प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले गरे अन्तर्राष्ट्रिय सङ्ग्रहालय एक्स्पो 2023 को उद्घाटन
उत्तर र दक्षिण ब्लकमा आगामी राष्ट्रिय सङ्ग्रहालयको भर्चुअल परिदर्शनको उद्घाटन गरे
इन्टरनेशनल म्युजियम एक्सपोको मस्कट, ग्राफिक नोवल - सङ्ग्रहालयमा एक दिन, भारतीय सङ्ग्रहालयहरूको निर्देशिका, कार्तव्य पथको पकेट नक्सा र सङ्ग्रहालय कार्डको अनावरण हुने
“सङ्ग्रहालयले विगतबाट प्रेरणा उपलब्ध गराउँछ र भविष्यप्रति कर्तव्यलाई भावना पनि दिँदछ”
“देशमा नयाँ सांस्कृतिक पूर्वाधार विकास भइरहेको छ”
“प्रत्येक राज्य र समाजका प्रत्येक वर्गको सम्पदासँगै स्थानीय र ग्रामीण सङ्ग्रहालयको संरक्षणका लागि सरकारले विशेष अभियान चलाइरहेको छ”
“पुस्तौँदेखि संरक्षित भगवान् बुद्धका पवित्र अवशेषहरू अब विश्वभरिका भगवान् बुद्धका अनुयायीहरूलाई एकजुट गर्दैछन्”
“हाम्रो सम्पदा विश्व एकताको अग्रदूत बन्न सक्छ”
“ऐतिहासिक महत्त्वका कुराहरूलाई जोगाउने मनोभाव समाजमा स्थापित गरिनुपर्छ”
“परिवार, विद्यालय, संस्थान र शहरहरूको आफ्नै सङ्ग्रहालय हुनुपर्छ”
“युवाहरू विश्वव्यापी संस्कृति कार्यको माध्यम बन्न सक्छन्”
“कुनै पनि देशको कुनै पनि सङ्ग्रहालयमा यस्तो कलाकृति हुनु हुँदैन, जुन अनैतिक तरिकाले त्यहाँ पुगेको ह
Posted On:
18 MAY 2023 12:47PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको प्रगति मैदानमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय एक्सपो 2023 को उद्घाटन गरेका छन्। उनले उत्तर र दक्षिण ब्लकमा आगामी राष्ट्रिय सङ्ग्रहालयको भर्चुअल वाकथ्रुको पनि उद्घाटन गरे। सो अवसरमा प्रधानमन्त्रीले टेक्नो मेला, संरक्षण प्रयोगशाला र प्रदर्शनीहरूको पनि परिदर्शन गरेका थिए। ‘सङ्ग्रहालय, दिगोपन र कल्याण’ भन्ने नाराका साथ 47 औँ अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाउन आजादीका अमृत महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय सङ्ग्रहालय एक्स्पो आयोजना गरिएको हो।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा सबैलाई बधाई दिए। सो अवसरको महत्त्वलाई प्रकाश पार्दै प्रधानमन्त्रीले भारतले स्वतन्त्रताको 75 औँ वर्षमा अमृत महोत्सव मनाइरहँदा अन्तर्राष्ट्रिय सङ्ग्रहालय एक्स्पोको अवसरमा प्रविधिको समावेशीकरणले इतिहासका विभिन्न अध्याय जीवन्त बन्दै गएको उल्लेख गरे। सङ्ग्रहालयमा प्रवेश गर्दा हामी विगतसँग घुलमिल हुन्छौँ र सङ्ग्रहालयले तथ्य तथा प्रमाणमा आधारित यथार्थ प्रस्तुत गर्छ र यसले विगतबाट प्रेरणा दिने र भविष्यप्रतिको कर्तव्यको अनुभूति पनि गराउने उनले बताए। उनले आजको विषय ‘स्थायित्व र कल्याण’ ले आजको विश्वको प्राथमिकतालाई उजागर गर्दै कार्यक्रमलाई थप सान्दर्भिक बनाएको बताए। प्रधानमन्त्रीले आजको प्रयासले युवा पुस्तालाई आफ्नो सम्पदासँग अझ राम्रोसँग परिचित गराउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले आजको कार्यक्रम स्थलमा आउनुअघि सङ्ग्रहालयको भ्रमण गरेको उल्लेख गर्दै आगन्तुकको मनमा ठूलो प्रभाव पार्ने योजना र कार्यान्वयनको प्रयासको प्रशंसा गरे। प्रधानमन्त्रीले आजको अवसर भारतका सङ्ग्रहालयहरूको विश्वका लागि ठूलो टर्निङ पोइण्ट हुने विश्वास व्यक्त गरे।
सयौँ वर्षसम्म चलेको दासत्वको कालखण्डमा प्राचीन पाण्डुलिपि र पुस्तकालयहरू जलेर जमिनमुनिका धेरै सम्पदा गुमेको कुरामाथि जोड दिँदै प्रधानमन्त्रीले यो भारतलाई मात्रै नभएर सम्पूर्ण संसारको सम्पदाको क्षति भएको बताए। नागरिकमा चेतनाको अभावले झनै ठूलो असर पारेको भूमिको लामो समयदेखि हराएको सम्पदाको पुनरुत्थान र संरक्षणमा स्वतन्त्रतापछिको प्रयास हुन नसकेको उनले गुनासो गरे। ‘पञ्च प्राण’ वा आजादीका अमृत कालमा देशले लिएका पाँचवटा सङ्कल्पलाई स्मरण गर्दै प्रधानमन्त्रीले ‘हाम्रो सम्पदामा गर्व गर्ने’ कुरामा जोड दिँदै देशको नयाँ सांस्कृतिक पूर्वाधार निर्माण भइरहेको बताए। यी प्रयासहरूमा प्रधानमन्त्रीले जारी राख्दै भने, कसैले भारतको स्वतन्त्रताको लडाईको इतिहासका साथ साथै देशको हजार वर्ष पुरानो विरासत पाउन सक्छ। उनले राज्य र समाजका प्रत्येक वर्गका सम्पदासँगै स्थानीय तथा ग्रामीण सङ्ग्रहालयको संरक्षणका लागि सरकारले विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए। प्रधानमन्त्रीले भारतको स्वतन्त्रता सङ्ग्राममा जनजाति समुदायको योगदानलाई अमर बनाउन दशवटा विशेष सङ्ग्रहालयको विकास भइरहेको पनि उल्लेख गरे, जुन आदिवासी विविधताको झलक प्रदान गर्न विश्वकै सबैभन्दा अनौठो पहल हुनेछ। भूमिको सम्पदाको संरक्षणको उदाहरण दिँदै प्रधानमन्त्रीले महात्मा गान्धीले नून सत्याग्रहको क्रममा पदयात्रा गरेको डाण्डी पथ र उनले नून कानून उल्लङ्घन गरेको ठाउँमा निर्माण गरिएको स्मारकको उल्लेख गरे। उनले डा. बीआर अम्बेडकरको महापरिनिर्वाण स्थललाई दिल्लीको 5, अलिपुर रोडमा रहेको राष्ट्रिय स्मारकको रूपमा पुनर्विकास गर्नुका साथै उनको जन्म भएको महूमा, लण्डनमा, जहाँ उनी बसेका थिए, नागपुरमा जहाँ उनले दीक्षा लिए, र मुम्बईको चैत्य भूमि जहाँ उनको समाधि आज अवस्थित छ। उनको जीवनसँग सम्बन्धित पञ्च तीर्थको विकासको पनि प्रधानमन्त्रीले उल्लेख गरे। उनले सरदार पटेलको स्टेच्यू अफ् युनिटी, पञ्जाबको जलियानवाला बाग, गुजरातमा गोविन्द गुरु जीको स्मारक, वाराणसीको मान महल सङ्ग्रहालय र गोवामा क्रिश्चियन कला सङ्ग्रहालयको उदाहरण पनि दिए। उनले दिल्लीमा रहेका देशका सबै पूर्वप्रधानमन्त्रीहरूको यात्रा र योगदानप्रति समर्पित प्रधानमन्त्री सङ्ग्रहालयलाई पनि स्पर्श गर्दै पाहुनाहरूलाई एकपटक यो सङ्ग्रहालय भ्रमण गर्न आग्रह गरे।
प्रधानमन्त्रीले कुनै पनि देशले जब आफ्नो सम्पदाको संरक्षण गर्न थाल्छ, तब अन्य देशसँग पनि निकटता बढ्ने बताए। उनले भगवान् बुद्धका पवित्र अवशेषहरूका उदाहरण पनि दिँदै जसले पुस्तौँसम्म संरक्षित रहेर अहिले विश्वभरिका भगवान् बुद्धका अनुयायीहरूलाई एकताको सूत्रमा बाँधेर राखेको बताए। उनले अन्तिम बुद्ध पूर्णिमामा चारवटा पवित्र अवशेष श्रीलङ्काबाट कुशीनगर पुगेर मङ्गोलिया पठाएको उल्लेख गरे। त्यसैगरी, गोवाको सेन्ट केटेवनको विरासत भारतसँग सुरक्षित छ र त्यहाँ अवशेषहरू पठाउँदा जर्जियामा भएको उत्साहको स्मरण भयो। “हाम्रो सम्पदा विश्व एकताको अग्रदूत बनेको छ”, उनले भने।
प्रधानमन्त्रीले आगामी पुस्ताका लागि सम्पदाको संरक्षणमा सङ्ग्रहालयहरूलाई सक्रिय सहभागी बनाउन सुझाव दिए। उनले सङ्ग्रहालयले पृथ्वीले भोगेका धेरै विपद्का सङ्केतहरूलाई संरक्षण र प्रस्तुत गर्न सकिने र पृथ्वीको परिवर्तनशील मुहारको प्रस्तुति पनि गर्न सकिने सुझाउ दिए।
एक्स्पोको पाक कला विषयक खण्डको उल्लेख गर्दै प्रधानमन्त्रीले भारतको प्रयासको कारण आयुर्वेद र श्री अन्न मिलेट्सको बढ्दो प्रोफाइलको बारेमा कुरा राखे। उनले श्री अन्नको यात्रा र अन्य अन्नको बारेमा नयाँ सङ्ग्रहालय आउन सक्ने सुझाउ दिए।
प्रधानमन्त्रीले ऐतिहासिक महत्त्वका वस्तुको संरक्षण गर्नु देशको प्रकृति बनेपछि यो सबै सम्भव हुने बताए। यसलाई कसरी हासिल गर्न सकिन्छ भन्ने विषयमा उनले स्पष्ट पारे। उनले प्रत्येक परिवारले आफ्नो परिवारको पारिवारिक सङ्ग्रहालय बनाउन सुझाउ दिए। उनले आजका सामान्य कुराहरू भावी पुस्ताका लागि भावनात्मक सम्पत्ति हुने पनि बताए। उनले विद्यालय र अन्य संस्थाहरूलाई आफ्नै सङ्ग्रहालय बनाउन आग्रह गरे। उनले शहरलाई शहरी सङ्ग्रहालय बनाउन पनि आग्रह गरे। यसले भावी पुस्ताका लागि ठूलो ऐतिहासिक सम्पदा सिर्जना गर्नेछ।
उनले सङ्ग्रहालय युवाका लागि करियरको विकल्प बन्दै गएको बताए। उनले यी युवाहरूलाई सङ्ग्रहालयका कामदारका रूपमा मात्र नभई विश्व सांस्कृतिक कार्यको माध्यम बन्न सक्ने इतिहास र वास्तुकला जस्ता विषयहरूसँग जोडिएका युवाका रूपमा हेर्नुपर्ने बताए। उनले यी युवाहरू देशको विरासतलाई विदेशसम्म पुर्याउने र उनीहरूबाट आफ्नो अतीतको बारेमा जान्नका लागि धेरै सहयोगी सिद्ध हुने बताए।
प्रधानमन्त्रीले पुरातात्त्विक वस्तुको तस्करी र विनियोजनको सामूहिक चुनौतीको उल्लेख गर्दै भारत जस्तो प्राचीन संस्कृति भएको देश सयौँ वर्षदेखि यससँग लड्दै आएको बताए। उनले स्वतन्त्रताअघि र पछि देशबाट अनैतिक रूपमा धेरै पुरातात्त्विक वस्तुहरू बाहिर लगिएको औँल्याउदै यस्ता अपराधको अन्त्यका लागि सबै मिलेर काम गर्न आग्रह गरे। विश्वमा भारतको बढ्दो प्रतिष्ठाका बीच विभिन्न देशले भारतको सम्पदा फिर्ता गर्न थालेकोमा उनले खुशी व्यक्त गरे। उनले बनारसबाट चोरी भएको माँ अन्नपूर्णाको मूर्ति, गुजरातबाट चोरी भएको महिषासुरमर्दिनीको मूर्ति, चोल साम्राज्यको समयमा बनेको नटराजको मूर्ति, गुरु हरगोविन्द सिंह जीको नामले सजाइएको तरवारको उदाहरण दिए। स्वतन्त्रतापछि कैयौँ दशकमा 20 भन्दा कमको तुलनामा विगत 9 वर्षमा करिब 240 पुराना पुरातात्त्विक वस्तुहरू भारतमा फिर्ता ल्याइएको प्रधानमन्त्रीले जानकारी दिए। प्रधानमन्त्रीले पछिल्ला 9 वर्षमा भारतबाट हुने सांस्कृतिक सम्पदाको तस्करीमा पनि उल्लेख्य कमी आएको बताए। श्री मोदीले विश्वभरिका कला विशेषज्ञहरूलाई, विशेष गरी सङ्ग्रहालयहरूसँग सम्बन्धित व्यक्तिहरूलाई यस क्षेत्रमा थप सहयोग बढाउन आग्रह गरे। “कुनै पनि देशको कुनै पनि सङ्ग्रहालयमा यस्तो कलाकृति हुनु हुँदैन, जुन अनैतिक तरिकाले त्यहाँ पुगेको होस्। यसलाई हामीले सबै सङ्ग्रहालयका लागि नैतिक प्रतिबद्धता बनाउनुपर्छ,” प्रधानमन्त्रीले भने। प्रधानमन्त्रीले “हामी आफ्नो सम्पदा जोगाउने छौँ र नयाँ विरासत पनि सृजना गर्नेछौँ” भन्दै आफ्नो सम्बोधनलाई समापन गरे।
केन्द्रीय संस्कृति मन्त्री श्री जी किशन रेड्डी, केन्द्रीय संस्कृति राज्य मन्त्री श्री अर्जुन राम मेघवाल र श्रीमती मिनाक्षी लेखी र लुभ्रे अबु धाबीका निर्देशक श्री मेनुअल राबाटे सो अवसरमा उपस्थित थिए।
पृष्ठभूमि
47औँ अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस (आईएमडी) को उपलक्ष्यमा आजादी का अमृत महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय सङ्ग्रहालय एक्स्पो आयोजना गरिएको छ। यो वर्षको आईएमडीको विषयवस्तु ‘सङ्ग्रहालय, दिगोपन र कल्याण’ रहेको छ। म्युजियम एक्स्पोलाई सङ्ग्रहालयका पेशेवरहरूसँग भारतको सांस्कृतिक कूटनीतिमा निर्णायक भूमिका खेल्ने सांस्कृतिक केन्द्रहरूको रूपमा विकसित गर्न सक्षम बनाउन सङ्ग्रहालयहरूमा समग्र कुराकानी शुरु गर्न डिजाइन गरिएको हो।
कार्यक्रमको क्रममा प्रधानमन्त्रीले उत्तर र दक्षिण ब्लकहरूमा आगामी राष्ट्रिय सङ्ग्रहालयको भर्चुअल परिदर्शनको उद्घाटन गरे। सङ्ग्रहालय ऐतिहासिक घटनाहरू, व्यक्तित्वहरू, विचारहरू र भारतको वर्तमान निर्माणमा योगदान पुर्याउने भारतको विगतसँग सम्बन्धित उपलब्धिहरूलाई प्रकाश गर्ने र प्रदर्शन गर्ने एक व्यापक प्रयास हो।
प्रधानमन्त्रीले इन्टरनेशनल म्युजियम एक्स्पोको मस्कट, ग्राफिक उपन्यास - सङ्ग्रहालयमा एक दिन, भारतीय सङ्ग्रहालयहरूको निर्देशिका, कर्तव्य पथको पकेट नक्सा र सङ्ग्रहालय कार्डहरू पनि अनावरण गरे।
इन्टरनेशनल म्युजियम एक्सपोको मस्कट चेन्नापट्टनम कला शैलीमा काठबाट बनेको डान्सिङ गर्लको समकालीन संस्करण हो। ग्राफिक नोवलले राष्ट्रिय सङ्ग्रहालय भ्रमण गर्ने बालक - बालिकाहरूको समूहलाई चित्रण गर्दछ जहाँ उनीहरूले सङ्ग्रहालयमा उपलब्ध विभिन्न करियर अवसरहरूबारे जान्दछन्। भारतीय सङ्ग्रहालयहरूको निर्देशिका भारतीय सङ्ग्रहालयहरूको एक व्यापक सर्वेक्षण हो। कर्तव्य पथको पकेट नक्साले विभिन्न सांस्कृतिक स्थान र संस्थाहरूलाई प्रकाश गर्दछ र यसले प्रतिष्ठित मार्गहरूको इतिहासलाई पनि चिन्हित गर्दछ। म्युजियम कार्डहरू देशभरिका प्रतिष्ठित सङ्ग्रहालयहरूको सचित्र अनुहारसहित 75 कार्डहरूको सङ्कलन हो र सबै उमेर वर्गका मानिसहरूलाई सङ्ग्रहालय परिचय गराउने एउटा अभिनव तरिका हो र प्रत्येक कार्डमा सङ्ग्रहालयहरूको बारेमा संक्षिप्त जानकारी हुन्छ।
कार्यक्रममा विश्वभरिका सांस्कृतिक केन्द्र र सङ्ग्रहालयका अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलहरूको सहभागिता रहेको थियो।
****
(Release ID: 1925388)
Visitor Counter : 160
Read this release in:
Kannada
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Manipuri
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Malayalam