प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले जी7 आउटरिच सत्रलाई सम्बोधन गरे


Posted On: 18 JUN 2025 11:13AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज कनानास्किसमा जी7 शिखर सम्मेलनको आउटरिच सत्रमा भाग लिए। उनले ‘ऊर्जा सुरक्षाः परिवर्तनशील संसारमा पहुँच र सामर्थ्य सुनिश्चित गर्नका लागि विविधीकरण, प्रविधि र बुनियादी ढाँचा’ विषयक एक सत्रलाई सम्बोधन गरे। उनले क्यानडाका प्रधानमन्त्री महामहिम श्री मार्क कार्नीलाई निमन्त्रणाको लागि धन्यवाद दिए तथा जी7 लाई आफ्नो यात्राको 50 वर्ष पूरा भएको अवसरमा बधाई दिए।

आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले ऊर्जा सुरक्षा भविष्यका पिँढ़ीहरूले सामना गर्ने प्रमुख चुनौतीहरू मध्ये एक रहेको कुरामाथि प्रकाश पारे। समावेशी विकासप्रति भारतको प्रतिबद्धताको बारेमा विस्तारले चर्चा गर्दै उनले भने अनुसार उपलब्धता, पहुँच, सामर्थ्य र स्वीकार्यता त्यो सिद्धान्त हो, जसले ऊर्जा सुरक्षाप्रति भारतको दृष्टिकोणलाई रेखाङ्कित गरे। उनले थप जोड दिँदै भारत विश्वको सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थतन्त्र भए पनि यसले समय अगावै पेरिस प्रतिबद्धताहरूलाई सफलतापूर्वक पूरा गरेको बताए। टिकाऊ र हरियो भविष्यप्रति भारतको प्रतिबद्धतालाई उजागर गर्दै उनले भारतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, आपदा प्रतिरोधी पूर्वाधारको लागि गठबन्धन, वैश्विक जैव ईन्धन गठबन्धन, मिशन लाइफ र एक सूर्य - एक विश्व - एक ग्रिड जस्ता धेरै वैश्विक पहलहरू गरेको कुरामा जोड दिए अनि अन्तर्राष्ट्रिय समुदायलाई तिनीहरूलाई अझ मजबुत बनाउन आह्वान गरे।

प्रधानमन्त्रीले विश्वका विभिन्न हिस्साहरूमा अनिश्चितता र सङ्घर्षले ग्लोबल साउथका देशहरूमा एकदमै नराम्रो प्रभाव पारेको बताए अनि भारतले ग्लोबल साउथको आवाजलाई विश्व मञ्चमा बुलन्द गर्ने आफ्नो जिम्मेवारीको रूपमा लिएको बताए। उनले जोड दिए अनुसार यदि अन्तर्राष्ट्रिय समुदाय टिकाऊ भविष्यको बारेमा गम्भीर छ भने ग्लोबल साउथका प्राथमिकता र चिन्ताहरूलाई बुझ्नु विश्वको लागि महत्त्वपूर्ण छ। सुरक्षा चुनौतीहरूमा जोड दिँदै उनले देशहरूलाई आतङ्कवाद विरुद्धको वैश्विक लडाईँलाई मजबुत बनाउन आह्वान गरे। आतङ्कवाद विरुद्धको लडाईँमा भारतलाई मजबुत समर्थन गरेकोमा विश्व समुदायलाई धन्यवाद दिँदै उनले पहलगाम आतङ्कवादी हमला भारतमाथि मात्र नभई सम्पूर्ण मानवतामाथि हमला भएको बताए। उनले आतङ्कवादलाई समर्थन र प्रवर्द्धन गर्ने देशहरू विरुद्ध कडा कारबाही गर्न आह्वान गरे। उनले आतङ्कवादसँग व्यवहार गर्दा दोहोरो मापदण्ड हुनुहुँदैन र आतङ्कवादलाई समर्थन गर्नेहरूलाई कहिल्यै पुरस्कृत गर्नु नहुने कुरामा जोड दिए। आतङ्कवादलाई मानवताको लागि गम्भीर खतराको सं5ा दिँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष विचार गर्नका लागि महत्त्वपूर्ण प्रश्न राखे:

- के देशहरूले आतङ्कवादबाट उत्पन्न गम्भीर खतरालाई तब बुझ्नेछन्, जब उनीहरू यसको निशाना बन्नेछन्?

- आतङ्कवादका अपराधीहरू र यसका पीडितहरूको तुलना कसरी गर्न सकिन्छ?

- के वैश्विक संस्थाहरू आतङ्कवादको लागि मौन दर्शक बनिरहनेछन्?

प्रधानमन्त्रीले प्रविधि, एआई र ऊर्जा बीचको सम्बन्धको बारेमा पनि कुरा उठाए। उनले भने, एआई दक्षता र नवाचारलाई बढ़ावा दिनका लागि एक महत्त्वपूर्ण उपकरण बनेको छ, तर प्रविधि आफैंमा ऊर्जा गहन छ र यसलाई स्वच्छ तथा हरित पहलहरूको माध्यमद्वारा यसलाई कसरी टिकाऊ बनाउन सकिन्छ भनेर यसको रणनीति बनाउनु महत्त्वपूर्ण छ। प्रविधिलाई बढ़ावा दिनका लागि भारतको मानव-केन्द्रित दृष्टिकोणको बारेमा विस्तारले बताउँदै उनले प्रभावकारी हुनको लागि कुनै पनि प्रविधिले आम जनताको जीवनमा मूल्य ल्याउनुपर्ने उल्लेख गरे। उनले सुझाउ दिए कि एआईसँग सम्बन्धित वैश्विक शासनका मुद्दाहरूलाई सम्बोधन गर्नु एआईको चिन्ताबाट मुक्ति र क्षेत्रमा नवाचारलाई बढ़ावा दिनका लागि महत्त्वपूर्ण छ। उनले के कुरामा जोड दिए भने एआईको युगमा महत्त्वपूर्ण खनिजहरूको सुरक्षित र लचिलो आपूर्ति शृङ्खला हुनु महत्त्वपूर्ण छ। प्रधानमन्त्रीले अघि भने, भारतमा प्रचुर मात्रामा उपलब्ध गुणवत्तापूर्ण तथा विविधतापूर्ण डेटा जिम्मेवार एआईको लागि महत्त्वपूर्ण छ।

प्रधानमन्त्रीले के कुरामा जोड दिए भने प्रविधि आधारित विश्वको लागि एक स्थायी भविष्यलाई साकार गर्नका लागि देशहरू बीच घनिष्ठ सहयोगको आवश्यकता छ र यसलाई प्राप्त गर्नका लागि मानिस र ग्रहलाई प्रगतिको केन्द्रमा राख्नुपर्छ। सत्रमा प्रधानमन्त्रीको सम्बोधनलाई यहाँ हेर्न सकिन्छ (लिङ्क)

*********


(Release ID: 2137193)