले भारतलाई गरीबीबाट बाहिर निकाल्न सहयोग गर्नेछ। यस संसद भवनमा बनिने कानूनले देशका युवाहरूका लागि, महिलाहरूका लागि नयाँ अवसरको निर्माण गर्नेछ। मलाई विश्वास छ, संसदको यो नयाँ भवन, नयाँ भारतको सिर्जनाको आधार बन्नेछ। एउटा समृद्घ सशक्त अनि विकसित भारत, नीति, न्याय, सत्य, मर्यादा अनि कर्तव्यपथमा अझ सशक्त भएर अघि बढ्नेछ। म समस्त भारतवासीलाई नयाँ संसद भवनको फेरि पनि धेरै धेरै बधाई दिन चाहन्छु। धन्यवाद!

****



(Release ID: 1927901) Visitor Counter : 128