प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले गाजा सङ्घर्षमा राष्ट्रपति ट्रम्पको शान्ति पहललाई जनाए स्वागत


Posted On: 30 SEP 2025 9:00AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले गाजा सङ्घर्ष अन्त्य गर्ने विस्तृत योजनाको घोषणाको स्वागत जनाएका छन्।

प्रधानमन्त्रीले भने अनुसार यो योजनाले प्यालेस्टिनी र इजरायली जनताका साथै बृहत् पश्चिम एसियाली क्षेत्रका लागि दीर्घकालीन र दिगो शान्ति, सुरक्षा र विकासको लागि एक व्यवहार्य मार्ग प्रदान गर्दछ।

श्री मोदीले आशा व्यक्त गरे अनुसार सबै सम्बन्धित पक्षहरू सङ्घर्ष

 अन्त्य गर्न र दिगो शान्ति सुरक्षित गर्न राष्ट्रपति ट्रम्पको पहललाई समर्थन गर्न एक साथ आउनेछन्।

प्रधानमन्त्रीले X मा पोस्ट गरेका छन्;

"हामी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले गाजा सङ्घर्ष गर्ने विस्तृत योजनाको घोषणाको स्वागत गर्दछौं। यसले प्यालेस्टिनी र इजरायली जनताका साथै बृहत् पश्चिम एसियाली क्षेत्रका लागि दीर्घकालीन र दिगो शान्ति, सुरक्षा र विकासको लागि एक व्यवहार्य मार्ग प्रदान गर्दछ। हामी के आशा गर्छौं भने सबै सम्बन्धित व्यक्तिहरू राष्ट्रपति ट्रम्पको पहलको पछाडि एक साथ आउनेछन् र सङ्घर्ष अन्त्य गर्ने र शान्ति सुरक्षित गर्ने यो प्रयासलाई समर्थन गर्नेछन्।"

@realDonaldTrump

@POTUS”

*********


(Release ID: 2173481) Visitor Counter : 9