कृषि मन्त्रालय र किसान कल्याण
केन्द्रिय मन्त्री श्री शिवराजसिंह चौहानले गरे दिल्लीमा “कर्मचारी सङ्कल्प सम्मेलन”लाई सम्बोधित
कृषि एवं किसान कल्याण तथा ग्रामीण विकास मन्त्रालयका कर्मचारी अनि अधिकारीहरू सामेल
कृषि एवं किसान कल्याण और ग्रामीण विकास मंत्रालय के कर्मचारी-अधिकारी हुए शामिल
“सकारात्मक दृष्टिकोणका साथ हरेक दिन, हरेक क्षणको उत्तम उपयोग गरी राष्ट्र निर्माणको निम्ति योगदान दिनुपर्नेछ” - दुवै मन्त्रालयका कर्मचारीहरूलाई श्री चौहानको आह्वान
“काम अनि निजी जीवनमा सन्तुलन स्थापित गर्दै आनन्दित भई काम गर्नुपर्दछ” : श्री चौहान
एकजुट प्रयास अनि टीम भावनाका साथ काम गर्नु ठूलो परिवर्तनको आधार बन्नसक्दछ : श्री चौहान
Posted On:
21 AUG 2025 4:54PM by PIB Gangtok
केन्द्रिय कृषि एवं किसान कल्याण तथा ग्रामीण विकास मन्त्री श्री शिवराजसिंह चौहानको उपस्थितिमा आज नयाँ दिल्ली, पूसास्थित सी सुब्रहमण्यम हलमा “कर्मचारी सङ्कल्प सम्मेलन” विराट् रूपमा आयोजित गरियो। यस अवसरमा केन्द्रिय कृषि एवं किसान कल्याण राज्यमन्त्री श्री भागीरथ चौधरीसहित कृषि मन्त्रालयका सचिव श्री देवेश चतुर्वेदी, ग्रामीण विकास मन्त्रालयका सचिव श्री शैलेशकुमार सिंह, भारतीय कृषि अनुसन्धान परिषदका महानिर्देशक डा. एमएल जाटसहित दुवै मन्त्रालयका अधिकारी अनि कर्मचारी सामेल थिए।

यस असरमा केन्द्रिय मन्त्री श्री चौहानले अधिकारी अनि कर्मचारीहरूलाई सम्बोधित गर्दै जीवनमा हरेक दिन, हरेक क्षण महत्त्वपूर्ण रहेको तथा जनताको जिन्दगीलाई उत्तम बनाउन सबैले योगदान दिन आह्वान गरे। हाम्रो काम राष्ट्र निर्माणको हो, एकजुट भएर टीम भावनाले काम गरे आत्मनिर्भर भारतको निर्माणले बल पाउने उनले बताए। आगामी वर्ष यस सम्मेलनलाई “कर्मयोगी सङ्कल्प सम्मेलन”को नाम दिइए प्रसन्नताको विषय हुने उनले उल्लेख गरे। कार्यालयमा प्रत्येक भूमिका निर्वाह गर्ने कर्मचारी-अधिकारी महत्त्वपूर्ण रहेको बताउँदै हरेकलाई मानवीय गरिमाको सम्मान दिने उनले जनाए।

केन्द्रिय मन्त्री श्री चौहानले कृषि विभाग, आइसीएआर र ग्रामीण विकास मन्त्रालयको देशको विकासमा महत्त्वपूर्ण भूमिका रहेको बताए। खरिफ फसलका लागि चलाइएको विकसित कृषि सङ्कल्प अभियानलाई ऐतिहासिक रहेको उल्लेख गर्दै यस अभियानले कृषि क्षेत्रको विकासमा उल्लेखनीय भूमिका खेलेको जनाए। यति व्यापक स्तरमा यस्तो अभियान पहिले आयोजित नगरिएको उल्लेख गर्दै वैज्ञानिकहरूको 2,170 टोलीले गाउँ-गाउँ गएर किसानहरूसँग संवाद गरेको तथा 500 भन्दा धेरै शोधको विषय यस अभियानको माध्यमबाट बाहिर आएको हुँदा यो धेरै उपलब्धि बनेको पनि उनले स्पष्ट पारे।

आज अन्नको भण्डार देशमा भरिएको छ, तर केही चुनौती पनि छ, जस्तै दावल, तेलदाना, कपासको उत्पादनमा वृद्धि अनि प्राकृतिक खेतीको दिशामा हामीले सुदृढताका साथ कदम बढाउन आवश्यक छ, उनले भने। यसमा पनि सबैको सहयोग अपेक्षित रहेको उल्लेख गर्दै राज्य सरकारहरूका साथ मिलेर कृषिको रोडम्याप तयार गरिरहेको उनले बताए। साझा प्रयासद्वारा कृषि अरू बझी उन्नतिको दिशामा अग्रसर हुने आशा गरिएको उनले उल्लेख गरे।

केन्द्रिय मन्त्रीले दीनदयाल अन्त्योदय योजना-राष्ट्रिय ग्रामीण आजीविका मिशन अन्तर्गत लखपति दिदीहरूको विकासबारे पनि चर्चा गरे। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 3 करोड लखपति दिदी बनाउने लक्ष्य दिएका थिए। तर समयभन्दा पहिले नै लखपति दिदीहरूको सङ्ख्या वर्तमानमा 2 करोड 80 लाख नजिक पुगिसकेको कुरा गर्व अनि प्रसन्नताका साथ म बताउन चाहन्छु, उनले भने। यो एउटा असाधारण घटना हो भन्दै जुन महिला पहिले घरको चार भित्तामा बन्द थिए, आज उनीहरू आत्मनिर्भर बनी आफ्नो पहिचान स्थापित गरिरहेका छन्। अब दिदीहरू मिलिनियर बनिरहेका छन्, उनले थपे।

गाउँका मानिसहरूलाई घर उपलब्ध गराउने काम पनि तेजीका साथ चलिरहेको उल्लेख गर्दै 114 दिनको रेकर्ड समयभित्र घर बनाएर दिने काम पूरा गरिएको उनले जानकारी दिए। ग्रामीण सडक अनि आवासबाट मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन आइरहेको छ, उनले बताए।
प्रधानमन्त्रीले लाल किल्लाको प्राचीरबाट भनेका थिए, “सरकार फाइलमा नभएर जनताको जीवनमा देखिनुपर्दछ।” प्रधानमन्त्रीको यो सङ्कल्प तब मात्र पूरा हुनसक्नेछ, जब हामी इमान्दारीका साथ जनताको सेवामा समर्पित हुनेछौं, उनले भने। अधिकारीहरूलाई शासकीय सेवमा आउनु सौभाग्यको कुरा रहेको बताउँदै मानिसहरूको जीवनमा परिवर्तन ल्याउन पाएको अवसरको सदुपयोग गर्दै जनहितमा धेरैभन्दा धेरै काम गर्न आह्वान गरे। इमान्दारी अनि मेहनतका साथ काम गरिए वास्तविक अर्थमा फाइल जनताको जीवनमा देखिने उनले बताए।

फाइलको कामलाई व्यावहारिक कार्वाहीमा परिणत गर्दै बायोस्टिमुलेन्टका विरुद्ध कदम उठाइएको केन्द्रिय मन्त्री श्री चौहानले बताए। जैव उत्तेजकका नाममा 30 हजार औषधि बिक्री भइरहेको थियो, त्यसमाथि रोक लगाइएको छ। तीन स्तरमा आइसीएआरबाट प्रमाणित नभएसम्म कुनै पनि जैव उत्तेजक बिक्री गर्न नपाइने प्रावाधान गरिएको छ। यस्तै कार्यले फाइललाई लाइफमा प्रदर्शित गर्ने काम गर्नेछ, उनले बताए।
केन्द्रिय मन्त्रीले ईफेक्टिभ गभर्नेन्स आवश्यक छ भन्दै नक्कली मल अनि बिउ-बिजनका साथमा कीटनाशकका विरुद्ध पनि ठोस कार्वाही गरिरहेको बताए। किसानहरू यस समस्याबाट धेरै पीडित छन्। किसानहरूका साथ धोका गर्नेहरूलाई छोडिनेछैन, उनले खबरदारी दिए।
प्रधानमन्त्रीको राष्ट्र सर्वोपरिको ध्यायको उल्लेख गर्दै भारतले सधैं आफ्नो प्रबल छवि विश्वका सामु राखेको श्री चौहानले बताए। भारत “वसुधैव कुटुम्बकम्”को भावना राख्ने देश हो, तर जब देशहितको कुरा आउँछ, तब हामी आफ्नो पक्ष प्रबलताका साथ राख्न पनि जान्दछौं। प्रधानमन्त्रीको निर्णयले देशका किसान, पशुपालक अनि मछुवाहरूको हित सुरक्षित भएको छ, उनले अवगत गराए।
केन्द्रिय मन्त्री श्री चौहानले सबै कर्मचारी अनि अधिकारीलाई प्रधानमन्त्रीको स्वदेशी उत्पाद अपनाउने आह्वानलाई आत्मसात गर्ने आह्वान गर्दै यथासम्भव स्वदेशी उत्पादहरूको प्रयोग गर्ने सङ्कल्प पनि गर्न लगाए। स्वदेशी अपनाउनुले देशका भुक्तभोगीहरूले रोजगार पाउनका साथै अर्थव्यवस्था सुदृढ बन्ने उनले बताए।
अन्त्यमा केन्द्रिय मन्त्री श्री शिवराजसिंह चौहानले सबै अधिकारी अनि कर्मचारीलाई व्यक्तिगत जीवनमाथि पनि ध्यान दिन आह्वान गरे। व्यस्तताका बीच आफ्नो निम्ति, आफ्नो बाल-बच्चाका लागि अनि परिवारका लागि पनि समय अवश्यै निक्लान उनले आह्वान गरे। कार्यालयको काम अनि निजी जीवनबीच सन्तुलन स्थापित गर्दै अघि बढ्न आह्वान गर्दै, यही असली जीवन जिउने फर्मुला रहेको बताए। जीवन जिउने तीन दृष्टिकोण हुन्छ – एक दुखी भएर काम गर्ने दृष्टिकोण, दोस्रो सन्तुष्टिका साथ काम गर्ने तरिका र तेस्रो प्रसन्नता, ऊर्जा वा मेहनतका साथ अघि बढ्ने दृष्टिकोण, तेस्रो दृष्टिकोणले जिन्दगीमा परिवर्तनको नयाँ कथा लेख्न सक्दछ, उनले बताए।
*********
(Release ID: 2159385)