प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले गरे नेपालका प्रधानमन्त्रीसँग संवाद


भल-बाढीद्वारा भएको ज्यानमालको क्षतिप्रति पीएमद्वारा संवेदना व्यक्त

पोस्ट गरियो: 26 AUG 2026 6:02PM by PIB Gangtok

नयाँ दिल्ली, 26 अगस्त 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री श्री बालेन्द्र शाहसँग सेवाद गर्दै नेपालमा भल-बाढीका कारण भएको ज्यानमालको क्षतिप्रति संवेदना व्यक्त गरेका छन्। यस कठिन घडीमा नेपालका भाइ-बहिनीहरूसँग भारतका जनमानस एकजुटताका साथ खडा रहेको पनि उनले उल्लेख गरेका छन्।

नेपाललाई हरसम्भव मानवीय सहायता प्रदान गर्न भारत तयार रहेको पुष्टि गर्दै भारतीय टोलीले नराहत अनि उद्धार प्रयासका लागि नेपाली प्राधिकरणसँग ननजिकबाट समन्वयन गरिरहेको उल्लेख गरेका छन्।

 

प्रधानमन्त्रीले एक्सको पेस्टमा लेखेका छन् :

“नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गरी नेपालमा आएको भल-बाढीमा भएको ज्यानमालको क्षतिप्रति संवेदना व्यक्त गरे। भारतका जनमानस यस कठिन घडीमा नेपालका भाइ-बहिनीहरूसँग एकजुटताका साथ खडा छ।

नेपाललाई हरसम्भव मानवीय सहायता प्रदान गर्न भारत तयार छ। हाम्रो टोलीले राहत अनि उद्धार प्रयासलाई नजिकबाट समन्वयन गरिरहेको छ।”

@PM_nepal_

@ShahBalen

********

एमपीएस/एसके


(रिलिज आईडी: 2303639) आगन्तुक काउन्टर : 5