ग्रामीण विकास मन्त्रालय
महिला स्वयं सहायता समूहहरूलाई वितरण गरिएको ऋण 11 लाख करोड रुपियाँसम्म पुग्यो
ग्रामीण वित्तीय सशक्तिकरणमा एक ऐतिहासिक उपलब्धि
Posted On:
29 JUL 2025 2:28PM by PIB Gangtok
ग्रामीण विकास मन्त्रालयले दीन दयाल अन्त्योदय योजना - राष्ट्रिय ग्रामीण जीविकोपार्जन मिशन (डीएवाई-एनआरएलएम) अन्तर्गत एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, जस अन्तर्गत औपचारिक वित्तीय संस्थानहरूको माध्यमद्वारा महिला स्वयं सहायता समूहहरू (एसएचजी) लाई 11 लाख करोड रुपियाँभन्दा अधिक ऋण वितरित गरिएको छ।
ब्याङ्किङ विरादरीको अटुट समर्थनबाट सम्भव भएको यो ऐतिहासिक उपलब्धिले समावेशी विकास, महिला सशक्तिकरण र जमिनी स्तरमा वित्तीय लचिलोपनलाई सुदृढ पार्ने दिशामा सरकारको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
डीएवाई-एनआरएलएमको मुख्य मोडेलको उद्देश्य गरीब महिलाहरूलाई मजबुत सामुदायिक संस्थाहरूमा सङ्गठित गरेर र उनीहरूको जीविकोपार्जनलाई सहारा दिएर ग्रामीण गरिबीलाई समाप्त गर्नु हो। अर्थपूर्ण वित्तीय समावेशीकरणलाई सुगम बनाएर र महिलाहरूको नेतृत्वमा रहेका उद्यमहरूलाई बढ़ावा दिएर एसएचजी ग्रामीण क्षेत्रहरूमा ऋण वितरणको लागि आवश्यक माध्यम बनेका छन्। ऋणको यो निरन्तर प्रवाहले ग्रामीण महिलाहरूको उद्यमशीलता अभियानलाई रेखाङ्कित गर्दछ, जसले उनीहरूलाई आयआर्जन गर्ने उद्यमहरू स्थापना गर्ने र उनीहरूको विस्तार गर्नमा मद्दत मिल्दछ।
यो उल्लेखनीय सफलता प्रतिबद्ध ब्याङ्किङ साझेदारहरू बिना सम्भव हुने थिएन, जसले करोडौँ महिलाहरूको आकांक्षालाई समृद्ध जीविकोपार्जनमा परिणत गर्न मद्दत गरे। उनीहरूको योगदानले स्वयं सहायता समूह आन्दोलनलाई मजबुत बनाएको छ र सामूहिक सपनाबाट आर्थिक आत्मनिर्भरतातर्फको यात्रालाई तीव्र बनाएको छ।
समर्पित ब्याङ्क सखीहरू - स्वयं सहायता समूहका महिला सदस्यहरू, जसले ब्याङ्किङ एजेन्टको रूपमा सेवा गर्दछन्- उनीहरूले पनि यो कार्यमा प्रमुख भूमिका खेलेका छन्। ऋण सुविधा र पुनर्भुक्तानी सहायतामा उनीहरूको अथक प्रयास महत्त्वपूर्ण रहेको छ, जसले स्वयं सहायता समूह र औपचारिक ब्याङ्किङ संस्थानहरू बीच विश्वसनीय सम्पर्कको रूपमा कार्य गर्दछ।
डीएवाई-एनआरएलएम र लखपति दिदी योजना जस्ता पहलहरूको माध्यमद्वारा स्वयं सहायता समूह आन्दोलनले लाखौँ महिलाहरूलाई सशक्त बनाउँदै आएको छ। यो 11 लाख करोड रुपियाँ वितरणको आँकड़ाले 98 प्रतिशतभन्दा बढीको असाधारण भुक्तानी दरद्वारा समर्थित - धितो-रहित ऋण, ब्याज अनुदान र अन्य वित्तीय सहायता प्रदान गर्ने पहलहरूको सफलतालाई प्रकाश पार्छ।
ब्याङ्क र ब्याङ्क सखीहरूको प्रमुख योगदान
यहाँ के उल्लेख गर्न सकिन्छ भने ब्याङ्कहरूले प्राथमिकता क्षेत्र ऋण अन्तर्गत ऋण र वित्तीय सेवाहरू प्रदान गरेका छन् र स्वयं सहायता समूह (एसएछजी) का सदस्यहरूको लागि ऋण पहुँच र प्रक्रियाहरूलाई पनि सरल बनाएका छन्। अर्कोतिर, ब्याङ्क सखीहरूले सदस्यहरूलाई ब्याङ्किङ कारोबार, दस्तावेजीकरण र ऋण आवेदनहरूमा सहायता प्रदान गरेका छन्, बीमा र पेन्शन जस्ता योजनाहरूको बारेमा वित्तीय साक्षरता र जागरूकतालाई बढ़ाएका छन्, ब्याङ्क खाताहरूको लागि आधार र मोबाइल सिडिङको सुविधा प्रदान गरेका छन् र समयमै ऋण चुक्ता गर्नका लागि समुदाय-आधारित असुली तन्त्रहरूलाई मजबुत बनाएका छन्।
यो उपलब्धि केवल एक आँकड़ाभन्दा कहीँ अधिक छ - यो त्यस क्षमताको उत्सव हो, जो तब प्रकट हुन्छ, जब महिलाहरूलाई विश्वास, साधन र अवसरले सशक्त बनाउँछ। एकसाथ मिलेर यसले एक अधिक समावेशी र लचिलो ग्रामीण भारत निर्माण गर्न मद्दत गर्नेछ।
********
(Release ID: 2149866)