आयुष
इतिहास रचियो : योग सङ्गम कार्यक्रमको निम्ति पञ्जिकरण 4 लाख पार
एक लाख योग स्थानका साथ राजस्थान अग्रणी
यसका नजिकमा व्यापक सहभागितासहित 1 लाख+ कार्यक्रमका साथ आन्ध्र प्रदेश
Posted On:
18 JUN 2025 12:46PM by PIB Gangtok
आरोग्यताको निम्ति व्यापक एकताको प्रदर्शन गर्दै, 11 औं अन्तरराष्ट्रिय योग दिवस (आइडीवाई) 2025 को ध्वजवाहक कार्यक्रम रहेको योग सङ्गमको निम्ति पञ्जिकरणले ऐतिहासिक 4 लाख पार गर्दै पारम्परिक स्वास्थ्य चलनको माध्यमद्वारा सर्वव्यापी स्वास्थ्यको निम्ति वैश्विक प्रकाशस्तम्भका रूपमा भारतको भूमिकालाई बल प्रदान गरेको छ।
21 जूनको दिन, देशको लाखौं स्थानमा एक साथ ऐतिहासिक लयबद्ध योग प्रदर्शनी गरिनेछ, जुन भारतको आरोग्यताको यात्राको निम्ति एउटा अभूतपूर्व क्षण हुनेछ। यस राष्ट्रव्यापी आन्दोलनको सबैभन्दा विख्यात प्रदर्शनी विशाखापटनममा हुनेछ, जहाँ प्रधानमन्त्री श्री नरेन्द्र मोदीका साथमा आन्ध्र प्रदेशका मुख्यमन्त्री श्री चन्द्रबाबु नायडु अनि केन्द्रिय आयुष तथा स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री श्री प्रतापराव जाधवले सामान्य योग अभ्यासको निम्ति 5 लाखभन्दा धेरै योगप्रेमीहरूका साथ भाग लिनेछन्।
21 जून, 2025 को दिन बिहान 6.30 बजेदेखि 7.45 बजेसम्म आयोजित हुने योग सङ्गम आजसम्मको सबैभन्दा विशाल योग अभ्यास कार्यक्रम हुनेछ, जसमा लाखौं संस्थान, सङ्गठन अनि समुदायले लयबद्ध रूपमा योग अभ्यास गर्नेछन्।
राजस्थान यस विषयमा अग्रणी रहेको छ, जहाँ उल्लेखनीय रूपमा 1,38,033 वटा पञ्जिकरण प्राप्त भएको छ भने यसपछि
आन्ध्र प्रदेश 1,38,033
उत्तर प्रदेश 1,01,767
मध्य प्रदेश 26,159
गुजरात 19,951
हिमाचल प्रदेशबाट 12,000 पञ्जिकरण प्राप्त भइसकेको छ।
सहभागितामा यस प्रकारको उछालले यस वर्षको ध्येयवाक्य “एक धरती, एक स्वास्थ्यका लागि योग” प्रतिको जोशलाई दर्शाउँछ, जुन सन्देश वैश्विक वहनीयता अनि व्यक्तिगत सुस्वास्थ्यका लागि योगको सन्देश अनुरूप छ।
आइआइटी अनि आइआइएमदेखि तृणमूल स्तरका एनजीओ अनि शीर्ष करपोरेट जगत लगायत विविध क्षेत्रका संस्थानहरूले कार्वाहीको आह्वानलाई अँगाली रहेका छन्। राष्ट्रव्यापी समन्वयनको निम्ति योग सङ्गमको पोर्टल (https://yoga.ayush.gov.in/yoga-sangam) प्रमुख केन्द्र बनेको छ।
योग सङ्गममा कसरी सामेल हुने :
https://yoga.ayush.gov.in/yoga-sangam मा जानुहोस्
आफ्नो समूह/ सङ्गठनको पञ्जिकरण गराउनुहोस्।
माननीय प्रधानमन्त्रीको सम्बोधनको सीधा प्रसारन बिहान 6.30 बजेदेखि 7.00 बजे र योग सत्रको शुरुवात 7.00 बजेदेखि 7.45 बजेसम्म।
आफ्नो कार्यक्रमको विवरण अपलोड गरी आधिकारिक प्रशंसा पत्र प्राप्त गर्नुहोस्।
चार लाखभन्दा धेरै सङ्गठनका साथ गति निर्माण हुँदै जाँदा, आयुष मन्त्रालय सबैलाई यस रूपान्तरणकारी क्षणको अंश बन्न आमन्त्रित गर्दछ। योगका साथ हामी एकबद्ध बनौं – स्वास्थ्य, सौहार्दता अनि उत्तम भविष्यको निम्ति।
********
(Release ID: 2137202)