WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभ्स 2025 मा विशेषज्ञहरूद्वारा पाइरेसी विरुद्ध एकिकृत कार्वाही, प्रौद्योगिकी, कानून र जागरूकता सम्मिश्रण गर्न आह्वान


प्यानल चर्चामा आर्थिक नोक्सानी, साइबर अपराधको जोखिम एवं परिवर्तन तथा शिक्षाको संयोजनद्वारा समाधानमाथि प्रकाश पारियो

“प्रभावी एन्टी पाइरेसी प्रवर्तनले कानुनी भिडियो सेवा उपयोगकर्तामा 25 प्रतिशतको वृद्धि गर्नसक्छ”

 Posted On: 03 MAY 2025 2:51PM |   Location: PIB Gangtok

मुम्बई, 3 मई 2025

 

वेभ्स 2025 मा “पाइरेसी : तकनिकीको माध्यमद्वारा कन्टेन्टको सुरक्षा” विषयमाथि एउटा प्यानल चर्चामा मिडिया, कानुन तथा साइबर सुरक्षाका वैश्विक दिग्गजहरू डिजिटल कन्टेन्ट अर्थव्यवस्थाका सामु सबैभन्दा ठूलो चुनौतीमध्ये एकलाई सम्बोधित गर्न एक साथ आएका छन्। आइपी हाउसमा एशिया-प्रशान्तका उपाध्यक्ष एवं प्रमुख नील गेनद्वारा सञ्चालित यस चर्चामा पाइरेसी अब चिन्ताको विषय मात्र नभएर मुख्यधाराको निम्ति पनि खतरा बनेको र यसका लागि समन्वित, बहुआयामी प्रतिक्रिया आवश्यक रहेको कुरामा सहमति बनेको छ।

मिडिया पार्टनर्स एशियाका प्रबन्ध एवं कार्यकारी निर्देशक विवेक कोउटोले अनियन्त्रित पाइरेसीको आर्थिक लागतबारे जानकारी दिए। “अनलाइन पाइरेसीले उद्योगलाई 2025 र 2029 बीच राजस्वमा 10 प्रतिशतभन्दा धेरै हानि हुने अपेक्षा गरिएको छ। तर प्रभावी एन्टी पाइरेसी प्रवर्तनले कानुनी भिडियो सेवा उपयोगकर्ताहरूमा 25 प्रतिशतको वृद्धि गर्नसक्छ र सामग्री निवेशमा 0.5 बिलियन अमेरिकी डलरकको वृद्धि अनलक गर्नसक्छ, जसबाट 2029 सम्म कूल मूल्य 3.8 बिलियन अमेरिकी डलर हुनेछ,” उनले बताए। विशेष गरी भारतको डिजिटल भिडियो अर्थव्यवस्था बढिरहेको बेला, हितधारकहरूलाई पाइरेसी चर्चाको संरक्षणदेखि लिएर क्षमतासम्म फेरि परिभाषित गर्न उनले आग्रह गरे।

आइएसबी इन्स्टिट्युट अव् डाटा साइन्सका एसोसिएट डाइरेक्टर डा. श्रुति मन्त्रीले डिजिटल पाइरेसी र साइबर क्राइमका बारेमा आलोकित गरिन्। “पाइरेसीमा प्रायः ट्रोजन, ऱ्यान्समवेयर र स्पाइवेयर जस्ता दुर्भावनापूर्ण उपकरण सामेल हुने गर्दछ। 18-24 वर्ष आयुका उपयोगकर्ताहरू विशेष रूपमा असुरक्षित छन्,” उनले बताइन्। व्यापक जनजागरूकता अभियान अनि शैक्षिक पहलको आह्वान गर्दै रोकथामको शुरुवात जागरूक उपभोक्ताहरूबाट हुनुप्रने कुरामाथि जोड दिइन्। यसका साथै 9-10 जुलाईका दिन सीबीआइ अनि इन्टरपोलको सहयोगमा आइएसबीद्वारा आयोजित हुने डिजिटल पाइरेसी शिखर सम्मेलनको पनि घोषणा गरिन्।

खेल क्षेत्रमा एन्टी पाइरेसी अपरेसनमाथि बोल्दै, डीएजेडएनमा एन्टी पाइरेसी अपरेशनका प्रमुख अनुराग कश्यपले निवारक दृष्टिकोणबारे जानकारी दिए। “हाम्रो रणनीति तीन डीका वरिपरी बनेको छ : पत्तो लगाउनु, बाधा दिनु र रोक्नु। हामी इभेन्ट शुरु हुनुअघि नै परिवर्तन शुरु गर्छौं,” भन्दै उनले अदृश्य वाटरमार्किङ लीकलाई पछ्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

जियो हटस्टारमा हेड लीगल, कानुनी विशेषज्ञ अनिल लालेले कडा रूपमा परिवर्तनको महत्त्वमाथि जोड दिए। “सबैभन्दा ठूलो बाधा पाइरेट्समाथि मुद्दा चलाउनु हो। कानुन व्यवहारलाई लीकको स्रोतको पहिचान गर्नुपर्नेछ र पक्रने खेल बन्द गर्नुपर्नेछ,” भन्दै रोकथाम प्रतिक्रियाशील हुनुको साटो सक्रिय हुनुपर्ने बताए।

आनन्द एण्ड आनन्द एसोसिएट्सका प्रवीण आनन्दले यसको समाधान प्रौद्योगिकी अनि न्यायिक सुधार दुवैमाथि निहित रहेको कुरामाथि बल दिए। “एआइ, ब्लकचेन र वाटरमार्किङ जस्ता उपकरण महत्त्वपूर्ण छ। तर हामीले मेटल डिटेक्टर जस्ता उपायद्वारा क्यामकर्डिङलाई पनि कठिन बनाउनुपर्नेछ। रोकथामका लागि कानुनी कार्वाही आवश्यक छ,” उनले बताए।

प्यानलले एकजुट मोर्चाको आवश्यकतामाथि सहमति जनाउँदै प्रौद्योगिकी, कानुन, प्रवर्तन अभिकरण अनि सार्वजनिक जागरूकताले डिजिटल सामग्रीको भविष्यको रक्षाका लागि मिलेर काम गर्नुपर्ने बताए। वेभ्स 2025, यस्ता चर्चाको माध्यमद्वारा मिडिया अनि मनोरञ्जन उद्योगको सबैभन्दा महत्त्वपूर्ण चिनताहरूका लागि कार्यान्वयन योग्य रणनीतिहरू आलोकित गर्न जारी राख्नेछ।

वास्तविक समयमा आधिकारिक अपडेटहरूको लागि, कृपया हामीलाई फलो गर्नुहोस्:

एक्स-मा:

https://x.com/WAVESummitIndia

https://x.com/MIB_India

https://x.com/PIB_India

https://x.com/PIBmumbai

इन्स्टाग्राममा:

https://www.instagram.com/wavesummitindia

https://www.instagram.com/mib_india

https://www.instagram.com/pibindia

********

पीआईबी टीम वेभ्स 2025 । राजित/ लक्ष्मीप्रिया/निखिता/ दर्शना । 160


Release ID: (Release ID: 2127012)   |   Visitor Counter: 8