वस्त्र मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रीय वस्त्र मन्त्री श्री गिरिराज सिंहले भारतीय हतकर्घा क्षेत्रमा कार्बन पदचिह्न आकलन नामक पुस्तकको विमोचन गरे


यो पुस्तक वस्त्र मन्त्रालयको हतकर्घा विकास आयुक्तको कार्यालय र आईआईटी, दिल्लीको वस्त्र तथा फाइबर इञ्जिनियरिङ विभागले संयुक्त रूपमा तयार पारेको हो

यस पुस्तकमा भारतभरिमा वास्तविक विश्वका केस स्टडीहरूको माध्यमद्वारा कार्बन पदचिह्न मापन गर्न र पर्यावरण अनुकूल उत्पादनलाई बढ़ावा दिने सरल चरणहरू सामेल छन्

स्थायित्वमा वास्तविक प्रगतिको लागि वस्त्र उत्पादनको प्रत्येक चरणमा कार्बन प्रभावको मापन गर्न आवश्यक छ। प्रत्येक चरणमा आँकड़ाको परिमाणीकरण नगरी, सुधारका लागि क्षेत्रहरूलाई पहिचान गर्न वा हाम्रा कार्यहरूको प्रभावकारिता आकलन गर्न असम्भव छः श्री गिरिराज सिंह

Posted On: 06 AUG 2025 1:32PM by PIB Gangtok

केन्द्रीय वस्त्र मन्त्री श्री गिरिराज सिंहले आज भारतीय हतकर्घा क्षेत्रमा कार्बन फुटप्रिन्ट मूल्याङ्कन: विधिहरू र केस स्टडी नामक पुस्तकको आधिकारिक रूपमा विमोचन गरे। यो पुस्तक वस्त्र मन्त्रालयको हतकर्घा विकास आयुक्तको कार्यालय र आईआईटी, दिल्लीको वस्त्र तथा फाइबर इञ्जिनियरिङ विभागले संयुक्त रूपमा तयार पारेको हो। यो ऐतिहासिक दस्तावेजले हतकर्घा उद्योगको कार्बन पदचिह्नलाई मापन र कम गर्नका लागि स्पष्ट, व्यावहारिक विधिहरू प्रदान गरेर, पर्यावरणप्रति जागरूक हस्तकर्घा उत्पादन र सतत विकासप्रतिको भारत सरकारको प्रतिबद्धतालाई सुदृढ़ बनाउँछ। हतकर्घा उद्यो एक महत्त्वपूर्ण सामाजिक-आर्थिक क्षेत्र र भारतको समृद्ध सांस्कृतिक सम्पदाको प्रतीक हो।

हतकर्घा क्षेत्र ग्रामीण र अर्ध-ग्रामीण जीविकोपार्जनको एक अभिन्न अङ्ग हो, जसमा 35 लाखभन्दा अधिक व्यक्तिहरू जोड़िएका छन्। यस क्षेत्रले 25 लाखभन्दा अधिक महिला बुनकर र सम्बद्ध श्रमिकहरू कार्यरत छन्, जसले यसलाई महिलाहरूको आर्थिक सशक्तिकरणको एक महत्त्वपूर्ण स्रोत बनाउँछ। हतकर्घा बुनाइ भारतीय सांस्कृतिक विरासतका सबैभन्दा समृद्ध र जीवन्त पक्षहरू मध्ये एक हो। यस क्षेत्रका फाइदा हुन्ः यो कम पूँजी गहन हो, यसमा बिजुलीको न्यूनतम प्रयोग हुन्छ, यो पर्यावरण अनुकूल छ, सानो उत्पादनमा लचिलोपन छ, नवाचारहरूको लागि खुल्लापन छ र बजारका आवश्यकताहरू अनुरूप छ। यसको विशिष्टता र सानो ब्याच आकारमा उत्पादन गर्ने यसको क्षमता र पर्यावरण अनुकूल भएको कारण हतकर्घा उत्पादहरूको अन्तर्राष्ट्रिय र घरेलु बजारमा उच्च माग छ। यो पुस्तक जीवन्त र जटिल भारतीय हतकर्घा र टिकाउ फेशन र सचेत उपभोगमा यसको महत्त्वपूर्ण भूमिकामा केन्द्रित छ।

यस पुस्तकमा भारतभरिका वास्तविक केस स्टडीहरूको माधअयमद्वारा कार्बन पदचिह्न मापन गर्न सरल चरणहरू सामेल छन्, जसमा सुतीका च्यादर, भुइँका चटाइहरू, इकत साडीहरू, बनारसी साडीहरू र अन्य प्रतिष्ठित हतकर्घा वस्तुहरू जस्ता उत्पादहरू सामेल छन्। यसमा पर्यावरण अनुकूल उत्पादनलाई बढ़ावा दिन हतकर्घा क्षेत्रको लागि विशेष रूपमा डिजाइन गरिएको कम लागत भएको डेटा सङ्ग्रह र उत्सर्जन मापन विधिहरूको पद्धति पनि सामेल छन्।

यो रिपोर्ट/पुस्तक आईआईटी दिल्लीको हतकर्घा र टेक्सटाइल तथा फाइबर इञ्जिनियरिङ विभाग विकासको आयुक्तको कार्यालय बीचको अनुसन्धान सहयोगको माध्यमद्वारा तयार पारिएको थियो। यस काममा भारतीय हतकर्घा प्रविधि संस्थान, बुनकर सेवा केन्द्रहरू, जमिनी स्तरका बुनकर समूहहरू, ग्रीनस्टिच प्राइभेट लिमिटेड र प्रमुख सरकारी एजेन्सीका विशेषज्ञहरूसँग व्यापक परामर्श र घनिष्ठ सहकार्य सामेल थियो। यो पुस्तकले वैश्विक जलवायु रिपोर्टिङ मापदण्डहरूलाई एकीकृत गर्दै तिनलाई भारतको अद्वितीय परिचालन सन्दर्भमा अनुकूलन बनाउँछ, जसले गर्दा यस क्षेत्रलाई सतत विकास हासिल गर्नका लागि सशक्त बनाउन सकिनेछ।

मन्त्रालयले सबै हितधारक, मिडिया प्रतिनिधि र आण जनतालाई यस ऐतिहासिक रिपोर्टका निष्कर्षहरूको अन्वेषण गर्न र अनुप्रयोग गर्न आग्रह गर्दछ - जुन एक हरित, अधिक लचिलो भारतीय वस्त्र उद्योगको दिशामा एक महत्त्वपूर्ण माइलखुट्टी हो।

*********


(Release ID: 2153074)