प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीद्वारा घानाको राष्ट्रिय सम्मान ग्रहण
प्रविष्टि तिथि:
03 JUL 2025 2:12AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई उनको असाधारण शासन कला अनि प्रभावशाली वैश्विक नेतृत्त्वमा योगदानको निम्ति घानाका राष्ट्रपति डोन ड्रामानी महामाले आज घानाको राष्ट्रिय सम्मान – अफिसर अव् दी अर्डर अव् दी स्टार अव् घानाद्वारा सम्मानित गरे। 1.4 बिलियन भारतीयको तर्फबाट यो पुरस्कार स्वीकार गर्दै प्रधानमन्त्रीले यो सम्मान भारतका युवाहरूको आकाङ्क्षा, सांस्कृतिक परम्परा अनि विविधता तथा घाना अनि भारतबीच ऐतिहासिक सम्बन्धलाई समर्पित गरे।
प्रधानमन्त्रीले यस विशेष सम्मानका लागि घानाका जनता अनि सरकारलाई धन्यवाद दिए। दुवै देशको साझा लोकतान्त्रिक मूल्य अनि परम्पराले साझेदारीलाई अघि बढाइरहने उनले बताए। यस पुरस्कारले दुवै देशबीच मित्रतालाई अझ गहिरो बनाउनका साथै द्विपक्षीय सम्बन्धलाई अघि लैजाने नयाँ जिम्मेवारी उनलाई सुम्पिएको उनले बताए। घानाको उनको ऐतिहासिक राजकीय यात्राले भारत-घाना सम्बन्धलाई नयाँ गति प्रदान गर्ने पूर्ण विश्वास रहेको पनि प्रधानमन्त्री मोदीले बताए।
******
(रिलीज़ आईडी: 2141810)
आगंतुक पटल : 22
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Bengali
,
Bengali-TR
,
Manipuri
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam