प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले घानाका राष्ट्रपतिसँग भेट गरे
Posted On:
03 JUL 2025 1:15AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज घानाका राष्ट्रपति महामहिम डा. जोन ड्रामानी महामासँग भेट गरेका छन्। जुबली हाउसमा आइपुगेपछि राष्ट्रपति महामाले उनलाई स्वागत जनाए। प्रधानमन्त्रीको घानाको यो राजकीय भ्रमण तीन दशकमा पहिलो पटक भएको हो।
दुई नेताहरूले सीमित तथा प्रतिनिधिमण्डल स्तरको प्रारूपमा भेटघाट गरे अनि व्यापक वार्ता गरे। उनीहरूले सम्बन्धलाई व्यापक साझेदारी स्तरसम्म बढ़ाउनमा सहमति जनाए। दुवै नेताहरूले भारत र घाना बीचको मधुर तथा समय-परीक्षित सम्बन्धलाई पुष्टि गरे अनि व्यापार र निवेश, कृषि, क्षमता निर्माण, डिजिटल प्रविधि, पूर्वाधार, र नागरिक-नागरिक सम्बन्ध लगायत प्रमुख क्षेत्रहरूमा सहयोग विस्तार गर्ने तरिकाहरूबारे चर्चा गरे। उनीहरूले घानामा बढ्दो द्विपक्षीय व्यापार र भारतीय निवेशलाई स्वागत जनाए। नेताहरूले रक्षा र सुरक्षा साझेदारीलाई सुदृढ पार्नका लागि पनि चर्चा गरे। उनीहरूले विशेष गरी भारत-समर्थित पूर्वाधार र क्षमता निर्माण परियोजनाहरूको माध्यमद्वारा विकास सहयोग साझेदारीलाई अझ सुदृढ पार्न प्रतिबद्ध थिए। भारतले स्वास्थ्य, औषधि, डिजिटल सार्वजनिक पूर्वाधार, यूपीआई र कौशल विकासका क्षेत्रमा आफ्ना अनुभवहरू साझा गर्न प्रस्ताव गर्यो। प्रधानमन्त्रीले ग्लोबल साउथको चिन्ता व्यक्त गर्न भारतको गहिरो प्रतिबद्धता व्यक्त गरे तथा यस सन्दर्भमा घानाको ऐक्यबद्धताको लागि धन्यवाद दिए। प्रधानमन्त्रीले घानामा रहेका 15,000 भारतीय समुदायको हेरचाह गरेकोमा राष्ट्रपति महामालाई पनि धन्यवाद दिए।
दुई नेताहरूले संयुक्त राष्ट्र सङ्घ सुधारहरू सहित पारस्परिक हितका वैश्विक मुद्दाहरूमा चर्चा गरे। प्रधानमन्त्रीले पहलगाम आतङ्कवादी हमलाको क्रममा राष्ट्रपति महामालाई उनको समर्थन र ऐक्यबद्धताको लागि धन्यवाद दिए। दुवै पक्ष आतङ्कवाद विरुद्धको वैश्विक लडाईँलाई सुदृढ पार्न सहमत भए। प्रधानमन्त्रीले संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा यसको कार्यकाल र राष्ट्रमण्डल महासचिवको रूपमा घानाका विदेशमन्त्रीको निर्वाचन सहित घानाको बढ्दो अन्तर्राष्ट्रिय छविको लागि बधाई दिए। दुवै नेताहरूले लोकतान्त्रिक मूल्य, दक्षिण-दक्षिण सहयोग र सतत विकास एवं वैश्विक शान्तिको लागि साझा दृष्टिकोणप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याए।
प्रतिनिधिमण्डल स्तरको वार्तापछि, संस्कृति, मानक, आयुर्वेद र परम्परागत चिकित्सा, र विदेश मन्त्रालयहरू बीचको संलग्नताको लागि संयुक्त आयोग संयन्त्रको क्षेत्रमा चारवटा सम्झौता पत्र आदान-प्रदान गरियो। राष्ट्रपति महामाले प्रधानमन्त्रीको सम्मानमा एक राज्य भोज आयोजना गरे। उनको शानदार आतिथ्यको लागि धन्यवाद दिँदै प्रधानमन्त्रीले राष्ट्रपति महामालाई पारस्परिक रूपमा सुविधाजनक समयमा भारत भ्रमण गर्न आमन्त्रित गरे।
******
(Release ID: 2141829)
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali-TR
,
Assamese
,
Manipuri
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam