सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय
azadi ka amrit mahotsav

नशामुक्त भारत अभियान ३५.८८ करोड़भन्दा अधिक मानिसहरूमाझ पुग्यो; राष्ट्रव्यापी जनचेतना अभियानमार्फत १४.३५ करोड़भन्दा अधिक युवा र ११.३३ करोड़ महिलाहरूसम्म यसको पहुँच


२ लाखभन्दा अधिक नागरिक ‘नशामुक्ति मित्र’ का रूपमा आबद्ध

उपचार र परामर्श लिने व्यक्तिहरूको सङ्ख्या २०२०-२१ मा २.०८ बाट बढ़ेर २०२५-२६ मा ९.११ लाखभन्दा अधिक पुग्यो

आजको मितिसम्म देशभरि कुल १९८ वटा जिल्ला दुर्व्यसन मुक्ति केन्द्र रहेका छन्

पोस्ट गरियो: 12 NOV 2026 4:13PM by PIB Gangtok

नयाँ दिल्ली, १२ नोभेम्बर २०२६

सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयद्वारा १५ अगस्त २०२० मा शुरू गरिएको ‘नशामुक्त भारत अभियान’ लागू औषधि दुर्व्यसन विरुद्धको एउटा राष्ट्रव्यापी जनआन्दोलनका रूपमा विकसित भएको छ, जुन १२ नोभेम्बर २०२६ सम्ममा देशभरिका ३५.८८ करोड़भन्दा अधिक मानिसहरूमाझ पुगिसकेको छ।

यस अभियानले १४.३५ करोड़भन्दा अधिक युवा र ११.३३ करोड़ महिलाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गरेको छ, जसले समाजका प्रमुख वर्गहरूमाझ यसको बढ्दो पहुँचलाई दर्शाउँदछ। २ लाखभन्दा अधिक  नागरिकहरू 'नशामुक्ति मित्र' का रूपमा आबद्ध भएका छन्, जसले नशामुक्त भारत निर्माण गर्ने सामूहिक प्रयासमा सामुदायिक सहभागितालाई अझ सुदृढ़ बनाएको  छ।

मन्त्रालयका एक वरिष्ठ अधिकारीले लागु औषधि प्रयोगको उच्च जोखिममा रहेका भनी पहिचान गरिएका २७२ जिल्लामा प्रथम यो अभियान शुरू गरिएको र पछि २०२२ को अगस्तमा ३७२ जिल्लामा विस्तार गरी १५ अगस्त २०२३ देखि देशका सबै जिल्लामा लागू गरिएको बताए।

उनले विगत छ वर्षमा एनएमबीए  संस्थागत सहभागिताबाट सञ्चालित पहलबाट विकसित भई एक समुदाय-नेतृत्वको आन्दोलनमा परिणत भएको र यसको कार्यान्वयनमा राज्यहरू, जिल्लाहरू, शैक्षिक संस्थानहरू, नागरिक समाजका संगठनहरू तथा स्थानीय सरोकारवालाहरूले सक्रिय रूपमा योगदान पुर्‍याइरहेको बताए।

अधिकारीले आजसम्म यो अभियान ३५.८८ करोड़भन्दा अधिक मानिसहरूमाझ पुगिसकेको र यो २०२१ मा पुगेको लगभग१.४ करोड़ मानिसहरूको तुलनामा उल्लेख्य विस्तार भएको बताए। यसको बढ्दो परिधिले जनचेतना अभिवृद्धि, सामुदायिक परिचालन तथा लागु औषधि दुर्व्यसन विरुद्धको आन्दोलनमा नागरिकहरूलाई सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गर्ने निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्ने उनले थप बताए।

अधिकारीले शैक्षिक संस्थाहरूमा ३४.०७ लाखभन्दा अधिक सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको उल्लेख गर्दै यसले विद्यार्थी तथा युवाहरूलाई लागुऔषधि प्रयोगका हानिकारक परिणामहरूबारे छलफलमा संलग्न गराएको बताए।

यी गतिविधिहरूको उद्देश्य सुसूचित छनौटलाई प्रवर्द्धन गर्नु, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु र युवा पुस्तामाझ लागु औषधि दुर्व्यसन रोकथामबारे सचेतना अभिवृद्धि गर्नु रहेको उनले थप बताए।

उनले व्यक्ति, परिवार र समुदायलाई असर गर्ने एक जटिल मनो-सामाजिक तथा चिकित्सकीय चुनौतीको रूपमा रहेको लागु औषधि निर्भरतालाई सम्बोधन गर्ने आवश्यकतामा एनएमबीए को विस्तार निहित रहेको बताए।

अधिकारीले २०१८ मा भारतमा लागु औषधि प्रयोगको व्यापकता र स्वरूपबारे गरिएको पहिलो राष्ट्रिय सर्वेक्षणले यस चुनौतीको गम्भीरतालाई उजागर गरेको जानकारी दिँदै उक्त सर्वेक्षणले देशका लगभग १.२ करोड़ बाल-बालिका र ५८ लाख महिलासहित ७ करोड़भन्दा अधिक  मानिसहरू लागु औषधि प्रयोग सम्बन्धि विकारबाट प्रभावित रहेको इङ्गित गरेको बताए।

अधिकारीले व्यापक र दिगो प्रतिक्रियाको आवश्यकतालाई चिन्हित गर्दै मन्त्रालयले रोकथाम, उपचार र पुनर्स्थापनामा केन्द्रित लागु औषधिको माग न्यूनीकरण सम्बन्धि राष्ट्रिय कार्य योजना  अन्तर्गत प्रमुख सचेतनामूलक पहलको रूपमा एनएमबीए शुरू गरेको बताए।

जनचेतना अभिवृद्धिसँगै मन्त्रालयले एनएपीडीडीआर अन्तर्गत उपचार तथा परामर्श प्रणालीलाई पनि सुदृढ़ बनाएको अधिकारीले उल्लेख गरे।

यी सेवाहरूको विस्तारले लागु औषधि निर्भरतालाई सम्बोधन गर्न सुलभ उपचार, समयमै हस्तक्षेप र दिगो पुनर्स्थापनाको महत्त्वलाई उजागर गर्ने कुरामा जोड़ दिँदै अधिकारीले उपचार र परामर्श लिने व्यक्तिहरूको सङ्ख्या  २०२०-२१ मा २.०८ लाखको तुलनामा २०२५-२६ मा बढ़ेर ९.११ लाखभन्दा अधिक पुगेको र यसले सहयोग सेवाहरूको बढ्दो पहुँच र उपयोगलाई प्रतिबिम्बित गर्ने बताए। आजसम्म देशमा जिल्ला दुर्व्यसन मुक्ति केन्द्रहरूको कुल सङ्ख्या १९८ पुगेको उनले थप बताए।

एनएमबीएको एउटा प्रमुख अङ्ग 'नशा मुक्ति मित्र' पहल रहेको र यसले नागरिकहरूलाई लागुऔषधि दुर्व्यसनविरुद्धको आन्दोलनमा सक्रिय सहभागी बन्न प्रोत्साहित गर्ने अधिकारीले थप बताए।

१२ नोभेम्बर २०२६ सम्ममा २ लाखभन्दा अधिक नागरिकहरू 'नशा मुक्ति मित्र' का रूपमा दर्ता भइसकेको अवस्थामा, यस पहलले जनचेतना अभिवृद्धि गर्न, व्यक्तिहरूलाई सहायता लिन प्रोत्साहित गर्न र लागु औषधि मुक्त समुदाय निर्माणमा सहयोग पुर्‍याउन योगदान गर्ने सामुदायिक स्वयंसेवकहरूको सञ्जाल विकास गरिरहेको उनले थप बताए।

दार्घकालिन सचेतना अभियान, सुदृढ उपचार तथा पुनर्स्थापना सेवाहरू र सक्रिय नागरिक सहभागितामार्फत ‘नशा मुक्त भारत अभियान’ ले एउटा स्वस्थ, सुसूचित र लागु औषधि मुक्त समाजको परिकल्पनालाई निरन्तर अघि बढ़ाइरहेको छ।

******

MPS/TWB


(रिलिज आईडी: 2335716) आगन्तुक काउन्टर : 16
मा यो विज्ञप्ति पढ्नुहोस्: Kannada , English , Urdu , हिन्दी , Assamese , Punjabi , Tamil , Telugu