57th International Film Festival of India 2026
20 – 28 Nov 2026

“मानिसहरूलाई एकताबद्ध गरेर मनाऔँ चलचित्रको उत्सव”: गुजराती चलचित्र ‘लालो - कृष्ण सदा सहायते’ ले आईएफएफआई २०२६ मा जित्यो दर्शकको मन

पोस्ट गरियो: 24 NOV 2026 8:42PMby PIB Gangtokरिलिज आईडी: 2341543Views: 8

गोवा, 24 नोभेम्बर, 2026:

अङ्कित भूपतभाई सखियाद्वारा निर्देशित सन् २०२५ को गुजराती आध्यात्मिक नाटक चलचित्र लालो - कृष्ण सदा सहायते आज गोवामा आयोजित ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) २०२६ को इण्डियन प्यानोरमा खण्डमा प्रदर्शन गरिएको थियो। यस चलचित्रले विगतको कठिन अनुभव र गरिबीपूर्ण जीवनसँग सङ्घर्ष गरिरहेको एक रिक्सा चालकको कथा प्रस्तुत गर्छ, जो एउटा दुर्गम फार्महाउसमा थुनिन पुग्छन्। त्यहाँ उनले भगवान् कृष्णको दर्शनमार्फत आफ्नो अपराधबोधको सामना गर्दै आत्ममुक्तिको बाटो खोज्छन्। आज आईएफएफआईमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक सखियाले चलचित्र निर्माण, यसका आध्यात्मिक विषयवस्तु र बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गर्दासम्मको यात्राबारे चर्चा गर्नुभयो।

मूल रूपमा यस चलचित्रले आस्था र धैर्यको उत्सव मनाउँछ। भगवान् कृष्ण मुख्य पात्रका मौन सहयात्रीका रूपमा रहनुहुन्छ र उहाँलाई आत्मचिन्तन तथा आत्मिक उपचारको यात्रामा मार्गदर्शन गर्नुहुन्छ। निर्देशकले प्रेम, आस्था र आन्तरिक रूपान्तरणजस्ता सार्वभौमिक विषयवस्तुमार्फत दर्शकहरूसँग भावनात्मक सम्बन्ध स्थापित गर्नु आफ्नो उद्देश्य रहेको बताउनुभयो।

शीर्षकको व्याख्या गर्दै सखियाले ‘लालो’ भगवान् कृष्णलाई बोलाइँदा सम्बोधन गर्न प्रयोग गरिने स्नेहपूर्वक नाम भएको र साना केटाहरूलाई पनि यही नामले बोलाउने गरिएको बताउनुभयो। फिचर चलचित्र निर्देशकका रूपमा सखियाको यो पहिलो चलचित्र हो। सीमित बजेटमा निर्माण गरिएको यो चलचित्रका लागि उहाँका साथीहरूले आर्थिक सहयोग गरेका थिए र उनीहरू नै चलचित्रका कलाकारसमेत बनेका थिए।

सखियाले चलचित्रले क्रमशः दर्शकबीच फैलिएको चर्चामार्फत लोकप्रियता हासिल गर्दै करिब १३० करोड़ रुपियाँको बक्स अफिस सङ्कलन गरेको बताउनुभयो। दर्शकहरूको प्रतिक्रिया समेटिएका भिडियोमार्फत चलचित्रको पहुँच विस्तार गर्न सामाजिक सञ्जालले महत्त्वपूर्ण भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो। उहाँले आफ्नै गाउँमा चलचित्र प्रदर्शन गर्दा त्यहाँका मानिसहरूबाट माया र आशीर्वाद प्राप्त गरेको विशेष अनुभव पनि स्मरण गर्नुभयो।

चलचित्रको सिर्जनात्मक पक्षबारे बोल्दै सखियाले यसको सङ्गीतमा गरबाको प्रभाव र भावनाहरू अभिव्यक्त गर्न क्लोज-अप दृश्यहरूको प्रयोगबारे प्रकाश पार्नुभयो। चलचित्रका सङ्गीत निर्देशकले अस्ट्रेलियाबाटै काम गर्नुभएको थियो। यो चलचित्र दृश्यात्मक भव्यताभन्दा स्वाभाविक अभिनय, संवाद र भावनात्मक गहिराइमा आधारित छ। चलचित्र सरल छ र अधिकांश भाग रेखीय शैलीमा छायाङ्कन गरिएको छ, तथापि सखियाले यसलाई दर्शकसँग जोड़्न चाहनुहुन्थ्यो। चलचित्रको कथा पनि स्वाभाविक रूपमा विकसित हुँदै गएको थियो।

गुजराती चलचित्रको भविष्यबारे बोल्दै सखियाले राज्यको समृद्ध सांस्कृतिक सम्पदामा अझै कथाका रूपमा प्रस्तुत हुन बाँकी धेरै विषयहरू रहेको बताउनुभयो। उहाँले क्षेत्रीय चलचित्रको बढ्दो उपस्थितिप्रति आशावाद व्यक्त गर्दै व्यावसायिक सफलतासँगै अर्थपूर्ण कथावाचनलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो।

यस सत्रको सहजीकरण श्री कुलदीप मीनाले गर्नुभएको थियो।

आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्:   https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341543
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026