@font-face { font-family: 'Poppins'; src: url('/fonts/Poppins-Regular.ttf') format('truetype'); font-weight: 400; font-style: normal; } body { font-family: 'Poppins', sans-serif; } .hero { background: linear-gradient(to right, #003973, #e5e5be); color: white; padding: 60px 30px; text-align: center; } .hero h1 { font-size: 2.5rem; font-weight: 700; } .hero h4 { font-weight: 300; } .article-box { background: white; border-radius: 10px; box-shadow: 0 8px 20px rgba(0,0,0,0.1); padding: 40px 30px; margin-top: -40px; position: relative; z-index: 1; } .meta-info { font-size: 1em; color: #6c757d; text-align: center; } .alert-warning { font-weight: bold; font-size: 1.05rem; } .section-footer { margin-top: 40px; padding: 20px 0; font-size: 0.95rem; color: #555; border-top: 1px solid #ddd; } .global-footer { background: #343a40; color: white; padding: 40px 20px 20px; margin-top: 60px; } .social-icons i { font-size: 1.4rem; margin: 0 10px; color: #ccc; } .social-icons a:hover i { color: #fff; } .languages { font-size: 0.9rem; color: #aaa; } footer { background-image: linear-gradient(to right, #7922a7, #3b2d6d, #7922a7, #b12968, #a42776); } body { background: #f5f8fa; } .innner-page-main-about-us-content-right-part { background:#ffffff; border:none; width: 100% !important; float: left; border-radius:10px; box-shadow: 0 8px 20px rgba(0,0,0,0.1); padding: 0px 30px 40px 30px; margin-top: 3px; } .event-heading-background { background: linear-gradient(to right, #7922a7, #3b2d6d, #7922a7, #b12968, #a42776); color: white; padding: 20px 0; margin: 0px -30px 20px; padding: 10px 20px; } .viewsreleaseEvent { background-color: #fff3cd; padding: 20px 10px; box-shadow: 0 .5rem 1rem rgba(0, 0, 0, .15) !important; } } @media print { .hero { padding-top: 20px !important; padding-bottom: 20px !important; } .article-box { padding-top: 20px !important; } }
WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभ्स 2025 : स्पटिफाई हाउस सेशनमा लोकगीतहरूलाई जीवन्त परम्परा बताइयो


प्यानलिस्टहरूले समकालीन सांस्कृतिक परिदृश्यका अनुकूल लोकगीतहरूको आत्मालाई संरक्षित गर्नुपर्ने वकालत गरे

 Posted On: 03 MAY 2025 3:34PM |   Location: PIB Gangtok

मुम्बई, 3 मई 2025

 

वेभ्स शिखर सम्मेलन 2025 को तेस्रो दिन जियो वर्ल्ड कन्भेन्स सेन्टर, मुम्बईमा “स्पटिफाई हाउस : भारतमा लोक सङ्गीतको विकासक्रम” शीर्षकमाथि एउटा गहन सत्र आयोजित गरियो। “वेभ्स सांस्कृतिक एवं साङ्गीतिक सङ्गोष्ठी“ खण्ड अन्तर्गत आयोजित यस सत्रमा भारतको लोक सङ्गीत अनि सांस्कृतिक क्षेत्रको प्रमुख आवाजहरू लोक गीतहरूको जीवन्त परम्परामाथि चर्चा गर्न एक साथ आएका थिए।

चर्चाको सञ्चालन लब्धप्रतिष्ठ कथाकार एवं आयोजक रोशन अब्बासले गरेका थिए। प्यानलमा प्रसिद्ध गीतकार एवं सीबीएफसीका अध्यक्ष प्रसून जोशी, लोक गायिका मालिनी अवस्थी, सङ्गीतकार नन्देस उमाप, गायक एवं सङ्गीतकार पापोन तथा प्रशंसित कलाकार इला अरुण सामेल थिए।

प्यानलिस्टहरूले कसरी भारतीय लोक सङ्गीत एक जीवन्त, सामूहिक परम्पराका रूपमा फस्टाइरहेको छ भन्ने चर्चा गरे। लोक गीत अतीतको स्मृति नभएर दैनिक जीवनमा गहिराईका साथ समाहित पिँढी दर पिँढी चलिआएको सङ्गीत रहेको कुरामा सहमति जनाए। प्रसून जोशीले लोक सङ्गीतलाई “जीवनको स्पर्शनीय अनुभव” अनि साझा मानवीय अनुभवको अभिव्यक्ति बताए।

चर्चा लोक सङ्गीतलाई मुख्यधारामा ल्याउने प्रयास वरिपरी रहेको थियो। प्यानलिस्टहरूले स्पटिफाई जस्ता प्लेटफर्म अनि वेभ्स जस्तो पहलको सराहना गर्दै व्यापक सांस्कृतिक आख्यानमा लोक सङ्गीतलाई सामेल गरे। नन्देश उमापले लोक सङ्गीतलाई “एउटा खुल्ला विश्वविद्यालय” बताउँदै यसको समावेशी अनि लोकतान्त्रिक स्वरूपमाथि जोड दिए।

पापोनले लोक सङ्गीतका साथ आफ्नो यात्रालाई याद गर्दै सर्बियामा आसमिया लोक गीतलाई सबैले उभिएर ताली बजाएको स्मरणीय पल सामेल रहेको उल्लेख गरे। प्रामाणिकताका साथ प्रस्तुत गरिए भारतीय लोकगीत वैश्विक स्तरमा गुञ्जिने उनले बताए। इला अरुण अनि मालिनी अवस्थीले पनि लोक सङ्गीतको आधार समुदाय अनि भावनामा निहित रहेको कुरा दोहोऱ्याए।

“जब तपाईंले आफूलाई खोज्नुहुन्छ, तब कविता लेख्नुहुन्छ। यदि स्वयंलाई समाहित गर्न चाहे, लोक गीत लेख्ने गरिन्छ,” प्रसून जोशीले बताए। यस कथनले चर्चाको सारलाई एउटा यस्तो विधिका रूपमा व्यक्त गर्दछ, जुन सामूहिक पहिचानमा निहित छ र यसलाई जिउने मानिसहरूले लगातार नयाँ रूप दिई रहन्छन्।

प्यानलद्वारा भारतीय लोक परम्परामा विद्यमान व्यापक विविधताबारे पनि उल्लेख गरियो, जसमा प्रत्येक राज्यले एउटा अनौठो सङ्गीत शैली प्रस्तुत गर्दछ। यस विविधतालाई बढावा दिनका लागि व्यवस्थित समर्थनको आह्वान गर्दै पारम्परिक कला रूपलाई अघि ल्याउने वेभ्स जस्तो मञ्चलाई सक्षम बनाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वलाई उनले श्रेय दिए।

चर्चामा नवाचारको आवश्यकतामाथि पनि चर्चा गरियो। प्यानलिस्टहरूले लोक गीतका सारलाई संरक्षित गर्नुपर्ने कुरामाथि जोड दिँदै तर यसको स्वरूपलाई नयाँ पिँढीसँग संवाद गर्नका लागि विकसित गर्नुपर्ने बताए। सांस्कृतिक आधारप्रति साँचो रहँदै समकालीन दर्शकहरूलाई आकर्षित गर्ने रचनात्मक पुनर्व्याख्यालाई उनीहरूले प्रोत्साहित गरे।

यस सत्रमा स्वतःस्फूर्त सङ्गीतमय क्षण पनि सामेल थियो। कैयौं प्यानलिस्टले स्वतः गीत गाउन शुरु गरे, जसबाट लोक गीतको भावना जीवन्त बनेको थियो। दर्शकहरूले एउटा प्रामाणिक अनि मनमोहक अनुभवको आनन्द उठाए।

सत्रको समापन  श्रोता, संस्था अनि रचनाकारहरूबाट भारतको लोक विरासतलाई समर्थन गर्ने एकिकृत आह्वानका साथ भयो। प्यानलिस्टहरूले लोक गीतलाई संरक्षित मात्र नगरेर व्यापक रूपमा उत्सव मनाउँदै साझा गर्नुपर्ने आह्वान गरे।

वास्तविक समयमा आधिकारिक अपडेटहरूको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:

एक्स-मा:

https://x.com/WAVESummitIndia

https://x.com/MIB_India

https://x.com/PIB_India

https://x.com/PIBmumbai

इन्स्टाग्राममा:

https://www.instagram.com/wavesummitindia

https://www.instagram.com/mib_india

https://www.instagram.com/pibindia

********

पीआईबी टीम वेभ्स 2025 । राजित/ लक्ष्मीप्रिया/ दर्शना । 162


Release ID: (Release ID: 2127015)   |   Visitor Counter: 10