प्रधानमन्त्रीको कार्यालय

राष्ट्रिय रोजगार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री



विभिन्न सरकारी विभाग र संस्थाहरूमा भर्ना भएका लगभग 71,000 नवनियुक्तिहरूलाई नियुक्ति पत्र वितरण

“रोजगार मेलाले युवाप्रति सरकारको प्रतिबद्धता दर्शाउँछ”

‘विगत 9 वर्षमा सरकारले भर्ना प्रक्रियालाई छिटो, पारदर्शी र निष्पक्ष बनाएर प्राथमिकतामा राखेको छ’

“सरकारी नीति रोजगारीको सम्भावनालाई ध्यानमा राखेर बनाइन्छ”

“सरकारले 9 वर्षमा 34 लाख करोड़ रुपियाँ पूँजीगत खर्च गरेको छ भने यस वर्ष पनि 10 लाख करोड़ रुपियाँ पूँजीगत खर्चमा छुट्याइएको छ”

“आत्मनिर्भर भारत अभियान देशमा उत्पादनको माध्यमबाट रोजगारी सिर्जनामा आधारित छ”


Posted On: 16 MAY 2023 11:54AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भिडियो कन्फ्रेन्समार्फत राष्ट्रिय रोजगार मेलालाई सम्बोधन गर्दै विभिन्न सरकारी विभाग र सङ्गठनहरूमा भर्ना भएका लगभग 71,000 जनालाई नियुक्ति पत्र वितरण गरेका छन्।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भर्ना भएका सबै कर्मचारी र उनीहरूका परिवारलाई शुभकामना व्यक्त गरे। उनले गुजरात जस्ता राज्यहरूमा भर्खरै भएको रोजगार मेला र असमको आगामी मेलाबारे पनि सम्झाए। केन्द्र र भाजपा शासित राज्यमा हुने यी मेलाहरूले युवाप्रति सरकारको प्रतिबद्धता दर्खाएको उनले बताए।

विगत 9 वर्षमा सरकारले भर्ना प्रक्रियालाई छिटो, पारदर्शी र निष्पक्ष बनाएर प्राथमिकतामा राखेको प्रधानमन्त्रीले जोड दिए। भर्ती प्रक्रियामा आइपर्ने कठनाइलाई स्मरण गर्दै प्रधानमन्त्रीले कर्मचारी चयन बोर्डले नयाँ भर्तीलाई सामेल गर्नमा सामान्यतः 15-18 महिनाको समय लिने गरे तापनि यसपाली यसमा केवल 6-8 महिना समय लागेको बताए। पहिलो आवेदन फारम प्राप्त गर्नेदेखि डाकमार्फत बुझाउनेसम्मको थकाइलाग्दो भर्ना प्रक्रियालाई अब अनलाइनबाटै सरल बनाएर कागजपत्र आफैँ प्रमाणित गर्ने व्यवस्था पनि ल्याइएको उनले बताए। समूह सी र ग्रुप डी-को अन्तर्वार्ता पनि खारेज गरिएको प्रधानमन्त्रीले बताए। यसको सबैभन्दा ठूलो फाइदा सम्पूर्ण प्रक्रियाबाट नातावादको अन्त्य भएको प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्रीले आजको मितिको महत्त्वलाई रेखाङ्कित गरे, किनकि 9 वर्षअघि यसै 16 मईमा लोकसभा चुनाउको नतिजा सार्वजनिक गरिएको थियो। त्यस दिनको उत्साहलाई स्मरण गर्दै प्रधानमन्त्रीले सबका साथ, सबका विकासको भावनाका साथ शुरु भएको यात्राले विकसित भारतको लागि काम गरिरहेको बताए। प्रधानमन्त्रीले आज सिक्किमको स्थापना दिवस पनि भएको कुरा पनि बताए।

प्रधानमन्त्रीले यो 9 वर्षमा रोजगारीको सम्भावनालाई ध्यानमा राखेर सरकारले नीति बनाएको बताए। आधुनिक पूर्वाधारको क्षेत्रमा पहल, ग्रामीण विकास वा जीवनका आधारभूत आवश्यकताहरूको विस्तार, भारत सरकारको हरेक नीतिले युवाहरूको लागि नयाँ अवसर सिर्जना गरिरहेको छ।

प्रधानमन्त्रीले विगत 9 वर्षमा सरकारले पूँजीगत व्यय र आधारभूत सुविधामा करिब 34 लाख करोड़ रुपियाँ खर्च गरेको जानकारी दिए। यस वर्षको बजेटमा पनि पूँजीगत व्ययका लागि 10 लाख करोड़ रुपियाँ विनियोजन गरिएको थियो। यो रकमले नयाँ राजमार्ग, नयाँ विमानस्थल, नयाँ रेलमार्ग, पुल आदि जस्ता आधुनिक पूर्वाधारहरूको परिणाम हो र यसले देशमा धेरै नयाँ रोजगारी सिर्जना गरिरहेको छ, उनले भने।

प्रधानमन्त्रीले आज भारतको गति र मापन स्वतन्त्र भारतको इतिहासमा अभूतपूर्व भएको बताए। यसअघिको 7 दशकमा 20 हजार किलोमिटरको तुलनामा विगत 9 वर्षमा 40 हजार किलोमिटर रेलमार्गमा विद्युतीकरण भएको उनले जानकारी दिए। देशमा मेट्रो रेलको सञ्जाल रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन् 2014 अघि मात्र 600 मिटर मात्रै मेट्रो लाइन बिछ्याइएकोमा अहिले झण्डै 6 किलोमिटर मेट्रो रेल लाइन बिछ्याइएको बताए।

2014 भन्दा अगाडि 4 लाख किलोमिटरभन्दा कम ग्रामीण सड़क थियो भने आज त्यो लमाइ 7.25 लाख किलोमिटर पुगेको छ। सन् 2014 मा 74 वटा विमानस्थलको सङ्ख्या बढेर आज झण्डै 150 पुगेको छ। त्यसैगरी विगत 9 वर्षमा गरीबका लागि बनाइएका 4 करोड घरले उल्लेख्य रोजगारी सिर्जना गरेको छ। गाउँमा रहेका 5 लाख साझा सेवा केन्द्रले ग्रामीण क्षेत्रमा रोजगारी दिइरहेका छन्। गाउँमा 30 हजारभन्दा बढी पञ्चायत भवन निर्माण गरिसकिएको छ भने 9 करोड घरपरिवारलाई पाइपबाट पानी जोडिएको छ। यी सबैले ठूलो मात्रामा रोजगारी सिर्जना गरिरहेका छन्, प्रधानमन्त्रीले भने। वैदेशिक लगानी होस् वा भारतको निर्यात होस्, यसले देशमा रोजगारी तथा स्वरोजगारका प्रशस्त अवसरहरू सिर्जना गरिरहेको प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्रीले विगत 9 वर्षमा देशका युवाका लागि नयाँ क्षेत्रहरू देखा पर्दा रोजगारीको प्रकृतिमा ठूलो परिवर्तन आएको बताए। प्रधानमन्त्रीले यी नयाँ क्षेत्रहरूलाई केन्द्र सरकारले निरन्तर सहयोग गरिरहेको कुरा दोहोऱ्याउँदै राष्ट्रले शुरु गरेको स्टार्टअप क्रान्तिलाई प्रकाश पारे। उनले देशमा सन् 2014 अघि 100 वटा स्टार्टअपको सङ्ख्या बढेर आज 1 लाखभन्दा बढी पुगेको र त्यसले 10 लाखभन्दा बढी युवालाई रोजगारी दिएको जानकारी दिए।

प्राविधिक विकासले जनताको जीवनयापन पहिलेभन्दा सहज बनाएको विषयमा प्रकाश पार्दै प्रधानमन्त्रीले शहरका लागि जीवनरेखा बनेको एपमा आधारित ट्याक्सी सेवा, रोजगारी बढाउन सक्षम अनलाइन डेलिभरी प्रणाली, ड्रोन क्षेत्रलाई बढावा दिने, औषधि ढुवानीमा विषादी छर्काउन, शहरी ग्यास वितरण प्रणाली विस्तार गर्न मद्दत गरेको छ, जसको कभरेज 60 बाट 600 शहरमा पुगेको उदाहरण दिए।

प्रधानमन्त्रीले गत 9 वर्षमा सरकारले मुद्रा योजना अन्तर्गत 23 लाख करोड़भन्दा बढीको ऋण प्रवाह गरेको छ, जसले नागरिकहरूलाई नयाँ व्यवसाय स्थापना गर्न, ट्याक्सी किन्न वा आफ्नो अवस्थित प्रतिष्ठान विस्तार गर्न मद्दत गरेको जानकारी दिए। प्रधानमन्त्रीले लगभग 8-9 करोड नागरिकहरू मुद्रा योजना अन्तर्गत ऋण पाएपछि पहिलो पटक उद्यमी बनेको पनि जानकारी दिए। आत्मनिर्भर भारत अभियान देशमा उत्पादनको माध्यमबाट रोजगारी सृजनामा आधारित छ, प्रधानमन्त्रीले भने। केन्द्र सरकारले पीएलआई योजना अन्तर्गत उत्पादनका लागि करिब 2 लाख करोड रुपियाँ सहयोग गरिरहेको उनले भने।

प्रधानमन्त्रीले देशमा उच्च शिक्षा संस्थान र कौशल विकास संस्थानको विकास तीव्र गतिमा भइरहेको बताए। प्रधानमन्त्रीले 2014 र 2022 को बीचमा प्रत्येक वर्ष नयाँ आईआईटी र नयाँ आईआईएम स्थापना भएको जानकारी दिए। उनले पछिल्ला 9 वर्षमा हरेक साता एउटा विश्वविद्यालयको उद्घाटन भएको र हरेक दिन औसतमा दुईवटा कलेज सञ्चालनमा आएको बताए। प्रधानमन्त्रीले 2014 अघि देशमा 720 विश्वविद्यालय रहेको थियो भने अहिले त्यो सङ्ख्या बढेर 1100 पुगेको बताए। देशमा चिकित्सा शिक्षाको विषयलाई स्पर्श गर्दै प्रधानमन्त्रीले 7 दशकमा देशमा 7 वटा एम्स मात्र बनेको र विगत 9 वर्षमा सरकारले 15 वटा नयाँ एम्स निर्माण गरेको बताए। उनले देशमा मेडिकल कलेजको सङ्ख्या 400 बाट बढेर 700 पुगेको र एमबीबीएस र एमडीको सिट झण्डै 80 हजारबाट बढेर 1 लाख 70 हजार नाघेको पनि बताए।

प्रधानमन्त्रीले विकासमा आईटीआईको भूमिकामाथि पनि जोड दिए। विगत 9 वर्षमा हरेक दिन एउटा आईटीआई स्थापना भएको छ। उनले देशको आवश्यकता अनुसार 15 हजार आईटीआईमा नयाँ पाठ्यक्रमहरू शुरु भई प्रधानमन्त्री कौशल विकास योजना अन्तर्गत 1.25 करोड़भन्दा बढी युवाहरूलाई कौशल प्रदान गरिएको जानकारी दिए। ईपीएफओको उदाहरण दिँदै प्रधानमन्त्रीले 2018-19 पछि ईपीएफओ नेट पेरोल अनुसार 4.5 करोड नयाँ औपचारिक रोजगार सृजना भएको जानकारी दिए जसले औपचारिक रोजगारीहरूमा स्थिर वृद्धि देखाउँछ। यसबाट स्वरोजगारको अवसर पनि निरन्तर बढिरहेको छ।

प्रधानमन्त्रीले विश्व स्तरमा भारतको उद्योग र लगानीका लागि अभूतपूर्व सकारात्मकता रहेको उल्लेख गरे। वालमार्टका सीईओसँगको पछिल्लो भेटलाई स्मरण गर्दै प्रधानमन्त्रीले भारतबाट 80 हजार करोड रुपियाँसम्मका सामान निर्यात गर्ने सीईओको विश्वासबारे जानकारी गराएका थिए। यो रसद र आपूर्ति शृङ्खलाको क्षेत्रमा कार्यरत युवाहरूका लागि ठूलो खबर हो, उनले भने। भारतबाट 8 हजार करोड़को उत्पादन निर्यात गर्ने लक्ष्य रहेको सिस्कोका प्रमुख कार्यकारी अधिकारीसँगको भेटलाई पनि उनले स्मरण गरे र भारतको मोबाइल उत्पादन उद्योगप्रति विश्वस्त रहेको एप्पलका प्रमुख कार्यकारी अधिकारीले सेमीकन्डक्टर कम्पनी एनएक्सपीका शीर्ष कार्यकारीले पनि सेमीकन्डक्टर इकोसिस्टम सिर्जना गर्ने भारतको क्षमतालाई सकारात्मकता देखाएका छन्। फक्सकनले पनि हजारौँ करोडको लगानी शुरु गरेको उनले बताए। प्रधानमन्त्रीले आगामी साता विश्वका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकारीहरूसँगको भेटघाटको बारेमा पनि जानकारी दिँदै उनीहरू सबै भारतमा लगानी गर्न उत्साहित रहेको बताए। उनले त्यस्ता प्रयासहरूले भारतमा विभिन्न क्षेत्रमा सृजना भइरहेको नयाँ रोजगारीका अवसरहरूलाई उजागर गर्ने बताए।

सम्बोधनलाई समापन गर्दै प्रधानमन्त्रीले नयाँ भर्तीहरूलाई आफ्नो सम्बोधन निर्देशन दिँदै आगामी 25 वर्षमा विकसित भारतको सङ्कल्पलाई साकार पार्ने देशमा भइरहेको विकासको महायज्ञमा उनीहरूको भूमिकामाथि जोड दिए। प्रधानमन्त्रीले भर्तीहरूलाई यो अवसरको पूर्ण सदुपयोग गर्न आग्रह गरे एवं अनलाइन सिकाइ मञ्च आईजीओटी कर्मयोगी मोड्युलमार्फत आफ्ना कर्मचारीहरूको कौशल विकासमा सरकारले दिएको जोडलाई प्रकाश पारे।

पृष्ठभूमि

रोजगार मेला देशभरिका 45 स्थानमा आयोजित भएको थियो, जहाँ यो नियुक्ति प्रक्रिया केन्द्र सरकारका सबै विभागहरूमा भइरहेको छ, साथ-साथै राज्य सरकार/केन्द्र शासित प्रदेशहरूले यो पहललाई सहयोग पुर्याइरहेका छन्। देशभरिबाट छनोट भएका नयाँ भर्नाहरू ग्रामीण डाक सेवक, पद निरीक्षक, वाणिज्य तथा टिकट क्लर्क, जुनियर क्लर्क तथा टाइपिस्ट, जुनियर लेखा क्लर्क, ट्र्याक मरम्मतकर्ता, सहायक शाखा अधिकारी, लोअर डिभिजन क्लर्क, महकुमा अधिकारी, कर सहायक, सहायक प्रवर्तन अधिकारी, निरीक्षक, नर्सिङ अधिकारी, सहायक सुरक्षा अधिकारी, फायरम्यान, सहायक एकाउन्ट अधिकारी, सहायक लेखा अधिकारी, डिभिजनल लेखापाल, लेखा परीक्षक, कन्स्टेबल, हेड कन्स्टेबल, सहायक कमाण्डेन्ट, प्राचार्य, प्रशिक्षित स्नातक शिक्षक, सहायक पञ्जीकार, सहायक प्राध्यापकलगायत अन्य विभिन्न पदहरू सामेल छन्।

रोजगार मेला प्रधानमन्त्रीको रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता पूरा गर्ने कदम हो। रोजगार मेलाले थप रोजगारी सिर्जनामा उत्प्रेरकको रूपमा काम गर्ने र युवाहरूलाई उनीहरूको सशक्तिकरण र राष्ट्रिय विकासमा सहभागिताका लागि अर्थपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

भर्खरै नियुक्त भएकाहरूले कर्मयोगी प्रारम्भमार्फत आफूलाई तालिम दिने अवसर पनि पाउनेछन्, जुन विभिन्न सरकारी विभागहरूमा सबै नयाँ नियुक्तिका लागि अनलाइन अभिमुखीकरण पाठ्यक्रम हो।



(Release ID: 1924564) Visitor Counter : 133