निर्वाचन आयोग
                
                
                
                
                
                    
                    
                        उपराष्ट्रपति चुनाउ, 2025
                    
                    
                        
निर्वाचन आयोगले रिटर्निङ अफिसर र सहायक रिटर्निङ अफिसर नियुक्त गर्यो
                    
                
                
                    Posted On:
                25 JUL 2025 11:28AM by PIB Gangtok
                
                
                
                
                
                
                
	- भारतको निर्वाचन आयोग, अनुच्छेद 324 अन्तर्गत भारतका उपराष्ट्रपतिको पदका लागि चुनाउ गराउन अधिकृत छ। भारतको उपराष्ट्रपतिको पदको चुनाउ राष्ट्रपति तथा उपराष्ट्रपति चुनाउ अधिनियम, 1952 र त्यस अन्तर्गत बनाइएका नियमहरू अर्थात् राष्ट्रपति तथा उपराष्ट्रपति चुनाउ नियम, 1974 द्वारा शासित हुन्छ।
- राष्ट्रपति तथा उपराष्ट्रपति चुनाउ अधिनियम, 1952 को धारा 3 अन्तर्गत, चुनाउ आयोगले केन्द्र सरकारसँग परामर्श गरी एक रिटर्निङ अफिसर नियुक्त गर्दछ, जसको कार्यालय नयाँ दिल्लीमा हुनेछ र उनले एक वा अधिक सहायक रिटर्नइङ अफिसर पनि नियुक्त गर्न सक्छन्। परम्परा अनुसार, लोकसभाका महासचिव वा राज्यसभाका महासचिवलाई आलोपालोद्वारा रिटर्निङ अफिसरको रूपमा नियुक्त गरिन्छ। पछिल्लो उपराष्ट्रपति चुनाउको समयमा, लोकसभाका महासचिवलाई रिटर्नइङ अफिसरको रूपमा नियुक्त गरिएको थियो।
- त्यसकारण, चुनाउ आयोगले विधि तथा न्याय मन्त्रालयसँग परामर्श गरी र राज्यसभाका माननीय उपसभापतिको सहमतिमा राज्यसभाका महासचिवलाई आगामी उपराष्ट्रपति चुनाउ, 2025 को लागि रिटर्निङ अफिसरको रूपमा नियुक्त गरेको छ।
- भारतको निर्वाचन आयोगले राज्यसभा सचिवालयकी संयुक्त सचिव सुश्री गरिमा जैन र राज्यसभा सचिवालयका निर्देशक श्री विजय कुमारलाई उपराष्ट्रपति चुनाउ, 2025 को क्रममा सहायक रिटर्निङ अफिसरको रूपमा नियुक्त गरेको छ।
- अपेक्षित राजपत्र अधिसूचना आज छुट्टाछुट्टै जारी गरिँदैछ।
******
                
                
                
                
                
                (Release ID: 2148305)
                Visitor Counter : 3
                
                
                
                    
                
                
                    
                
                Read this release in: 
                
                        
                        
                            English 
                    
                        ,
                    
                        
                        
                            Urdu 
                    
                        ,
                    
                        
                        
                            Marathi 
                    
                        ,
                    
                        
                        
                            हिन्दी 
                    
                        ,
                    
                        
                        
                            Bengali 
                    
                        ,
                    
                        
                        
                            Bengali-TR 
                    
                        ,
                    
                        
                        
                            Manipuri 
                    
                        ,
                    
                        
                        
                            Assamese 
                    
                        ,
                    
                        
                        
                            Punjabi 
                    
                        ,
                    
                        
                        
                            Gujarati 
                    
                        ,
                    
                        
                        
                            Odia 
                    
                        ,
                    
                        
                        
                            Tamil 
                    
                        ,
                    
                        
                        
                            Telugu 
                    
                        ,
                    
                        
                        
                            Kannada 
                    
                        ,
                    
                        
                        
                            Malayalam