प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले ग्राण्ड क्रस अफ् द अर्डर अफ् मकारियोस III प्राप्त गरे


Posted On: 16 JUN 2025 1:33PM by PIB Gangtok

साइप्रसका राष्ट्रपति महामहिम निकोस क्रिस्टोडौलिड्सले आज प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई साइप्रसको सम्मान - ग्राण्ड क्रस अफ् द अर्डर अफ् मकारियोस III III प्रदान गरे।

1.4 बिलियन भारतीयहरूको तर्फबाट सम्मान स्वीकार गर्दै प्रधानमन्त्रीले साइप्रसका राष्ट्रपति, सरकार र जनताप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले यो पुरस्कार भारत र साइप्रस बीचको लामो समयदेखिको मधुर सम्बन्धलाई समर्पित गरे, जुन साझा मूल्य र आपसी विश्वासमा आधारित छ। उनले थप उल्लेख गरे कि यो पुरस्कार भारतको ‘वसुधैव कुटुम्बकम्’ वा विश्व एक परिवार हो-को सदियौँ पुरानो दर्शनको मान्यता हो, जसले वैश्विक शान्ति र प्रगतिको लागि यसको दृष्टिकोणको मार्गदर्शन गर्दछ।

प्रधानमन्त्रीले यो सम्मानलाई भारत र साइप्रस बीचको साझेदारीलाई मजबुत पार्ने र विविधताल्याउने नयाँ प्रतिबद्धताको रूपमा स्वीकार गरे। उनले यो पुरस्कार शान्ति, सुरक्षा, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र समृद्धिप्रति दुई देशको अटल प्रतिबद्धताको प्रतीक भएकोमा जोड दिए।

*******


(Release ID: 2136668)