WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभ्स सहयोगी र कन्टेन्ट क्रिएटर्सका लागि एक शक्तिशाली मञ्च हो: हिमेश रेशमिया


वेभ्स 2025 ले भारतीय सङ्गीतमाथि प्रकाश पार्छ - भारतीय सङ्गीतलाई नयाँ उँचाइमा लैजाँदै

 Posted On: 04 MAY 2025 5:46PM |   Location: PIB Gangtok

मुम्बई, 4 मई 2025

 

वेभ्स 2025 शिखर सम्मेलनको तेस्रो दिन भारतीय सङ्गीतलाई नयाँ उँचाइमा लैजाँदै शीर्षकको एक ऐतिहासिक सत्र आयोजना गरियो, जसमा उद्योगका दूरदर्शी तथा परिवर्तनकर्ताहरूको एक उच्चस्तरीय प्यानल सामेल थियो, जो भारतीय सङ्गीतको वैश्विक उदय र भविष्यका अवसरहरूमाथि चर्चा गर्नका लागि भेला भएका थिए।

यो आकर्षक सत्रले भारतीय र अन्तर्राष्ट्रिय सङ्गीत उद्योगका केही सबैभन्दा प्रतिष्ठित नामहरूलाई एकसाथ ल्यायो, जसले कलाकार विकास, सङ्गीत प्रकाशन, डिजिटल विकास, अन्तर्राष्ट्रिय सहयोग र उद्योग नवाचारमाथि अन्तर्दृष्टि साझा गरे।

प्रसिद्ध बलिवुड सङ्गीतकार तथा गायक हिमेश रेशमियाले वेभ्स 2025 लाई सहयोगी र कन्टेन्ट क्रिएटर्सको लागि एक शक्तिशाली मञ्चको रूपमा वर्णन गरे। उनले नयाँ मानिसहरूका लागि तयारीको महत्त्वमाथि जोड दिए अनि उनीहरूलाई सधैँ आफ्नो सङ्गीत पोर्टफोलियोलाई तयार तथा पालिश गर्न सल्लाह दिए। आफ्नो यात्रालाई सम्झँदै उनले स्वीकार गरे कि अतीतमा सीमित अवसर थिए, तर आजकाका महत्त्वाकांक्षी कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि स्वतन्त्र मञ्च र सामाजिक सञ्जालको लाभ उठाउन सक्छन्। यद्यपि, उनले जोड दिँदै भने, “सबैभन्दा महत्त्वपूर्ण कारक सङ्गीतको गुणस्तर हो - दर्शकहरूसँग सही अर्थमा जोडिन र उद्योगमा आफ्नो पहिचान बनाउनका लागि यो आकर्षक र मधुर हुनुपर्छ।”

युनिभर्सल म्युजिकका उपाध्यक्ष क्वी टियाङले एशियाली र वैश्विक सङ्गीत बजारहरूको विकसित गतिशीलतामाथि व्यावहारिक दृष्टिकोण साझा गरे। उनले भारतीय प्रतिभाहरूलाई पोषित गर्ने र उनीहरूको सफलताको लागि वैश्विक मार्ग बनाउनका लागि युनिभर्सल म्युजिकको प्रतिबद्धतालाई पुन: पुष्टि गरे, साथै भारतमा अझ दिगो र मूल्य-सञ्चालित सङ्गीत उपभोग संस्कृतिको आवश्यकतालाई रेखाङ्कित गरे।

सङ्गीत प्रविधि र प्रतिलिपि अधिकार संरक्षणमा अग्रणी आईएफपीआई (अन्तर्राष्ट्रिय फोनोग्राफिक उद्योग महासङ्घ) का मुख्य कार्यकारी अधिकारी डा. रिचर्ड गूचले अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा भारतीय सङ्गीतको सुरक्षा र प्रचारमा डेटा-सञ्चालित रणनीति र वैश्विक मापदण्डहरूको भूमिकामाथि जोड दिए।

विश्वका सबैभन्दा ठूलो सङ्गीत प्रकाशन संस्थाहरू मध्ये एकको प्रतिनिधित्व गर्दै सोनी म्युजिक पब्लिशिङका कार्यकारी दिनराज शेट्टीले सङ्गीत अधिकार प्रबन्धन अनि भारतीय गीतकार र सङ्गीतकारहरूले स्ट्रिमिङ युगमा आफ्नो कामलाई कसरी राम्रोसँग मुद्रीकरण गर्न सक्छन् भन्ने बारेमा अन्तर्दृष्टि साझा गरे।

सारेगामाका प्रबन्ध निर्देशक विक्रम मेहराले कलाकार र सङ्गीत लेबलहरू बीचको सहजीवन सम्बन्धमाथि जोड दिए। उनले उद्योगको विकासको लागि दुवै सम्मानको हकदार रहेको कुरामा जोड दिए। उनले भने अनुसार कलाकारहरूलाई उनीहरूको रचनात्मकताको लागि महत्त्व दिनुपर्छ, जबकि लेबललाई सङ्गीतमा उनीहरूको वित्तीय निवेशको लागि स्वीकार गरिनुपर्छ। मेहराले एक मजबुत सदस्यता-आधारित बजार, सुचारू सरकारी नीति र पाइरेसी विरुद्ध कडा कारबाहीको आवश्यकतामाथि पनि प्रकाश पारे, जसले सङ्गीत उद्योगलाई धेरै हानि पुर्याएको छ।

वार्नर म्युजिक इण्डियाका प्रबन्ध निर्देशक जय मेहताले भारतीय सङ्गीत उद्योगको भविष्यको लागि आफ्नो दृष्टिकोण साझा गरे, जसमा देशको द्रुत गतिमा बढ्दो जीडीपी र यसको सङ्गीत क्षेत्रको अपेक्षाकृत स्थिर वृद्धि बीचको भिन्नतालाई उजागार गरियो। उनले बताए अनुसार आर्थिक विस्तारको बावजुद, सङ्गीत उद्योगले गति कायम राख्न सकेको छैन, जसको मुख्य कारण मुद्रीकरण र उपभोक्ता व्यवहारमा चुनौतीहरू हुन्। यद्यपि, मेहताले आशावाद व्यक्त गर्दै भने, भारतीय उपभोक्ताहरू भुक्तान गर्न तयार छन्, तर सामग्री साँच्चै आकर्षक र उच्च गुणस्तरको भए मात्र। उनले उद्योगको पूर्ण क्षमतालाई अनलक गर्नका लागि नयाँ प्रतिभाहरूको खोज, शैली विविधतालाई बढ़ावा दिने अनि भारतीय र वैश्विक सङ्गीत दृश्यहरू बीच मजबुत सम्बन्ध निर्माण गर्ने महत्त्वमाथि जोड दिए।

नीति र विनियामक क्षेत्रमा एक प्रमुख आवाज फर्नाण्डिसले भारतको सङ्गीत उद्योगको एक व्यापक आर्थिक सिंहावलोकन प्रदान गरे तथा मजबुत रूपरेखा, अधिकार संरक्षण र डिजिटल नवाचारको वकालत गरे।

सत्रलाई एक प्रतिष्ठित सङ्गीत उद्यमी तथा वैश्विक सल्लाहकार स्कट डे मर्काडोद्वारा कुशलतापूर्वक सञ्चालन गरिएको थियो, जसमा प्रत्येक वक्ताको विशिष्ट दृष्टिकोण र दूरदर्शी विचारहरूलाई अघि ल्याउने व्यावहारिक प्रश्नहरू थिए। रचनाकारहरूको केन्द्रीय भूमिकामाथि जोड दिँदै उनले टिप्पणी गरे कि कलाकारहरू उद्योगका सच्चा नायक हुन् र उनीहरूलाई समर्थन र सशक्त बनाउनका लागि पारिस्थितिक प्रणालीको निर्माण गरिनुपर्छ।

वास्तविक समयमा आधिकारिक अद्यावधिकहरूको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:

एक्स-मा:

https://x.com/WAVESummitIndia

https://x.com/MIB_India

https://x.com/PIB_India

https://x.com/PIBmumbai

इन्स्टाग्राममा:

https://www.instagram.com/wavesummitindia

https://www.instagram.com/mib_india

https://www.instagram.com/pibindia

*****

 

पीआईबी टीम वेभ्स 2025 । राजिथ / लक्ष्मीप्रिया / पौशाली / अपराजिता / प्रियदर्शिनी / दर्शना । 177


Release ID: (Release ID: 2127058)   |   Visitor Counter: 8