57th International Film Festival of India 2026
20 – 28 Nov 2026

एन्थोनी चेनको “वी आर अल स्ट्रेञ्जर्स”द्वारा 57 औं आइएफएफआइको मार्मिक समापन गरिने


वी आर अल स्ट्रेञ्जर्स : प्रेम, परिवार अनि पिँढियौंको बन्धनको संवेदनशील पडताल गर्ने यस फिल्मले 2026 को बर्लिन, मेलबर्न र हेलसिङ्कीको अन्तरराष्ट्रिय फिल्म उत्सवमा व्यापक स्वागतका साथै समीक्षकहरूको प्रशंसा पाएको थियो।

पोस्ट गरियो: 19 NOV 2026 3:26PMby PIB Gangtokरिलिज आईडी: 2341154Views: 8

गोवा, 19 नोभेम्बर 2026:

57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म उत्सवको (आइएफएफआइ) समापन “”लब्धप्रतिष्ठ सिङ्गापुरी फिल्म निर्माता एन्थोनी चेनको प्रभावशाली कथानक फिल्म “वी आर अल स्ट्रेञ्जर्स”द्वारा गरिनेछ। 2026 को सिङ्गापुरी निर्माण रहेको यो फिल्म उत्सवको समापन फिल्मका रूपमा प्रदर्शित गरिनेछ, जसले दर्शकहरूलाई मानव सम्बन्ध, पारिवारिक बन्धनका साथै समकालीन जीवनका जटिलताहरूबारे विचारोत्तेजक सिनेमाई पडताल प्रदान गर्नेछ।

समकालीन सिङ्गापुरको विविधतापूर्ण पृष्ठभूमिमा आधारित वी आर अल स्ट्रेञ्जर्स 21 वर्षीय जुनयाङमाथि केन्द्रित छ। उसको चन्तामुक्त जीवनमा अचानक आएको परिवर्तनबाट उथुल-पुथुल मच्चिन्छ, जब उसको सम्बन्धमा आएको एउटा मोडका कारण उनी अनि उनका प्रेमिकाले आफ्नो कल्पनाभन्दा पहिले नै एउटा भारीको सामना गर्नुपर्दछ। त्यसै समय जुनयाङका मेहनती पिताको जीवनमा एकजना चञ्चल महिलाको आगमनबाट बाउ-छोराबीचको अटूट सन्तुलन बिस्तारै बद्लिन्छ। मनलाई छुने अभिनयले भरपूर रहेको यस फिल्मले समानान्तर यात्रालाई एक साथ बुन्ने काम गर्छ, जसमा दुवै पिँढी प्रेम, हानि अनि जिम्मेवारीबाट जुझ्छ, परिवारको प्रकृति अनि त्यस कोमल बन्धनलाई फेरि परिभाषित गर्दछ, जसका साथ हामी जन्मिन्छौं अनि जसलाई हामी रोज्छौं।

वी आर अल स्ट्रेञ्जर्स, एन्थनी चेनको प्रशंसित ग्रोइङ अप फिल्मत्रीको नवीनतम अध्याय हो। यसले उनको करुणापूर्ण अनि संवेदनशील कथा भन्ने शैलीलाई अघि बढाउँछ, जसका लागि उनले आफ्नो पहिलो फिल्म “इलो इलो”का लगि कान्स क्यामेरा डी”ओर पुरस्कार पाएका थिए, र जसलाई उनले “वेट सीजन”मा पनि जारी राखे। गोवामा प्रदर्शनभन्दा अघि, यस फिल्मलाई 2026 बर्लिन अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रस्तुत गरिएखो थियो भने मेलबर्न अनि हेलसिङ्की अन्तरराष्ट्रिय फिल्म महोत्सवमा पनि यसको सराहना गरिएको थियो।

भारत सरकारको सूचना एवं प्रसारण मन्त्रालय तथा राष्ट्रिय फिल्म विकास निगम (एनएफडीसी) द्वारा गोवा एन्टरटेनमेन्ट सोसाइटीको सहयोगमा आयोजित 57 औं आइएफएफआइ 20 देखि 28 नोभेम्बर, 2026 सम्म पणजीमा आयोजित गरिनेछ। “सीमानाबिनाका कथाहरू” विषय अन्तर्गत मनाइने यस महोत्सवले विश्वभरीका विविध सिनेमाई आवाज अनि कथाहरूलाई एक साथ ल्याउनेछ।

********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341154
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026