57th International Film Festival of India 2026
20 – 28 Nov 2026

५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) मा इन्डियन प्यानोरमाअन्तर्गत २५ वटा कथानक चलचित्र २० वटा गैर-कथानक चलचित्र प्रदर्शन गरिने


सर्वश्रेष्ठ नवोदित निर्देशक पुरस्कारका लागि पाँचवटा चलचित्र मनोनयनमा परेका छन् भने सर्वश्रेष्ठ वेब शृङ्खला (ओटीटी) पुरस्कारका लागि पाँचवटा वेब शृङ्खला मनोनयनमा परेका छन्

‘धुरन्धर (हिन्दी)’ र ‘बिकमिङ (लद्दाखी)’ उद्घाटन चलचित्रका रूपमा चयन भएका छन्

पोस्ट गरियो: 14 NOV 2026 5:24PMby PIB Gangtokरिलिज आईडी: 2337608Views: 6

गोवा, 14 नोभेम्बर 2026:

भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को प्रमुख अङ्गका रूपमा रहेको इन्डियन प्यानोरमाले सन् २०२६ का लागि २५ वटा कथानक चलचित्र प्रदर्शन गर्नेछ। तीमध्ये पाँचवटा चलचित्र मूलधारको चलचित्र खण्डअन्तर्गत रहेका छन्। यसका साथै २० वटा गैर-कथानक चलचित्र पनि प्रदर्शन गरिनेछन्। आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’  (हिन्दी) लाई इन्डियन प्यानोरमा २०२६ को उद्घाटन कथानक चलचित्रका रूपमा छनौट गरिएको छ भने लीना यादवद्वारा निर्देशित ‘बिकमिङ’ (लद्दाखी) लाई उद्घाटन गैर-कथानक चलचित्रका रूपमा छनौट गरिएको छ।

समसामयिक भारतीय कथानक चलचित्रका ४०४ वटा प्रविष्टिहरूमध्येबाट २५ वटा कथानक चलचित्रको छनौट गरिएको छ भने गैर-कथानक चलचित्रअन्तर्गत ३५८ वटा प्रविष्टिहरूमध्येबाट २० वटा छनौट गरिएका छन्। यी छनौटहरूले कथानक र गैर-कथानक दुवै विधा तथा विभिन्न भाषाहरू समेटेको छ। महोत्सवमा समसामयिक भारतीय चलचित्र निर्माणको व्यापक विविधतालाई प्रस्तुत गरिनेछ। इन्डियन प्यानोरमाको उद्देश्य चलचित्र कलाको प्रवर्द्धनका लागि सिनेमागत, विषयगत र सौन्दर्यात्मक उत्कृष्टता भएका कथानक तथा गैर-कथानक चलचित्रहरू छनौट गर्नु हो। कथानक र गैर-कथानक चलचित्रहरूको छनौट आ-आफ्ना अध्यक्षहरूको नेतृत्वमा रहेका छुट्टाछुट्टै निर्णायक मण्डलहरूद्वारा गरिन्छ।

भारतीय कथानक चलचित्रको सर्वश्रेष्ठ नवोदित निर्देशक पुरस्कारको उद्देश्य भारतीय चलचित्र क्षेत्रमा नयाँ दृष्टिकोण, अभिव्यक्तिका नवीन शैलीहरू र नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्नु हो।

इन्डियन प्यानोरमा २०२६ का लागि २५ वटा कथानक चलचित्र छनौट

कथानक चलचित्र निर्णायक मण्डलमा १२ सदस्य रहेका छन्, जसको नेतृत्व राष्ट्रिय चलचित्र पुरस्कार विजेता चलचित्र निर्देशक तथा निर्माता श्री मधुर भण्डारकरले गर्नुभएको थियो। छनौट गरिएका कथानक चलचित्रहरूको सङ्ग्रहमा इन्डियन प्यानोरमाको कथानक चलचित्र खण्डका २० वटा चलचित्र र मूलधारको सिनेमा खण्डका पाँचवटा चलचित्र समावेश छन्।

क्र.सं.

चलचित्रको शीर्षक

भाषा

निर्देशक

१

पारो – द अनटोल्ड स्टोरी अफ ब्राइड स्लेभरी

हिन्दी

गजेन्द्र अहिरे

२

लालो – कृष्ण सदा सहायते

गुजराती

अङ्कित भूपतभाई सखिया

३

द केरला स्टोरी २ गोज बियोन्ड

हिन्दी

कामाख्या नारायण सिंह

४

कृष्णावतारम्

हिन्दी

हार्दिक गज्जर

५

बर्ड्स अन आइस

लद्दाखी

साहिल शाह

६

स्क्रोल

तमिल

कन्नन एस

७

पगला घोड़ा

बङ्गाली

शेखर दास

८

आदि अनन्त

मराठी

महेश लिमये (उर्फ शिवकुमार लिमये)

९

उरुम

न्यिशी

दुयु तब्यो

१०

बनारस

हिन्दी

भारतबाला गणपति

११

कबिर सर का आखिरी लेसन

हिन्दी

सरफराज

१२

सिङ्ग गीतम्

तेलुगु

सिङ्गीतम् श्रीनिवास राव

१३

ओह माइ डग

हिन्दी

अमित राय

१४

रुबी-क्युब

कन्नड

पी शेषाद्री

१५

सेव मिच्चर

हिन्दी

मुस्कान अस्थाना

१६

पिली चन्ने

तुलु

अनुपमा शारधि

१७

द ग्रेट ग्रान्ड सुपरहिरो एलियन्स का आगमन

हिन्दी

मनीष सैनी

१८

थाइ किझवी

तमिल

शिवकुमार मुरुगेसन

१९

सूर्ज्यमुखी

असमिया

अन्तरा जी.जी. चौधरी

२०

सर्वम् माया

मलयालम

अखिल सत्यन

 

मूलधारको सिनेमा खण्ड

क्र.सं.

चलचित्रको शीर्षक

भाषा

निर्देशक

२१

कन्तारा अ लेजेन्ड च्याप्टर १

कन्नड

ऋषभ शेट्टी

२२

बाप्या

मराठी

समीर तिवारी

२३

माना शङ्करा वर प्रसाद गारु (पण्डगा कि वस्तुन्नारु)

तेलुगु

अनिल रविपुडी

२४

धुरन्धर

हिन्दी

आदित्य धर

२५

दीऊल बन्द २

मराठी

प्रवीण विठ्ठल तरडे

 

भारतीय कथानक चलचित्रको सर्वश्रेष्ठ नवोदित निर्देशक पुरस्कारका लागि मनोनयनहरू

कथानक चलचित्र निर्णायक मण्डलले भारतीय कथानक चलचित्रको सर्वश्रेष्ठ नवोदित निर्देशक पुरस्कारका लागि निम्न पाँचवटा चलचित्र मनोनयन गरेको छः

क्रम सं.

चलचित्रको मूल शीर्षक

भाषा

निर्देशक

१

चेन्नई लभ स्टोरी

तेलुगु

रवि वर्मा नम्बुरी

२

प्रत्यावर्तन

बङ्गाली

समर्पण सेनगुप्ता

३

तिघी

मराठी

जिजीविशा काले

४

स्लेज

कश्मीरी

राजा शबिर मोहम्मद खान

५

हनुमान अंश

हिन्दी

डा. विशाल चतुर्वेदी

 

इन्डियन प्यानोरमा २०२६ का लागि २० वटा गैर-कथानक चलचित्र छनौट

गैर-कथानक चलचित्र निर्णायक मण्डलमा छ सदस्य रहेका छन्, जसको नेतृत्व प्रख्यात चलचित्र निर्देशक तथा शिक्षाविद् श्री हिमांशु शेखर खटुआले गर्नुभएको थियो। समसामयिक भारतीय गैर-कथानक चलचित्रका ३५८ वटा प्रविष्टिहरूमध्येबाट २० वटा चलचित्रको सङ्ग्रह छनौट गरिएको छ। यस चलचित्र सङ्ग्रहले नयाँ प्रतिभाका रूपमा उदाउँदै गरेका तथा चलचित्र क्षेत्रमा स्थापित भइसकेका निर्माताहरूमा समसामयिक भारतीय मूल्य-मान्यताहरूको अभिलेखीकरण गर्ने, तिनको खोज तथा अनुसन्धान गर्ने, दर्शकलाई मनोरञ्जन प्रदान गर्ने र ती मूल्य-मान्यताहरूसँग दर्शकलाई जोड्ने क्षमता रहेको कुरालाई प्रतिबिम्बित गर्दछ।

क्रम.सं.

चलचित्रको शीर्षक

भाषा

निर्देशक(हरू)

१

द अनसीन होली रिभर – सरस्वती

हिन्दी

भास्कर विश्वनाथन

२

बिकमिङ

लद्दाखी

लीना यादव

३

शत्-शत् अटल

हिन्दी

अतुल पाण्डेय

४

द हग अफ एम्प्टिनेस

कन्नड

प्रदीप कुमार शेट्टी के

५

रेड कार्पेट

असमिया

ऐमी बरुवा

६

डेमोग्राफी इज डेस्टिनी

हिन्दी

कामाख्या नारायण सिंह; अंशुमान शेखर

७

एकोज अफ द लास्ट सेल्टर

हिन्दी

भारत अरोरा; राजेश भाटिया

८

विन

तेलुगु

प्रवीण

९

उलिदिद्दु सम्पिगे मात्रा

कन्नड

अभिषेक

१०

निर्माणजली: द चण्डीगढ अफ माचिएज नोविकी

अङ्ग्रेजी

सुरज कुमार

११

शिक्षा

मराठी

अमित पाटकर

१२

नक्श-ए-दौर

कश्मीरी

बाबा तसद्दुक हुसैन

१३

चांदोबा

मराठी

निपुण धर्माधिकारी

१४

आभाल-वृक्ष

मराठी

सन्तोष दावखर

१५

अट्टप्पाडी

तमिल

विजेश मणि

१६

सेभ द गड

हिन्दी

नीरज कुमार मिश्र

१७

अमित अटल

हिन्दी

हितेश शंकर

१८

स्विच अफ

मलयालम

सन्दीप फ्रान्सिस

१९

चलो इन्डियन विथ एरिक जी – मिजोरम

अङ्ग्रेजी

राजदीप चौधरी

२०

कथार कथा

बङ्गाली

धृतिश्री सरकार

 

सन् १९७८ मा आईएफएफआई अन्तर्गत सुरु गरिएको इन्डियन प्यानोरमाले चलचित्र कलामार्फत भारतीय चलचित्रहरूसँगसँगै देशको समृद्ध संस्कृति र सम्पदाको प्रवर्द्धन गर्दै आएको छ। यसको उद्देश्य वर्षभरिका उत्कृष्ट भारतीय चलचित्रहरू प्रदर्शन गर्नु र नाफा कमाउने उद्देश्य नराखी चलचित्र प्रदर्शन गरेर चलचित्र कलाको प्रवर्द्धन गर्नु हो। छनौट गरिएका चलचित्रहरू आईएफएफआई-मा प्रदर्शन गरिनुका साथै भारत तथा विदेशका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा, द्विपक्षीय सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत आयोजना हुने भारतीय चलचित्र सप्ताहहरूमा, देशबाहिर आयोजना हुने सांस्कृतिक आदानप्रदान कार्यक्रममा, विशेष भारतीय चलचित्र महोत्सवहरूमा र भारतमै आयोजना हुने विशेष इन्डियन प्यानोरमा महोत्सवहरूमा पनि प्रदर्शन गर्न सकिने छन्।

********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2337608
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026