प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

आत्मनिर्भरता अनि आधुनिकीकरणलाई सुदृढ बनाउँदै विगत 11 वर्षमा भारतको रक्षा क्षेत्रको अभूतपूर्व वृद्धिको प्रधानमन्त्रीद्वारा सराहना


Posted On: 10 JUN 2025 9:47AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले, रक्षा उत्पादनमा आधुनिकीकरण अनि आत्मनिर्भरतामाथि स्पष्ट ध्यान केन्द्रित गर्दै विगत 11 वर्षमा भारतको रक्षा क्षेत्रले अभूतपूर्व वृद्धि गरेको बताएका छन्।

प्रधानमन्त्रीले भारतका जनमानसको सामूहिक सङ्कल्प अनि भारतको र भारतलाई रक्षा क्षेत्रमा अरू धेरै आत्मनिर्भरता अनि तकनिकी कौशलतर्फ लैजाने उनीहरूको अटूट प्रतिबद्धतामाथि पनि गर्व व्यक्त गरेका छन्।

माइगभइण्डियाको एक्समा पोस्टको जवाफ दिँदै श्री मोदीले भनेका छन् :

“विगत 11 वर्षमा हाम्रो रक्षा क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन भएको छ, जसमा रक्षा उत्पादनको मामिलामा आधुनिकीकरण अनि आत्मनिर्भरता दुवैमाथि स्पष्ट ध्यान दिइएको छ। कसरी भारतका मानिसहरू भारतलाई सुदृढ बनाउने सङ्कल्पका साथ एकजुट भएका छन् भन्ने देखेर खुशी लागेको छ।” #11YearsOfRakshaShakti"

*******


(Release ID: 2135630)