प्रधानमन्त्रीको कार्यालय
                
                
                
                
                
                    
                    
                        प्रधानमन्त्री श्री नरेन्द्र मोदीले कोलकातामा संयुक्त कमाण्डर सम्मेलनको क्रममा सशस्त्र बलहरूको परिचालन तयारी बढाउन एकजुटता, आत्मनिर्भरता र नवाचारमाथि जोड दिए
                    
                    
                        
                    
                
                
                    Posted On:
                15 SEP 2025 3:34PM by PIB Gangtok
                
                
                
                
                
                
                प्रधानमन्त्रीले आज कोलकातामा 16औँ संयुक्त कमाण्डर सम्मेलनको उद्घाटन गरे। दुई वर्षमा एक पटक आयोजना हुने यो सम्मेलन सशस्त्र बलहरूको शीर्ष-स्तरीय विचार मन्थन मञ्च हो, जसले देशको शीर्ष नागरिक र सैन्य नेतृत्वलाई विचार आदानप्रदान गर्न र भारतको सैन्य तयारीको भविष्यको विकासको लागि आधार तयार गर्न एकसाथ ल्याउँछ। सम्मेलनको विषयवस्तु ‘सुधारहरूको वर्ष - भविष्यको लागि रूपान्तरण’ हो, जुन सशस्त्र बलहरूको चलिरहेको आधुनिकीकरण र रूपान्तरण अनुरूप छ।
प्रधानमन्त्रीले अपरेशन सिन्दूरको सफलताका साथसाथै राष्ट्र निर्माण, समुद्री डकैती विरोधी, सङ्घर्ष क्षेत्रहरूबाट भारतीय नागरिकहरूको सुरक्षित फिर्ताका साथै मित्र राष्ट्रहरूलाई मानवीय सहायता र आपदा राहत (एचएडीआर) सहायता प्रदान गर्न सशस्त्र बलहरूले खेलेको अभिन्न भूमिकाको लागि सशस्त्र बलहरूको प्रशंसा गरे। 2025 लाई रक्षामा ‘सुधारहरूको वर्ष’ भएको सन्दर्भमा प्रधानमन्त्रीले भविष्यका चुनौतीहरूको सामना गर्न र कुनै पनि परिस्थितिको सामना गर्न बृहत् एकजुटता, आत्मनिर्भरता र नवाचार हासिल गर्न ठोस कदमहरू तीव्र गतिमा कार्यान्वयन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिए।
प्रधानमन्त्रीलाई अपरेशन सिन्दूरले सिर्जना गरेको नयाँ सामान्य स्थितिको सन्दर्भमा सेनाहरूको परिचालन ततत्परता र उदीयमान प्रविधि एवं रणनीतिको सन्दर्भमा युद्धको भविष्यको बारेमा जानकारी गराइएको थियो। प्रधानमन्त्रीले पचिल्ला दुई वर्षमा लागू गरिएका सुधार र आगामी दुई वर्षको योजनाको पनि समीक्षा गरे।
आगामी दुई दिनमा सम्मेलनमा विभिन्न बलहरूबाट प्राप्त प्रतिक्रियाको आधारमा विभिन्न संरचनात्मक, प्रशासनिक र परिचालन सम्बन्धी मामिलाहरूको समग्र समीक्षा, बढ्दो वैश्विक अनिश्चितताको सामना गर्न सशस्त्र बलहरूको तयारीका साथसाथै प्रधानमन्त्रीको दृष्टिकोण कार्यान्वयनको लागि रोडम्याप विकास गनर्नमा चर्चा गरियो।
*****
एमजेपीएस/एसआर
                
                
                
                
                
                (Release ID: 2166797)
                Visitor Counter : 7
                
                
                
                    
                
                
                    
                
                Read this release in: 
                
                        
                        
                            Tamil 
                    
                        ,
                    
                        
                        
                            English 
                    
                        ,
                    
                        
                        
                            Urdu 
                    
                        ,
                    
                        
                        
                            हिन्दी 
                    
                        ,
                    
                        
                        
                            Marathi 
                    
                        ,
                    
                        
                        
                            Bengali 
                    
                        ,
                    
                        
                        
                            Manipuri 
                    
                        ,
                    
                        
                        
                            Assamese 
                    
                        ,
                    
                        
                        
                            Punjabi 
                    
                        ,
                    
                        
                        
                            Gujarati 
                    
                        ,
                    
                        
                        
                            Odia 
                    
                        ,
                    
                        
                        
                            Telugu 
                    
                        ,
                    
                        
                        
                            Kannada 
                    
                        ,
                    
                        
                        
                            Malayalam