प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले “परीक्षा पे चर्चा” एउटा जनआन्दोलन बन्दै भारतको शैक्षिक यात्रामा ठूलो परिवर्तन ल्याउनका साथै विकसित भारतको मार्ग प्रशस्त गरेको छ भन्ने लेख साझा गरेका छन्


पोस्ट गरियो: 05 FEB 2026 1:54PM by PIB Gangtok

नयाँ दिल्ली, 05 फेब्रुअरी 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज एउटा लेख साझा गरेका छन्, जसमा “परीक्षा पे चर्चा” जनआन्दोलन बन्दै भारतको शैक्षिक यात्रामा निर्णायक परिवर्तनको प्रतीक बन्नका साथै विकसित भारतको मार्ग प्रशस्त गरेको उल्लेख गरिएको छ।

केन्द्रिय मन्त्री श्री धर्मेन्द्र प्रधानद्वारा एक्समा गरिएको एउटा पोस्टको जवाफ दिँदै पीएमओ इण्डियाको ह्याण्डलमा लेखिएको छ :

“यस लेखमा केन्द्रिय मन्त्री श्री @dpradhanbjp ले कसरी परीक्षा पे चर्चा एउटा जनआन्दोलन बनेको छ र यो भारतको शैक्षिक यात्रामा एउटा निर्णायक परिवर्तनको प्रतीक बन्नका साथै विकसित भारतको मार्ग प्रशस्त गर्दछ भनी बताएका छन्।

एनईपी 2020 ले आफ्नो बाल केन्द्रित दृष्टिकोण, भारतीय ज्ञान प्रणालीमाथि ध्यान केन्द्रित गर्नु र मातृभाषामाथि जोड दिनका साथै विद्यार्थीहरूलाई 21 औं शताब्दीका चुनौतीको निम्ति तयार गर्ने श्री धर्मेन्द्र प्रधानले दोहोऱ्याएका छन्।”

*********

एमपीएस/टीडब्ल्यूबी


(रिलिज आईडी: 2224042) आगन्तुक काउन्टर : 5