मन्त्रीमण्डल
मन्त्रिपरिषद्ले राष्ट्रिय खेल नीति 2025 लाई मञ्जुरी दियो
राष्ट्रको समग्र विकासका लागि खेलको शक्तिको दोहन गर्ने दृष्टिकोण
Posted On:
01 JUL 2025 3:14PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रिपरिषद्ले आज राष्ट्रिय खेल नीति (एनएसपी) 2025 लाई मञ्जुरी दियो, जुन देशको खेल परिदृश्यलाई पुन: आकार दिने र खेलको माध्यमद्वारा नागरिकहरूलाई सशक्त बनाउने उद्देश्यले एक ऐतिहासिक पहल हो।
नयाँ नीतिले विद्यमान राष्ट्रिय खेल नीति, 2001 लाई प्रतिस्थापन गर्दछ र भारतलाई वैश्विक खेल महाशक्तिको रूपमा स्थापित गर्ने अनि 2036 ओलम्पिक खेलहरू सहित अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरूमा उत्कृष्टताको लागि एक मजबुत दाबेदारको रूपमा स्थापित गर्न एक दूरदर्शी र रणनीतिक मार्गचित्र तयार गर्दछ।
एनएसपी 2025 केन्द्रीय मन्त्रालयहरू, नीति आयोग, राज्य सरकारहरू, राष्ट्रिय खेल महासङ्घहरू (एनएसएफ), एथलिट, डोमेन विशेषज्ञ र सार्वजनिक हितधारकहरूलाई सम्मिलित गर्दै व्यापक परामर्शको परिणाम हो। नीति पाँच प्रमुख स्तम्भहरूमा आधारित छ।
1. वैश्विक मञ्चमा उत्कृष्टता
यस स्तम्भको उद्देश्य निम्न छन्:
- जमिनी स्तरदेखि लिएर शीर्ष स्तरसम्मका खेल कार्यक्रमबहरूलाई मजबुत बनाउनु, जसमा प्रतिभाको प्रारम्भिक पहिचान र पोषणको लागि संयन्त्र सामेल छन्।
- प्रतिस्पर्धी लिग र प्रतियोगिताहरूको स्थापनालाई प्रवर्द्धन गर्नु अनि ग्रामीण र शहरी दुवै क्षेत्रमा खेल पूर्वाधार विकास गर्नु।
- प्रशिक्षण, कोचिङ र समग्र एथलिट समर्थनको लागि विश्व स्तरीय प्रणाली निर्माण गर्नु।
- राष्ट्रिय खेल महासङ्घहरूको क्षमता र शासनलाई बढाउनु।
- एथलेटिक प्रदर्शनलाई बढावा दिनका लागि खेल विज्ञान, चिकित्सा र प्रविधि अपनाउनलाई प्रोत्साहित गर्नु।
- प्रशिक्षक, प्राविधिक अधिकारीहरू र सहयोगी कर्मचारीहरू सहित खेल कर्मीहरूलाई तालिम र विकसित गर्नु।
2. आर्थिक विकासका लागि खेल
एनएसपी 2025 ले खेलहरूको आर्थिक सम्भावनालाई मान्यता दिन्छ र यसको उद्देश्य छन्:
- खेल पर्यटनलाई प्रवर्द्धन गर्नु र भारतमा प्रमुख अन्तर्राष्ट्रिय कार्यक्रमहरूलाई आकर्षित गर्नु।
- खेल निर्माण पारिस्थइतिकी तन्त्रलाई मजबुत बनाउनु र क्षेत्रमा स्टार्टअप र उद्यमशीलतालाई प्रवर्द्धन गर्नु।
- सार्वजनिक-निजी साझेदारी (पीपीपी), कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) र अभिनव वित्तपोषण पहलहरूको माध्यमद्वारा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नु।
3. सामाजिक विकासका लागि खेल
नीतिले सामाजिक समावेशीकरणलाई अगाडि बढाउनमा खेलहरूको भूमिकामाथि जोड दिन्छ:
- महिला, आर्थिक रूपमा कमजोर वर्ग, आदिवासी समुदाय र विकलाङ्ग व्यक्तिहरूको बीच केन्द्रित कार्यक्रमहरूको माध्यमद्वारा सहभागितालाई बढावा दिने।
- आदिवासी र परम्परागत खेलहरूलाई पुनर्जीवित र प्रवर्द्धन गर्ने।
- शिक्षामा खेलहरूलाई एकीकृत गरेर, स्वयंसेवालाई प्रोत्साहित गरेर र दोहोरो क्यारियरका मार्गहरूलाई सुविधाजनक बनाएर खेलहरूलाई एक व्यवहार्य करियर विकल्पको रूपमा स्थान दिने।
- खेलहरूको माध्यमद्वारा भारतीय प्रवासीहरूलाई जोड्ने।
4. जनआन्दोलनको रूपमा खेल
खेललाई राष्ट्रिय आन्दोलन बनाउनका लागि नीतिले निम्न उद्देश्य राखेको छ:
- राष्ट्रव्यापी अभियान र समुदाय आधारित कार्यक्रमहरूको माध्यमद्वारा जन सहभागिता र फिटनेसको संस्कृतिलाई अगाडि बढाउने।
- विद्यालय, कलेज र कार्यस्थलहरू आदिका लागि फिटनेस सूचकाङ्कहरू षुरु गर्ने।
- खेल सुविधाहरूमा वैश्विक पहुँच बढाउने।
5. शिक्षासँग एकीकरण (एनईपी 2020)
राष्ट्रिय शिक्षा नीति 2020 सँग मिल्दोजुल्दो, एनएसपी 2025 ले निम्नलिखित प्रस्ताव गर्दछ:
- विद्यालय पाठ्यक्रममा खेललाई एकीकृत गर्ने।
- खेल शिक्षा र जागरूकता प्रवर्द्धन गर्नका लागि शिक्षक र शारीरिक शिक्षा शिक्षकहरूलाई विशेष तालिमले लैस गर्नु।
6. रणनीतिक रूपरेखा
यसको उद्देश्य प्राप्त गर्न, एनएसपी 2025 ले निम्न समावेश गर्ने एक व्यापक कार्यान्वयन रणनीति तयार गर्दछ:
- शासन: कानुनी रूपरेखा सहित खेल प्रशासनको लागि एक बलियो नियामक रूपरेखा स्थापना गर्नु।
- निजी क्षेत्रको वित्तपोषण र समर्थन: नवीन वित्तपोषण संयन्त्रहरू विकास गर्नु र पीपीपी अनि सीएसआरको माध्यमद्वारा निजी क्षेत्रको सहभागितालाई सामेल गर्नु।
- प्रविधि र नवाचार: प्रदर्शन ट्र्याकिङ, अनुसन्धान र कार्यक्रम कार्यान्वयनको लागि एआई र डेटा विश्लेषण सहित उदीयमान प्रविधिहरूको लाभ उठाउनु।
- राष्ट्रिय अनुगमन रूपरेखा: राम्रोसँग परिभाषित बेञ्चमार्क, प्रमुख प्रदर्शन सूचक (केपीआई) र समय-सीमाबद्ध लक्ष्यहरू सहितको राष्ट्रिय रूपरेखा सिर्जना गर्नु।
- राज्यहरूको लागि आदर्श नीति: एनएसपी 2025 ले राज्य र केन्द्र शासित प्रदेशहरूको लागि आदर्शको रूपमा काम गर्नेछ, जसले तिनीहरूलाई राष्ट्रिय उद्देश्यहरूसँग पङ्क्तिबद्ध रूपमा आफ्नै नीतिहरू परिमार्जन गर्न वा तयार गर्नका लागि प्रोत्साहित गर्नेछ।
- सम्पूर्ण सरकारी दृष्टिकोण: नीतिले समग्र प्रभाव प्राप्त गर्नका लागि सबै मन्त्रालय र विभागका गतिविधि, योजना र कार्यक्रमहरूमा खेल प्रवर्द्धनको एकीकरणको लागि आह्वान गर्दछ।
आफ्नो संरचित दृष्टिकोण र अग्रगामी रणनीतिको साथ, राष्ट्रिय खेल नीति 2025 ले भारतलाई स्वस्थ, बढी संलग्न र सशक्त नागरिकहरू सिर्जना गर्दै वैश्विक रूपमा एक अग्रणी खेल राष्ट्र बन्ने दिशामा परिवर्तनकारी बाटोमा अग्रसर गराउँछ।
********
(Release ID: 2141240)
Read this release in:
Assamese
,
Telugu
,
English
,
Urdu
,
Hindi
,
Marathi
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Kannada
,
Malayalam