प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले परीक्षा पे चर्चा 2026 को क्रममा विद्यार्थीहरूसँग अन्तरक्रिया गरे


सबैको सल्लाह सुन्नुहोस्, तर आफ्नो तरिका तब बद्लिनुहोस् जब तपाईं चाहनुहुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले शिक्षकहरूलाई जिज्ञासा पैदा गर्न र समझलाई सुधार गर्नका लागि विद्यार्थीहरूलाई पहिले नै जानकारी दिन सल्लाह दिए

लक्ष्य पहुँचभित्र हुनुपर्छ तर सजिलै प्राप्त गर्न सकिने होइन - लक्ष्य बनाउनुहोस् र काम गर्नुहोस्: प्रधानमन्त्री

दिमागलाई तयार गर्नुहोस्, फेरि दिमलाई जोड्नुहोस् अनि त्यसपछि फेरि पढ़ाइका विषयहरूमा राख्नुहोस्, यसले तपाईंलाई सफल हुन मद्दत गर्नेछ: प्रधानमन्त्री

पढ़ाइ, कौशल, आराम र शौकको बीचमा सन्तुलन बनाउनु नै विकासको कुञ्जी हो: प्रधानमन्त्री

पुस्तकहरूले ज्ञान प्रदान गर्छन्, तर अभ्यासले मात्र तपाईंलाई पेशेवर रूपमा कुशल बनाउँछ: प्रधानमन्त्री

अतीतमा ध्यान केन्द्रित गरेर समय बर्बाद नगर्नुहोस्, भविष्यको बारेमा सोच्नुहोस्: प्रधानमन्त्री

शिक्षा परीक्षाको लागि मात्र होइन तर जीवनको लागि हो, परीक्षा आफैलाई जाँच्नको लागि हो: प्रधानमन्त्री

बन्नको लागि होइन, तर केही गर्ने इच्छा राख्नेहोस्: प्रधानमन्त्री

वर्तमान ईश्वरको सबैभन्दा ठूलो ‘उपहार’ हो - यहाँ अनि अहिले बाँच्नुहोस्: प्रधानमन्त्री

तपाईं कुनै क्षणमा जति धेरै सामेल हुनुहुन्छ, त्यति नै लामो समयसम्म तपाईंलाई यो सम्झना हुन्छ: प्रधानमन्त्री

मिलेर सिक्दा सबैलाई राम्रो बन्नमा मद्दत गर्छ: प्रधानमन्त्री

रिभिजन गर्नुहोस् र समझदार बन्नुहोस्: प्रधानमन्त्री

विद्यालयमा आफ्नो जग बलियो बनाउनुहोस्, प्रतिस्पर्धात्मक परीक्षा समयका साथै आउनेछ: प्रधानमन्त्री

प्रधानमन्त्रीले माता-पितालाई बच्चाहरूलाई उनीहरूको क्षमता, योग्यता र रुचि अनुसार फुल्न दिन सल्लाह दिए

आफ्ना शौकहरूलाई व्यावहारिक उत्पादहरूमा परिणत गर्नुहोस् र तिनीहरूलाई नि:शुल्क साझा गर्नुहोस्, प्रतिक्रियाले नयाँ विचार र सफलतालाई प्रेरित गर्छ: प्रधानमन्त्री

आफूलाई जान्नुहोस्, जीवनले जे कुरा पनि दिन्छ, त्यसलाई अनुभव गर्नुहोस्: प्रधानमन्त्री

परीक्षाहरू चाडपर्वहरू जस्तै हुन्, तिनीहरूलाई मनाउनुहोस्: प्रधानमन्त्री

असली आत्मविश्वास भित्रको सच्चाइबाट आउँछ, तपाईंजो हुनुहुन्छ, त्यसप्ति सत्य रहनुहोस्: प्रधानमन्त्री

कम्फर्ट जोनले जीवनलाई आकार दिँदैन - तपाईंको जिउने तरिकाले दिन्छ: प्रधानमन्त्री

सपना नदेख्नु अपराध हो -

पोस्ट गरियो: 06 FEB 2026 1:35PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज परीक्षा पे चर्चा (पीपीसी) को 9 औँ संस्करणको क्रममा विद्यार्थीहरूसँग अन्तर्क्रिया गरे। प्रधानमन्त्रीले दिल्लीस्थित आफ्नो निवासमा परीक्षा योद्धाहरूसँग अनौपचारिक अन्तर्क्रिया गरे।

तपाईंको शैली, तपाईंको रफ्तार

गुजरातका एक विद्यार्थीले सोधे कि माता-पिताले उनीहरूको चिन्ता गर्छन् र शिक्षकहरूले उनीहरूलाई साथ दिन्छन्, तर समस्या तब आउँछ, जब टीचर एक स्टडी पेटर्न बताउँछन्, माता-पिता दोस्रोमा जोड़ दिन्छन् अनि विद्यार्थीले एक अलग ट्रेण्ड फलो गर्छन्, जसले उनीहरू के कन्फ्युज हुन्छन् भने कुन चाहिँ पोटर्न सही हो। प्रधानमन्त्रीले भने कि यो जीवनभरि चलिरहने जनाउँदै प्रधानमन्त्री हुँदा पनि मानिसहरूले उनलाई अलग-अलग तरिकाले सल्लाह दिन्छन्। उनले प्रकाश पारे कि जसरी घरमा दाजुभाइ दिदीबहिनीहरूको खाने तरिका अलग-अलग हुन्छ - कोही सबजीबाट शुरु गर्छन्, कोही दालबाट, कोही सबै कुरा एक साथ मिसाउँछन् - सबैको आफ्नै तरिका हुन्छ। उनले जोड दिए कि आनन्द आफ्नै पेटर्नलाई फलो गर्दा आउँछ। श्री मोदीले व्याख्या गरे अनुसार कोही राति पढ्न रुचाउँछन्, कोही एका बिहान र प्रत्येकको आफ्नै लय हुन्छ। उनले बेइमानीबाट बच्ने सल्लाह दिए, अनि केही विद्यार्थीहरूले आफ्ना आमाहरूलाई बिहान उठेर पढ्छु भन्छन् तर बिहान त्यसलाई टाल्ने गर्छन्। उनले विद्यार्थीहरूले आफ्नै पेटर्नमा विश्वास गर्नुपर्छ, सुझाउहरूलाई ध्यानपूर्वक सुन्नुपर्छ र व्यक्तिगत अनुभवबाट मात्र सुधारहरू थप्नुपर्छ भन्ने कुरामा जोड दिँदै कसैले त्यसो भनेको कारणले मात्र होइन। उनले प्रकाश पारे अनुसार जब उनले परीक्षा पे चर्चा शुरु गरे त्यहाँ एउटा पेटर्न थियो, तर समयसँगै उनले यसलाई सुधार गरे, विभिन्न राज्यहरूमा सत्रहरू सञ्चालन गरे, मूललाई कायम राख्दै पेटर्न परिवर्तन गरे। विद्यार्थीहरूले प्रधानमन्त्रीको स्वभाव धेरै मैत्रीपूर्ण रहेको र उनी उनीहरूसँग सजिलै घुलमिल भएको उल्लेख गरे, सबैले फरक-फरक पेटर्नहरू सुन्नुपर्छ, प्रत्येकबाट राम्रा गुणहरू लिनुपर्छ, आफ्नैमा ध्यान केन्द्रित गर्नुपर्छ र बिस्तारै यसलाई बलियो बनाउनुपर्छ भनेर व्याख्या गरे।

प्रधानमन्त्रीसँग अन्तर्क्रिया गर्दै अर्का विद्यार्थीले सोधे कि प्रायः विद्यार्थीहरूले विद्यालय वा शिक्षकहरूको गतिसँग मेल खान सक्दैनन् र छुटेको कुरालाई ढाकछोप गर्ने प्रयासमा तिनीहरूले थप अध्यायहरूको ट्रयाक गुमाउँछन् र पछि पर्छन्। श्री मोदीले शिक्षकहरूले आफ्नो गति विद्यार्थीहरूभन्दा एक कदम अगाडि राख्नुपर्छ भन्ने कुरामा जोड दिए, धेरै बेसी होइन, लक्ष्य पहुँचभित्र हुनुपर्छ तर सजिलै प्राप्त गर्न सकिने होइन। जब विद्यार्थीले परीक्षा योद्धा मन्त्र 26, लक्ष्य पहुँचभित्र हुनुपर्छ तर सजिलै प्राप्त गर्न सकिने होइन सम्झे, तब प्रधानमन्त्रीले स्मृतिको प्रशंसा गरे। उनले व्याख्या गरे अनुसार यदि शिक्षकहरू पचास कदम अगाडि बढे भने विद्यार्थीहरूले हार मान्नेछन्, तर किसानले खेत जोत्ने जस्तै, शिक्षकहरूले विद्यार्थीहरूको दिमाग जोत्नुपर्छ। उनले सुझाउ दिए अनुसार शिक्षकहरूले प्रत्येक हप्ता पढाइने अध्यायहरू पहिले नै घोषणा गर्नुपर्छ, ताकि विद्यार्थीहरूले पाठ अघि पढ्न, सोध्न वा अनलाइन खोजी गर्न शुरु गर्न सकुन्। उनले जोड दिए अनुसार जब वास्तविक शिक्षण हुन्छ, जिज्ञासा उत्पन्न हुन्छ, समझ गहिरो हुन्छ र ध्यान केन्द्रित हुन्छ। उनले उल्लेख गरे अनुसार यदि कुनै अध्याय धेरै रोचक छ भने, विद्यार्थीहरूले थप अन्वेषण गर्न चाहन्छन्, जसले संशोधनलाई बलियो बनाउँछ। प्रधानमन्त्रीले यो एउटा सरल विधि हो भनेर टिप्पणी गरे अनि सोधे कि के त्यसपछि शिक्षकको गतिको समस्या रहिरहन्छ। विद्यार्थीले हो भनेर जवाफ दिएपछि श्री मोदीले सुधार गर्दै भने कि यो हुनेछैन, किनकि विद्यार्थीहरूले अब शिक्षकभन्दा एक कदम अगाडि बढेको कारणले पछि परेको महसुस गर्ने छैनन्। उनले निष्कर्ष निकाल्दै भने, मनलाई जोत्नुहोस्, त्यसपछि मनलाई जोड्नुहोस्, र त्यसपछि पढ़ाइका विषयहरू राख्नुहोस्। तपाईंले विद्यार्थीहरूलाई सधैँ सफल पाउनुहुनेछ। विद्यार्थीहरूले सबैलाई प्रधानमन्त्रीसँग आमनेसामने बस्ने, प्रश्न सोध्ने र कुराकानी साझा गर्ने अवसर नपाउने कुरा व्यक्त गरे अनि उनले उनीहरूलाई शिक्षकहरूभन्दा दुई कदम पछाडि नभई दुई कदम अगाडि रहन सल्लाह दिएको कुरामा जोड दिए, जसले गर्दा उनीहरू कहिल्यै पछाडि नपरोस्।

एक सङ्गीतमय पल

सिक्किमकी एक विद्यार्थीले बताए अनुसार उनले हिन्दी, नेपाली र बङ्गाली तीन भाषाहरूमा ‘हमारा भारत भूमि’ शीर्षकको देशभक्तिपूर्ण गीत रचना गरेकी थिइन्। प्रधानमन्त्रीले खुशीसाथ टिप्पणी गरे, कविता लेख्न मन पराउनुहुन्छ कि भनेर सोधे, अनि उनले हो भनेर जवाब दिइन्, उनलाई सुनाउनका लागि प्रोत्साहित गरे। उनले उनको प्रशंसा गरे अनि उनले राष्ट्रको एकताको बारेमा कसरी बोलिन् भन्ने कुरामा टिप्पणी गरे - एक भारत, श्रेष्ठ भारत। त्यसपछि श्री मोदीले अर्की विद्यार्थी मानसीलाई गाउन भने। मानसीले आफ्नी आमाले लेखेको गीत प्रस्तुत गरिन्, जुन विद्यार्थीहरूलाई समर्पित थियो। प्रधानमन्त्रीले उनको प्रशंसा गरे अनि तपाईंकी आमालाई मेरो बधाई दिनु भने। विद्यार्थीले साझा गरे अनुसार उनी फेसबुकमा 1.5 लाख फलोअर्स भएको युट्युब च्यानल, फेसबुक पेज र इन्स्टाग्राम एकाउन्ट चलाउँछिन्। प्रधानमन्त्रीले आश्चर्य र प्रशंसा व्यक्त गरे अनि यस्ता प्रतिभाशाली युवाहरूलाई भेट्नु गर्वको कुरा रहेको टिप्पणी गरे।

त्यसपछि श्री मोदीले सबै विद्यार्थीहरूलाई स्वागत गदनाए अनि व्याख्या गर्दै कि उनले उनीहरूलाई असमको गामोसाले स्वागत गरेका थिए, जसलाई उनले आफ्नो सबैभन्दा प्यारो सम्पत्तिको रूपमा वर्णन गरे। उनले प्रकाश पारे अनुसार गामोसा असम र पूर्वोत्तरमा महिला सशक्तिकरणको प्रतीक हो, जुन क्षेत्रका महिलाहरूले घरमै बनाएका छन्, जसले उनीहरूको शक्ति र योगदानलाई प्रतिबिम्बित गर्दछ। उनले भने अनुसार सम्मानको प्रतीकको रूपमा बालबालिकाहरूलाई गामोसा उपहार दिनु उनको हार्दिक इच्छा थियो।

उद्देश्यसहितको तयारी

फेरि विद्यार्थी सबवत वेंकटेशले प्रधानमन्त्रीलाई सोधे कि कौशल वा मार्क्समध्ये कुन बेसी महत्त्वपूर्ण छ, किनकि विद्यार्थीहरूमा यस विषय लिएर भ्रम र डर रहेको हुन्छ। प्रधानमन्त्रीले जीवनमा सन्तुलन आवश्यक रहेको टिप्पणी गरे, चाहे त्यो खाने र सुत्ने, अध्ययन गर्ने र खेल्ने वा कौशल र मार्क्सबीच होस्। उनले जोड दिए अनुसार एकतर्फ धेरै झुक्दा असन्तुलन हुन्छ, जबकि उचित सन्तुलनले स्थिरता सुनिश्चित गर्दछ। उनले व्याख्या गरे अनुसार कौशलहरू दुई प्रकारका हुन्छन् - जीवन कौशल र पेशेवर कौशल - र दुवै उत्तिकै महत्त्वपूर्ण छन्। उनले जोड दिए अनुसार ज्ञान, अवलोकन र अध्ययन बिना कुनै पनि कौशल विकास हुन सक्दैन र त्यो कौशल ज्ञानबाट शुरु हुन्छ।

श्री मोदीले उदाहरण दिएर सम्झाए: जीवन कौशल बिना, कसैलाई खाना पकाउने वा रेलवे स्टेशनमा टिकट किन्ने जस्ता दैनिक कार्यहरूमा पनि मुश्किल हुन सक्छ। उनले जोड दिए अनुसार अनुशासन, आत्मविश्वास र अनुकूलनशीलता सहित जीवन कौशलहरू पूर्ण रूपमा प्राप्त गर्नुपर्छ। पेशवर कौशलहरूमाथि उनले व्याख्या गरे अनुसार डाक्टरहरूले निरन्तर आफ्नो कौशल अद्यावधिक गर्नुपर्छ, किनकि किताबहरूले मात्र हृदय विशेषज्ञ बनाउन सक्दैनन् - वास्तविक कौशल बिरामीहरूसँग काम गर्दा आउँछ। त्यस्तै गरी, वकिलहरूले संवैधानिक प्रावधानहरू जान्नुभन्दा बाहिरको अदालती कौशल विकास गर्न वरिष्ठहरूको अधीनमा अभ्यास गर्नुपर्छ। उनले जोड दिए अनुसार व्यावसायिक कौशल 40 वर्षको उमेरमा पनि निरन्तर सिक्ने र नयाँ प्रविधिहरूमा अनुकूलन आवश्यक पर्दछ, किनकि चिकित्सा र अन्य क्षेत्रहरूमा प्रगतिले निरन्तर अद्यावधिकको माग गर्दछ। उनले शिक्षा र कौशल जुम्ल्याहा दाजुभाइ दिदीबहिनी हुन्, अविभाज्य छन् र त्यो कौशल जीवनमा अपरिहार्य छ भन्ने कुरामा जोड दिए।

नम्बरभन्दा बाहिर र शिक्षालाई माध्यमको रूपमा

यस अतिरिक्त, मणिपुरको इम्फालस्थित सैनिक स्कूलका एक विद्यार्थीले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको जन्मदिन प्रधानमन्त्रीको जन्मदिनसँग मिल्दोजुल्दो भएको उल्लेख गर्दै उनको प्रशंसा गरे। जवाफमा, श्री मोदीले टिप्पणी गरे कि उनी बितेका वर्षहरू गणना गर्दैनन् तर बाँकी रहेका वर्षहरूमा ध्यान केन्द्रित गर्छन्, विद्यार्थीहरूलाई विगतमा ध्यान केन्द्रित गरेर समय खेर फाल्न नभई भविष्यमा के छ भनेर सोच्न आग्रह गर्छन्।

पछिल्ला वर्षहरूका प्रश्नहरूमा आधारित परीक्षा तयारी रणनीतिहरूको बारेमा सोध्दा, प्रधानमन्त्रीले प्रकाश पारे अनुसार विद्यार्थीहरूले प्रायः प्रश्नपत्रहरू कठिन महसुस हुँदा मुश्किलको सामना गर्छन्, किनभने तिनीहरू पाठ्यक्रमभन्दा बाहिरका हुन्छन्, तर यो यसैकारण हुन्छ किनकि ध्यान दोहोर्याइएको पेटर्नहरूमा सीमित हुन्छ। उनले उल्लेख गरे अनुसार यो समस्या उनको आफ्नै विद्यार्थी समयमा पनि थियो र कहिलेकाहीँ शिक्षकहरूले मात्र मार्क्सको लागि लक्ष्य राखेर यसलाई निरन्तरता दिन्छन्। श्री मोदीले जोड दिए अनुसार असल शिक्षकहरूले पूर्ण पाठ्यक्रम समेटेर र जीवनसँग यसको सान्दर्भिकता व्याख्या गरेर समग्र विकास सुनिश्चित गर्छन्। क्रिकेटमा बलरको उदाहरण दिँदै उनले व्याख्या गरे अनुसार केवल काँधको मांसपेशी बलियो बनाउनु अपर्याप्त छ; व्यायाम गर्नुपर्छ, योग गर्नुपर्छ, सम्पूर्ण शरीर र दिमागलाई बलियो बनाउनुपर्छ, आहार समायोजन गर्नुपर्छ र राम्रोसँग सुत्नुपर्छ। उनले जोड दिए अनुसार शिक्षा, त्यसैगरी, केवल परीक्षाको लागि मात्र होइन तर जीवनको लागि हो र परीक्षाहरू आफैलाई जाँच्नको लागि हुन्। मार्क्स अन्तिम लक्ष्य होइनन्; जीवनको पूर्ण विकास हो। उनले सल्लाह दिए अनुसार दस प्रश्न वा पेटर्नहरूमा मात्र ध्यान केन्द्रित गर्नु सीमित छ, र जब तिनीहरू अभ्यास गर्न सकिन्छ, तिनीहरू तयारीको सानो भाग मात्र हुनुपर्छ, जसमा अधिकांश प्रयास समग्र सिकाइमा निर्देशित हुन्छ।

विशेष गरी प्रि-बोर्डको समयमा अध्ययनको दबाउलाई सन्तुलनमा राख्ने एक प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने कि यो एक सामान्य चिन्ता हो। उनले जोड दिए अनुसार शिक्षालाई बाध्यता वा बोझको रूपमा हेर्नु हुँदैन तर पूर्ण भादिगारीको जरुरत पर्छ। पूर्ण भागिदारी बिना अपूर्ण शिक्षाले सफलताको लागि नेतृत्व गर्न सक्दैन। उनले मार्क्सप्रति जुनूनप्रति आग्रह गरे अनि कसैलाई गत वर्ष बोर्डहरूमा उच्चतम मार्क्स प्राप्त गर्ने विद्यार्थीको नाम याद छ कि छैन भनेर सोधे। विद्यार्थीले जवाफ दिएनन्, श्री मोदीले जोड दिए अनुसार यदि यस्ता उपलब्धिहरूको छोटो प्रशंसा गरिए पनि तिनीहरू चाँडै बिर्सिन्छन्, जसले मार्क्सको महत्त्व कति कम छ भनेर देखाउँछ। उनले विद्यार्थीहरूलाई आफ्नो दिमाग मार्क्समा बाँध्न नभई आफ्नो जीवन कहाँ जाँदैछ भन्ने कुरामा ध्यान केन्द्रित गर्न सल्लाह दिए, कक्षाकोठा वा परीक्षा हलमा मात्र नभई जीवनमा पनि निरन्तर आफूलाई परीक्षण गर्नुपर्ने सल्लाह दिए।

कम दबाउ, अधिक सिकाइ

अन्तर्क्रियात्मक सत्र जारी राख्दै एक विद्यार्थीले प्रधानमन्त्री मोदीलाई सोधे कि अध्ययन गर्दा कसरी शान्त र ध्यान केन्द्रित गर्ने, किनकि धेरै ध्यान भङ्ग गर्ने विचारहरू उत्पन्न हुन्छन् र पाठहरू चाँडै भुलिन्छन्। प्रधानमन्त्रीले उदाहरण दिँदै जवाफ दिए: जसरी तपाईं आज यहाँ आउनुभएको छ, 25 वर्षपछि पनि यदि कसैले तपाईंलाई यस कार्यक्रमको बारेमा सोध्यो भने, के तपाईंले बिर्सनुहुन्छ वा सम्झनुहुन्छ? विद्यार्थीले जवाफ दिए कि यो सधैँ विशेष क्षणको रूपमा सम्झिनेछ। श्री मोदीले व्याख्या गरे कि यो किनभने विद्यार्थी पूर्ण रूपमा सामेल हुन्छ, अहिलेको बारेमा सोचिरहेको हुन्छ, जसले स्थायी स्मृति सुनिश्चित गर्दछ।

उनले के कुरामाथि प्रकाश पारे भने जब कोही पूर्ण रूपमा सामेल हुन्छ र साथीहरूसँग अनुभवहरू साझा गरिन्छ तब सम्झनाहरू रहन्छन्। उनले विद्यार्थीहरूलाई कम आत्मविश्वास भएकाहरूलाई साथी बनाउन र तिनीहरूलाई सिकाउन सल्लाह दिए, जबकि उनीहरूको आफ्नै बुझाइ प्रमाणित गर्न केही मिनेटको लागि होशियार साथीहरूबाट मार्गदर्शन पनि खोजे। उनले जोड दिए अनुसार यो दोहोरो फाइदाले नयाँ विचारहरू ल्याउँछ, दिमाग खोल्छ र ध्यान बलियो बनाउँछ।

पञ्जाबका एक अर्का विद्यार्थीले अन्तरक्रिया गरे र प्रधानमन्त्री मोदीलाई अभिवादन गरे अनि कक्षा 12 का विद्यार्थीहरूले बोर्ड परीक्षा र प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि एकै साथ तयारी गर्ने चुनौतीको बारेमा सोधे, किनकि तिनीहरूको फरक पेटर्न र ओभरल्यापिङ तालिकाहरूलाई ध्यानमा राखेर। प्रधानमन्त्रीले यो चिन्तालाई स्वीकार गर्दै यसलाई एकै समयमा क्रिकेट र फुटबल खेल्नेसँग तुलना गरे अनि कक्षा 12 बोर्डहरूलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए। उनले टिप्पणी गरे अनुसार यदि विद्यार्थीहरूले आफ्नो पाठ्यक्रम राम्ररी आत्मसात गरे भने, प्रतिस्पर्धात्मक परीक्षाहरू बिना कुनै अलग कोशिशको आफू आफैमा सहज बन्नेछन्। उनले माता-पितालाई बच्चाहरूलाई उनीहरूको क्षमता, हैसियत र रुचि अनुसार फुल्न दिन सल्लाह दिए।

मार्क्स, खेल र हाँसो बीचको सन्तुलन

सामाजिक दबाउले मात्र अध्ययनमा ध्यान केन्द्रित गर्ने भन्ने बावजुद गेमिङमा भविष्य बनाउने बारेमा एक विद्यार्थीले प्रश्न उठाए। प्रधानमन्त्रीले व्याख्या गरे अनुसार आमाबाबुले शुरुमा प्रायः निरुत्साहित गर्छन्, तर एक पटक सफलता प्राप्त भएपछि तिनीहरू गर्व गर्छन् र यसमा खुशी मनाउँछन्। उनले विद्यार्थीलाई पञ्चतन्त्र वा पौराणिक घटनाहरू जस्ता भारतका समृद्ध कथाहरूमा आधारित खेलहरू सिर्जना गरेर खेलहरूमा रुचिलाई उत्पादक रूपमा च्यानल गर्न र मान्यता प्राप्त गर्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा साझा गर्न प्रोत्साहित गरे। उनले प्रकाश पारे अनुसार गेमिङ एक कौशल हो जसलाई गति र सतर्कता चाहिन्छ, जसले आत्म-विकासमा योगदान पुर्याउँछ र उच्च गुणस्तरका खेलहरूमा विशेषज्ञता निर्माणमा ध्यान केन्द्रित गर्न सल्लाह दिए। उनले गेमिङमा जुवा खेल्ने विरुद्ध चेताउनी दिए, त्यस्ता अभ्यासहरू रोक्न कानूनहरू बनाइएको उल्लेख गरे अनि गेमिङलाई रचनात्मक कौशलको रूपमा अपनाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीको निवासमा भ्रमण गर्दा विद्यार्थीहरूले उत्साह व्यक्त गरे, उनको मैत्रीपूर्ण व्यवहार, आफ्ना प्रश्नहरूमा वास्तविक चासो र उनले प्रदान गरेको विचारशील जवाफहरू याद गरे।

डरलाई शक्तिमा परिणत गर्दै - तनाउ, समय र आत्मविश्वास प्रबन्धन

विद्यार्थीहरूले कसरी ‘परीक्षा योद्धा’ पढ्नेले परीक्षाप्रतिको उनीहरूको दृष्टिकोणलाई परिवर्तन गर्यो भनेर साझा गरे। एक विद्यार्थीले पहिलेका परीक्षाहरूले तनाउ र डर पैदा गर्थे भनी टिप्पणी गरे, तर पुस्तक पढेपछि परीक्षा साथी बनेको थियो। अर्को विद्यार्थीले पहिले आफूलाई अरूसँग तुलना गर्न चिन्तित महसुस गर्थे भन्ने कुरामा जोड दिए, तर आफ्नो आफ्नै प्रविधि अद्वितीय र प्रभावकारी भएको महसुस गरे। एक विद्यार्थीले समय प्रबन्धन सधैँ सङ्घर्षपूर्ण रहेको उल्लेख गरे, तर परीक्षा वारियरबाट सिकेपछि उनीहरूले चाँडै उठेर कार्यहरू राम्रोसँग प्रबन्धन गर्ने सङ्कल्प गरे।

प्रधानमन्त्री मोदीले समय प्रबन्धनको लागि एउटा सरल विधि सल्लाह दिए: सुत्नुअघि डायरीमा कार्यहरू लेख्ने, भोलिपल्ट तिनीहरूलाई मिलाउने गर्नु अनि केही कार्यहरू किन अपूर्ण छोडियो भनेर विश्लेषण गर्ने। उनले समयलाई उत्पादक रूपमा प्रयोग गर्न सिक्ने कुरामा जोड दिए अनि धेरै जिम्मेवारीहरूको बावजुद उचित समय प्रयोग गर्ने आफ्नो बानीले उनलाई तनावमुक्त राख्छ भनी साझा गरे।

विद्यार्थीहरूले गणित जस्ता विषयहरूप्रतिको उनीहरूको डर कसरी रुचिमा परिणत भएको व्यक्त गरे, जसमा एउटाले गणित पहिले भूत थियो तर अब जोश बनेको उल्लेख गरे। प्रधानमन्त्रीले वैदिक गणितको अन्वेषण गर्न प्रोत्साहित गरे, यसलाई रमाइलो र जादुई रूपमा वर्णन गरे अनि र रुचि बढाउन साथीहरूसँग यस्ता विधिहरू साझा गर्न सुझाउ दिए।

अर्का एक विद्यार्थीले परीक्षाको मितिले एक पटक डर पैदा गरेको बताए, तर परीक्षालाई उत्सवको रूपमा व्यवहार गर्ने पुस्तकको मन्त्रले प्रेरणा ल्यायो। प्रधानमन्त्रीले परीक्षा पे चर्चाबाट प्राप्त पाठ परिवारका सदस्यहरूसँग पनि बाँड्नुपर्ने सल्लाह दिए, किनकि उनीहरूलाई समान रूपमा फाइदा पुग्न सक्छ।

विद्यार्थीहरूले कम मार्क्सको डरलाई कसरी जिते भन्ने कुरामा विचार गरे, मार्क्स सबैथोक होइन भन्ने महसुस गरे र असफलताका बाबजुद डा. एपीजे अब्दुल कलामको दृढताको उदाहरण उद्धृत गरे। प्रधानमन्त्रीले जोड दिए अनुसार कम तनाउले गायन, चित्रकला वा कविता लेख्ने जस्ता नयाँ कौशलहरू सिक्न दिमाग खोल्छ र रचनात्मक खोजहरू शुरु गरेका विद्यार्थीहरूको प्रशंसा गरे।

पुस्तकबाट प्राप्त आत्मविश्वासले विद्यार्थीहरूलाई प्रस्तुतीकरणको डरलाई पनि हटाउन मद्दत गर्यो। प्रधानमन्त्रीले व्याख्या गरे अनुसार आत्मविश्वास सत्य र अनुभवबाट आउँछ, जसरी सामान्य मानिसहरूले आफूले देखेका घटनाहरू वर्णन गर्दा स्पष्ट रूपमा बोल्न सक्छन्। उनले जोड दिए अनुसार विद्यार्थीहरूको आत्मविश्वास उनीहरूको आफ्नै प्रयास र उपलब्धिहरूको सत्यताबाट उत्पन्न हुन्छ।

एक विद्यार्थीले लामो साहित्यिक पत्रिकाहरूले पहिले आतङ्क निम्त्याउने गर्थे, तर अहिले तिनीहरू छिटो लेख्ने र हस्तलेखन सुधार गर्ने अभ्यास गरेको बताए। प्रधानमन्त्रीले पेपर शुरु गर्नुभन्दा पहिला 30 सेकेण्डसम्म ब्रेक लिने, गहिरो सास लिने र मनलाई शान्त गर्ने जस्ता प्रविधिहरूको सल्लाह दिए, जसले गल्तीहरू ज्ञानको कमीले होइन तर हतारको कारणले हुन्छ भन्ने शिक्षा दिन्छ। उनले आखिरमा भने कि उचित प्रविधि र आत्मविश्वासका साथ विद्यार्थीहरूले परीक्षाको डरलाई जित्न सक्छन् र सफल हुन सक्छन्।

कोलाहलबीच बनिरहनु

घरको कोलाहल र अभिभावकको सहयोगको अभावमा कसरी अध्ययन गर्ने भनेर एक विद्यार्थीले सोधे। प्रधानमन्त्रीले सामानले भरिएको गोरुगाडामाथि बच्चा पढिरहेको भिडियो सम्झँदै सफलताको लागि आराम आवश्यक छैन भन्ने कुरामा जोड दिए। उनले बोर्ड परीक्षामा धेरै उच्च मार्क्स प्राप्त गर्नेहरू विलासिता बिनाका साना गाउँहरूबाट आउँछन् भन्ने कुरामा प्रकाश पारे र कठिनाइहरूको बावजुद क्रिकेटमा जित्ने दृष्टिविहीन केटीहरूको प्रेरणादायी कथा साझा गरे। उनले टिप्पणी गरे अनुसार जीवन आरामको स्थानबाट होइन तर जीवन बिताउने तरिकाले आकारित हुन्छ।

तमिलनाडुका एक अर्का विद्यार्थीले परीक्षाको तयारीमा बाधा पुर्याउने पाहुनाहरूको मुद्दा उठाए। प्रधानमन्त्रीले पाहुनाहरूलाई उनीहरूको आफ्नै बाल्यकालका अनुभव सोधेर परिस्थितिलाई बदल्न सल्लाह दिए, जसले गर्दा ध्यान केन्द्रित हुन्छ र दबाउ कम हुन्छ।

ठूला सपना, ठूला कार्य

लद्दाखका एक विद्यार्थीले केटाकेटीहरूले ठूला सपना देख्नुपर्छ र ती सपनाहरू कसरी पूरा गर्ने भनेर सोधे। प्रधानमन्त्रीले सपना देख्नु अपराध होइन, तर सपनाहरूलाई कार्यद्वारा समर्थन गरिनुपर्छ भनेर बताए। उनले अन्तरिक्ष यात्री बन्ने जस्ता आकांक्षाहरूका लागि अध्ययन, जीवनी र केन्द्रित रुचि आवश्यक पर्ने बताए, जबकि उपहासबाट बच्न सपनाहरू सार्वजनिक नगर्न चेताउनी दिए। उनले विद्यार्थीहरूलाई आफ्ना सपनाहरू लेख्न र तिनीहरूलाई निजी रूपमा पोषण गर्न प्रोत्साहित गरे।

ठूला सपनाहरू प्राप्त गर्न दैनिक आदतहरू सम्बन्धी एक अर्को प्रश्नको जवाफ दिँदै श्री मोदीले महान् व्यक्तित्वहरूको जीवनी पढ्न सुझाउ दिए। उनले व्याख्या गरे अनुसार उनीहरूको सङ्घर्ष र प्रारम्भिक चरण बुझ्नाले विद्यार्थीहरूलाई सम्बन्ध स्थापित गर्न र आत्मविश्वास प्राप्त गर्न मद्दत गर्दछ, जसले उनीहरूलाई चरणबद्ध रूपमा कसरी प्रगति गर्ने भनेर देखाउँछ।

त्यसपछि एक विद्यार्थीले प्रधानमन्त्रीलाई समर्पित हार्दिक कविता सुनाए, जसमा उनलाई भारतको गौरव, मानवताको सेवक र राष्ट्रको सपना अगाडि बढाउने नेताको रूपमा वर्णन गरिएको थियो। प्रधानमन्त्रीले कविताको न्यानो प्रशंसा गरे र विद्यार्थीको प्रशंसा गरे।

जब प्रधानमन्त्री शिक्षक बने

प्रधानमन्त्री मोदीले स्वतन्त्रताको शताब्दीको अवसरमा 2047 सम्ममा विकसित भारतको परिकल्पना गरेको टिप्पणी गरे अनि जोड दिए कि त्यतिबेला 35 देखि 45 वर्ष उमेरका युवाहरू यस दृष्टिकोणको फाइदा उठाउन आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण चरणमा हुनेछन्। उनले महात्मा गान्धी 1915 मा अफ्रिकाबाट फर्किए र 1947 सम्म स्वतन्त्रता सङ्ग्रामको नेतृत्व गरे र भगत सिंह जस्ता नेताहरूको बलिदानले पुस्तालाई स्वतन्त्रताको लागि लड्न प्रेरित गरेको कुरामा जोड दिए। उनले जोड दिए अनुसार यदि यस्तो स्मारकीय स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भने सामूहिक प्रयासबाट विकसित भारत निश्चित रूपमा साकार हुन सक्छ।

प्रधानमन्त्रीले विद्यार्थीहरूलाई विकसित भारतप्रति आफ्नो व्यक्तिगत प्रतिबद्धताहरू लेख्न आग्रह गरे र कौशल विकास, आत्मविश्वास र स्वदेशी उत्पादहरूको प्रयोगमा उनीहरूको प्रतिक्रियाहरू उल्लेख गर्दै उनीहरूले गर्न सक्ने पाँच कार्यहरू पहिचान गर्न भने। उनले स्वदेशी अपनाउनु मन तयार पार्नु र औपनिवेशिक मानसिकता त्याग्नुबाट शुरु हुन्छ भन्ने कुरामा जोड दिए, विद्यालयहरूमा पनि विदेशी सामानहरूप्रतिको मोह कसरी कायम रहन्छ भनेर औँल्याए। उनले विद्यार्थीहरूलाई दैनिक प्रयोग हुने सबै वस्तुहरूको सूची बनाउन, विदेशी उत्पादहरू पहिचान गर्न र बिस्तारै भारतीय विकल्पहरू प्रतिस्थापन गर्न निर्देशन दिए, जसले गर्दा एक वर्षभित्र उनीहरूको परिवार भारतीय सामानले भरियोस्। उनले जोड दिए अनुसार यदि भारतीयहरूले आफ्नै उत्पादहरूमा गर्व गर्दैनन् भने, संसारले पनि गर्ने छैन। उनले विलम्बको लागि भारतीय समयलाई दोष दिने प्रवृत्तिको आलोचना गरे, यस्तो मनोवृत्तिले राष्ट्रलाई अपमानित गर्छ भनेर टिप्पणी गरे अनि स्वच्छताबाट शुरु हुने कर्तव्य पालना गर्न आह्वान गरे। उनले विकसित राष्ट्रहरू यसैले सफा देखिन्छन् किनकि त्यहाँका नागरिकहरूले फोहोर फैलाउँदैनन्, न कि सफाइ कर्मीको कारणले अनि उनले भारतीयहरूले सरसफाइमा कहिल्यै सम्झौता नगर्नेस सङ्कल्प गर्न, फोहोर आफै उठाएर फाल्नेहरूमा लाज जगाउने कुरामा जोड दिए। उनले जोड दिए अनुसार स्वास्थ्य कायम राख्नु पनि कर्तव्य हो, र यदि नागरिकहरूले यस्ता जिम्मेवारीहरू पूरा गर्छन् भने, कुनै पनि शक्तिले भारतलाई विकसित हुनबाट रोक्न सक्दैन, तब युवाहरूले परिपक्वतामा पुगेपछि सबैभन्दा ठूलो फाइदा उठाउँछन्। उनले सोधे कि यस्तो काम गर्नुपर्छ, जसले सबैलाई फाइदा पुर्याओस्। उनीहरूको लागि फल दिने काम गर्नुपर्छ कि हुँदैन र विद्यार्थीहरूले पुष्टि गरे। त्यसपछि उनले वर्तमान पुस्ताका लागि उपलब्ध विशाल अवसरहरू, विशेष गरी प्रविधिमाथि प्रकाश पारे र टिप्पणी गरे कि उनको युगमा यस्ता अवसरहरूको अभाव भए पनि आजका युवाहरूले कृत्रिम बुद्धिमत्ता बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ। उनले व्याख्या गरे कि केवल जीवनीहरूको सारांशमा एआई प्रयोग गर्नाले थोरै मूल्य थपिन्छ, तर एआईलाई उमेर र रुचिको आधारमा जीवनीहरू सिफारिश गर्न भन्नु, त्यसपछि ती पुस्तकहरू पढ्नुले वास्तविक विकास निम्त्याउँछ। उनले जोड दिए अनुसार एआई केवल मनोरञ्जन मात्र नभई शक्ति र बुद्धि बढाउने उपकरण हुनुपर्छ। विद्यार्थीहरूले यसको आफ्नै प्राविधिक खोजहरूमा सान्दर्भिकतालाई ध्यानमा राख्दै एआईको प्रयोगमा उनको मार्गदर्शनको लागि प्रशंसा व्यक्त गरे।

प्रधानमन्त्रीले कर्नाटक शास्त्रीय शैलीमा एक विद्यार्थीको बाँसुरी प्रदर्शन सुने र यसको प्रशंसा गरे। उनले वसन्त पञ्चमीको समयमा उत्तराखण्डको परम्परागत महत्त्वलाई ध्यानमा राख्दै एक विद्यार्थीले हस्तनिर्मित गुलदस्ता प्रस्तुत गरे, त्रिपुरा परम्पराहरूको सन्दर्भलाई स्वीकार गरे अनि विद्यार्थीहरूले उपहार दिएको जैविक चिया र असमिया गमोचाको प्रशंसा गरे, उनीहरूलाई कविता लेख्न जारी राख्न प्रोत्साहित गरे। उनले सबैलाई हार्दिक धन्यवाद र शुभकामना व्यक्त गरे।

परीक्षा पे चर्चाको आगामी एपिशोडका झलकहरू साझा गर्दै प्रधानमन्त्रीले धेरै विद्यार्थीहरूले देशका विभिन्न भागहरूमा परीक्षा पे चर्चा आयोजना गर्न सुझाउ दिएको टिप्पणी गरे, जुन यस विशेष एपिशोडमा प्रतिबिम्बित भएको थियो। उनले परिवारभित्र, दाजुभाइ दिदीबहिनीका राम्रा गुणहरूबाट सिक्नुपर्ने र महानताको आकांक्षा गर्नु गलत होइन तर तुलनामा बाँधिनु हुँदैन भन्ने कुरामा जोड दिए। उनले व्यक्तिगत र सामाजिक जीवन दुवैमा शिक्षाको महत्त्वमाथि प्रकाश पारे, साथै खेलकुद जीवनको एक अनिवार्य भाग हुनुपर्छ भन्ने कुरामा पनि जोड दिए। उनले विद्यार्थीहरूलाई आफ्ना विचार र अनुभव खुलेर साझा गर्न आमन्त्रित गरे।

अर्को एपिशोड 9 फरवरी 2026 मा बिहान 10 बजी प्रसारण हुनेछ।

******

एमपीएस/टीडब्ल्यूब


(रिलिज आईडी: 2224854) आगन्तुक काउन्टर : 6