पोस्ट गरियो:
11 NOV 2026 3:08PM by PIB Gangtok
नयाँ दिल्ली, ११ नोभेम्बर २०२६
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्रिपरिषद्ले नोएडा मेट्रो रेल परियोजनाअन्तर्गत एक्वा लाइन मेट्रो रेल करिडोरलाई नोएडा सेक्टर–५१ देखि ग्रेटर नोएडा सेक्टर–०४ सम्म विस्तार गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। यस करिडोरको लम्बाइ ८.४४९ किलोमिटर हुनेछ र यसमा ५ वटा एलिभेटेड स्टेशन रहनेछन्। यो करिडोर सञ्चालनमा आएपछि नोएडा र ग्रेटर नोएडा सहरमा सञ्चालनमा रहेको मेट्रो रेल सञ्जालको कुल लम्बाइ ७१.८७८ किलोमिटर पुग्नेछ।
लाभ तथा विकासमा थप टेवा:
नोएडा मेट्रो रेल परियोजनाअन्तर्गत एक्वा लाइन मेट्रो रेल करिडोरलाई नोएडा सेक्टर–५१ देखि ग्रेटर नोएडा सेक्टर–०४ सम्म विस्तार गर्नु सहरको पूर्वाधार विकासमा एउटा महत्त्वपूर्ण उपलब्धि हो। यस परियोजनाले सहरको मेट्रो रेल सञ्जाल विस्तारमा ठूलो योगदान पुर्याउनेछ।
यातायात सम्पर्कमा सुधार:
नोएडा मेट्रो परियोजनाअन्तर्गत एक्वा लाइन मेट्रो रेल करिडोरलाई नोएडा सेक्टर–५१ देखि ग्रेटर नोएडा सेक्टर–०४ सम्म विस्तार गर्दा करिब ८.४४९ किलोमिटर नयाँ मेट्रो रेलमार्ग थपिनेछ। यसले हाल प्रभावकारी यातायात सम्पर्कको अभाव रहेको नोएडा र ग्रेटर नोएडा सहरमा सार्वजनिक यातायात सेवामा उल्लेखनीय सुधार ल्याउनेछ। साथै, यसले उच्च यात्रु माग भएका करिडोरहरूसँग प्रत्यक्ष यातायात सम्पर्क उपलब्ध गराउनेछ। यसमा नोएडा सेक्टर–६१ मा ब्लु लाइनसँगको इन्टरचेन्ज सुविधा पनि समावेश हुनेछ।
यस चरणको उद्देश्य नोएडाका प्रमुख क्षेत्रहरूलाई निर्वाध रूपमा एकअर्कासँग जोड्नु हो, जसमा निम्न क्षेत्रहरू समावेश छन्:
- व्यावसायिक केन्द्रहरू, जस्तै गौर सिटी मल, एच एन्ड एस मल तथा कार्यालय परिसर, ब्लु सफायर मल तथा ग्रेटर नोएडा सेक्टर–०४ स्थित व्यावसायिक परिसर, नोएडा सेक्टर–५१ स्थित आइकिया र नोएडा सेक्टर–७३ स्थित एन्थुरियम मल।
- प्रमुख बहुराष्ट्रिय कम्पनीहरू (एमएनसी) तथा सूचना प्रविधि केन्द्रहरू, जस्तै टेक महिन्द्रा कार्यालय, नोएडा सेक्टर–६० स्थित टीसीएल टेक कार्यालय, नोएडा सेक्टर–७३ स्थित तेल उद्योग विकास बोर्ड तथा ग्रेटर नोएडा सेक्टर–०४ स्थित गोल्डेन आई कार्यालय र व्यावसायिक परिसर।
- शैक्षिक संस्थाहरू, जस्तै नोएडा सेक्टर–१२२ स्थित दिल्ली पब्लिक स्कूल, इत्यादि।
- महत्त्वपूर्ण स्वास्थ्य सेवा केन्द्रहरू, विशेष गरी नोएडा सेक्टर–७० स्थित कैलाश अस्पताल र रामा अस्पताल तथा नोएडा सेक्टर–५१ स्थित क्लाउड९ अस्पताल र नोएडा सेक्टर–६२ स्थित रामा अस्पताल।
- प्रमुख आवासीय सोसाइटीहरू, जस्तै नोएडा सेक्टर–१२२ स्थित क्लियो काउन्टी आवासीय परिसर तथा ग्रेटर नोएडा सेक्टर–०४ स्थित गौर सिटी १ र २।
यी महत्त्वपूर्ण क्षेत्रहरूलाई मेट्रो सञ्जालसँग जोडेर नोएडा सेक्टर–५१ देखि ग्रेटर नोएडा सेक्टर–०४ सम्म एक्वा लाइन मेट्रो रेल करिडोर विस्तार गर्दा यातायात सम्पर्कमा सुधार हुनुका साथै आर्थिक गतिविधिलाई पनि प्रोत्साहन मिल्नेछ। साथै, यसले रोजगारी, व्यवसाय, शिक्षा तथा सामान्य आवागमनका सिलसिलामा यात्रा गर्ने स्थानीय बासिन्दा र यात्रुहरू दुवैका लागि सहरी यातायातलाई सहज बनाउनेछ।
- यातायात जाममा कमी: सडक यातायातको प्रभावकारी वैकल्पिक साधनका रूपमा मेट्रो रेल उपलब्ध हुनुका साथै नोएडा र ग्रेटर नोएडा सहरको मेट्रो रेल सञ्जाललाई विस्तार गर्दै नोएडा सेक्टर–५१ देखि ग्रेटर नोएडा सेक्टर–०४ सम्म एक्वा लाइन मेट्रो रेल करिडोर विस्तार गरिने भएकाले सडकमा हुने यातायात जाम कम हुने अपेक्षा गरिएको छ। सडकमा सवारीसाधनको चाप घट्दा सवारीसाधनको आवागमन सहज हुनुका साथै यात्रा समय घट्ने र समग्र सडक सुरक्षा बढ्नेछ।
- वातावरणीय लाभहरू: नोएडा सेक्टर–५१ देखि ग्रेटर नोएडा सेक्टर–०४ सम्म एक्वा लाइन मेट्रो रेल करिडोर विस्तार भई नोएडा र ग्रेटर नोएडा सहरको समग्र मेट्रो रेल सञ्जाल विस्तार हुँदा परम्परागत जीवाश्म इन्धनमा आधारित यातायातका साधनहरूको तुलनामा कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउन सक्छ।
- आर्थिक वृद्धि: यात्रा समय घट्नुका साथै सहरका विभिन्न भागहरू र दिल्ली विमानस्थल, दिल्लीका रेलवे स्टेशनहरू तथा विभिन्न बस डिपोहरूजस्ता यातायात केन्द्रहरूसम्म शीघ्र पुग्न सकिने भएकाले मानिसहरू आफ्नो कार्यस्थल तथा गन्तव्यमा अझ सहजै र छिटै पुग्न सक्नेछन्। यसले उत्पादकत्व बढाउन मदत गर्नेछ। साथै, यातायात सम्पर्कमा सुधार हुँदा स्थानीय व्यापारलाई प्रोत्साहन मिल्नेछ। विशेष गरी नयाँ मेट्रो स्टेशन छेउछाउका क्षेत्रहरूमा व्यापारिक गतिविधि बढ्नेछ। यसका साथै, यसले पहिले यातायातको पहुँच कम भएका क्षेत्रहरूमा लगानी र विकासका अवसरहरू पनि आकर्षित गर्न सक्नेछ।
- सामाजिक प्रभाव: नोएडामा नोएडा सेक्टर–५१ देखि ग्रेटर नोएडा सेक्टर–०४ सम्म एक्वा लाइन मेट्रो रेल करिडोर विस्तार हुँदा विभिन्न सामाजिक तथा आर्थिक समूहका मानिसहरूलाई सार्वजनिक यातायातमा थप समान पहुँच प्राप्त हुनेछ र यातायात सुविधामा रहेको असमानता कम हुनेछ। यसले यात्रा समय घटाउनुका साथै अत्यावश्यक सेवाहरूमा पहुँच सहज बनाएर मानिसहरूको जीवनस्तर उकास्न योगदान पुर्याउनेछ।
- नोएडा मेट्रो रेल परियोजनाअन्तर्गत नोएडा सेक्टर–५१ देखि ग्रेटर नोएडा सेक्टर–०४ सम्म एक्वा लाइन मेट्रो रेल करिडोर विस्तार गर्नु सहरको विकासमा परिवर्तनकारी कदम साबित हुने अपेक्षा गरिएको छ। यसले यातायात सम्पर्कमा सुधार, सडकमा हुने यातायात जाममा कमी, वातावरणीय लाभ, आर्थिक वृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ। यस परियोजनाले सहरी क्षेत्रका प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्नुका साथै भविष्यमा मेट्रो सञ्जाल विस्तारका लागि आधार तयार पारेर सहरको विकासको दिशा निर्धारण गर्न र दिगोपन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

*********
MPS/TWB