स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय

76 औं विश्व स्वास्थ्य सम्मेलन


केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख माण्डवियाले ‘हील इन इण्डिया एण्ड हील बाई इण्डिया’-माथि दिए मुख्य भाषण

भारतमा निको पारिने र भारतद्वारा निको पारिने कार्यहरू ‘एक पृथ्वी, एक स्वास्थ्य’ र विश्वव्यापी समुदायको सेवा गर्नका लागि आधारित छन्: डा मनसुख माण्डवीया

भारत विश्वको सबैभन्दा पुरानो चिकित्सा प्रणाली, आयुर्वेदको घर हो। यसको अनौठो शक्ति अगाडि आएसँगै विश्वभरि आयुष उपचारको माग बढेको छ

भारतले कोभिड खोपको अकल्पनीय गति हासिल गर्यो र भारतमा अहिलेसम्म 2.20 बिलियनभन्दा बढी खुराकहरू प्रशासित भइसकेको छ। ‘खोप मैत्री’ पहल मार्फत विश्वमा करोड़ौँ खोप बाँड़ियो

Posted On: 24 MAY 2023 11:44AM by PIB Gangtok

केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्री डा. मनसुख माण्डवियाले जेनेभामा 76 औँ विश्व स्वास्थ्य सम्मेलनमा भारतमा निको पारिने र भारतद्वारा निको पारिने सम्बन्धी एक साइड इभेन्ट सत्रमा मुख्य भाषण दिए। उनीसँग स्वास्थ्य मन्त्रालयका विशेष सचिव श्री एस गोपालकृष्णन पनि सामेल थिए।

भेलालाई सम्बोधन गर्दै डा. माण्डवियाले उल्लेख गरे, एक पृथ्वी-एक स्वास्थ्यको दृष्टिकोण तथा विश्वव्यापी समुदायको सेवा गर्न भारत सरकारले माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा स्वास्थ्य कार्यबल गतिशीलता र रोगी गतिशीलताद्वारा समर्थित मूल्यमा आधारित स्वास्थ्य सेवाको लागि पहल गरेको छ। भारतद्वारा निको पारिने’ पहललाई ‘वसुधैव कुटुम्बकम्’ (विश्व एक परिवार हो) को भारतीय दर्शन अनुसार विश्वको सेवा गर्नका लागि भारतबाट विश्वका विभिन्न भागहरूमा स्वास्थ्य कार्यबलको गतिशीलता बढ़ाउने उद्देश्यले बनाइएको हो। उनले भने, भारतमा निको पारिने’ पहल भारतमा विश्वलाई एकीकृत तथा समग्र उपचार प्रदान गर्ने र विश्व स्तरमा सस्तो तथा गुणस्तरीय स्वास्थ्य सेवासम्म पहुँचका लागि रोगीको गतिशीलता बढ़ाउने प्रयास गरेको छ।

डा. माण्डवियाले जानकारी दिए अनुसार भारत विश्वको सबैभन्दा पुरानो चिकित्सा प्रणाली आयुर्वेदको घर हो। यसको अनौठो शक्तिहरू अगाडि आएसँगै आयुर्वेद, योग, सिद्ध, युनानी र होमियोप्याथी जस्ता आयुष उपचारको माग विश्वभरि बढेको छ र त्यसलाई प्रवर्द्धन पनि गरिएको छ।

एक पृथ्वी, एक परिवार, एक भविष्य को भारतको जी20 अध्यक्षताको दर्शनमाथि प्रकाश  पार्दै केन्द्रीय स्वास्थ्य मन्त्रीले जी20 हेल्थ ट्र्याक अन्तर्गत भारतले एक स्वास्थ्य र एन्टी-माइक्रोबियल प्रतिरोध (एएमआर) मा फोकसको साथ तयारी र प्रतिक्रिया; सुरक्षित, प्रभावकारी, गुणस्तरीय र किफायती चिकित्सा प्रत्युपायहरूमा पहुँच सुधार गर्न विश्वव्यापी रूपमा औषधि क्षेत्र भित्र सहयोग सुदृढ गर्दै अर्थात् खोपहरू थेराप्यूटिक्स र निदान तथा डिजिटल स्वास्थ्य आविष्कार र विश्वव्यापी स्वास्थ्य कभरेजलाई मद्दत गर्न र तल्लो तहमा स्वास्थ्य सेवा वितरण सुधार गर्न समाधानहरूलाई प्राथमिकता दिएको छ।

भारतमा स्वास्थ्य सेवा पारिस्थितिकी प्रणालीलाई सुदृढ पार्नका लागि गरिएका उपायहरूमा जोड दिँदै डा. माण्डवियाले भने, भारतले कोभिड खोपको अकल्पनीय गति हासिल गरेको छ र भारतमा अहिलेसम्म 2.20 बिलियनभन्दा बढी खुराकहरू प्रशासित भइसकेको छ। ‘खोप मैत्री’ पहलमार्फत विश्वमा लाखौँ खोपहरू साझेदारी गरिएको थियो।

केन्द्रीय स्वास्थ्य मन्त्रीले एक लचिलो स्वास्थ्य सेवा पारिस्थितिकी प्रणाली सिर्जना गर्न भारतले स्वास्थ्य सेवाका सबै पक्षहरूलाई समेट्न आयुष्मान भारत पहल शुरु गरेको बताए। विश्वको सबैभन्दा ठूलो सरकारी वित्त पोषित स्वास्थ्य बीमा योजना - आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना (एबी पीएम - जेएवाई) 2018 मा शुरु गरिएको थियो। 1,50,000 आयुष्मान भारत स्वास्थ्य र कल्याण केन्द्रहरू (एबी-एचडब्ल्यूसीएस) ले व्यापक प्राथमिक स्वास्थ्य सेवाको वितरणलाई भारतमा सेवा रूपान्तरण गर्दैछ। आयुष्मान भारत डिजिटल मिशन (एबीडीएम) ले प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा पारिस्थितिकी प्रणालीका विभिन्न सरोकारवालाहरू बीचको खाडललाई पूरा गर्ने लक्ष्य राखेको छ। अनि पीएम - आयुष्मान भारत स्वास्थ्य पूर्वाधार मिशनले रोग निगरानी प्रणाली, प्रयोगशाला सञ्जाल, देशभरि सङ्क्रामक रोग ब्लकको निर्माण र एक स्वास्थ्य दृष्टिकोणमा जोड दिएर अनुसन्धान क्षमता बढाउने लक्ष्य राखेको छ उनले भने।

विश्वभरिका स्वास्थ्य सेवा प्रणालीहरूमा कोभिड-19 महामारीको प्रभावलाई जोड दिँदै डा. माण्डवियाले भने, महामारीले स्वास्थ्य खतराहरू राष्ट्रिय सिमानामा सीमित नभएको र समन्वित विश्वव्यापी प्रतिक्रिया आवश्यक रहेको देखाएको छ। यस सन्दर्भमा भारतले स्वास्थ्यकर्मीहरूको क्षमता निर्माणमा सहयोग गर्दै आएको छ र डिजिटल प्रविधिलाई अगाडि बढाउने बाटोको रूपमा प्रयोग गर्दै आएको छ।

बैठकमा सहभागी हुने सबै महानुभावहरूलाई डा. माण्डवियाले गहिरो आभार व्यक्त गरे। उनले सबैका लागि स्वास्थ्य सेवा हाम्रा माननीय प्रधानमन्त्रीले सबका साथ, सबका विकास र सबका प्रयासजसको अर्थ ’समावेशी विकासको लागि सामूहिक प्रयासहरूद्वारा मिलेर प्रयास गर्ने’ भनेर उल्लेख गरेको भारतको मार्गदर्शक दर्शनसँग मिल्दोजुल्दो छ भनी दोहोऱ्याउँदै आफ्नो सम्बोधनलाई समाप्त गरे।

****



(Release ID: 1926976) Visitor Counter : 86