WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

वेभ्स 2025 मा भारत मण्डप अनावरण गरिने


भारतको सांस्कृतिक प्रतिभा अनि मिडिया विकासको यात्रा प्रदर्शित हुनेछ

 Posted On: 22 APR 2025 6:51PM |   Location: PIB Gangtok

मुम्बईमा आयोजित हुने विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 को निम्ति सम्पूर्ण विश्व भेला भइरहेको बेला, भारतले गर्वका साथ भारत मण्डप (पेभेलियन) अनावरण गर्नेछ, जुन देशको कथा भन्ने-सुनाउने गहन विरासत अनि वैश्विक मिडिया एवं मनोरञ्जन परिदृश्यमा यसको बढ्दो प्रभावका लागि जीवन्त सम्मान हुनेछ।

कलादेखि कोडसम्म ध्येयवाक्यमा आधारित मण्डपले भारतको वसुधैव कुटुम्बकम – “विश्व एक परिवार हो” भन्ने भावनाको उत्सव मनाउनका साथै कसरी देशको कलात्मक परम्परा लामो समयदेखि रचनात्मकता, सद्भाव अनि सांस्कृतिक कूटनीतिको प्रतीक रहेको छ भन्ने प्रदर्शित गर्नेछ।

विरासतमा निहित अनि नवाचारबाट प्रेरित, भारतले अब विश्वलाई देखाइरहेको छ र कथा भन्ने-सुनाउने, प्रौद्योगिकी अनि परिवर्तनकारी सांस्कृतिक विनिमयमा विश्वको नेतृत्त्व गर्न तयार छ।

भारत मण्डपको केन्द्रमा चारवटा ईमर्सिभ जोन छ, जसले भारतको कथा भन्ने-सुनाउने परम्परालाई जारी राख्दै आगन्तुकहरूलाई अवगत गराउनेछ।

  • श्रुति : वैदिक मन्त्र अनि लोक गीतहरूदेखि लिएर शास्त्रीय सङ्गीत, रेडियो अनि बोलिएका शब्दहरूसम्म मौखिक परम्परालाई प्रकाश पार्दछ।
  • कृति : लिखित विरासत आलोकित गर्दै गुफा उत्कीर्णन (नक्कासी) अनि ताड-पत्र पाण्डुलिपिहरूदेखि लिएर प्रिन्ट मिडिया, साहित्य अनि आधुनिक प्रकाशनको विकाससम्मको यात्रा पैल्याउँछ।
  • दृष्टि : प्राचीन नृत्यका रूपहरू, कठपुतली अनि लोक रङ्गमञ्चदेखि लिएर भारतको सम्पन्न सिनेमा, टेलिभिजन, डिजिटल एवं ईमर्सिभ स्टोरी-टेलिङ ईकोसिस्टमसम्म दृश्य अभिव्यक्तिको खोज गर्दछ।
  • क्रिएटर लीप : अत्याधुनिक तकनिकीका साथ कथा भन्ने-सुनाउनेको भविष्यलाई प्रदर्शित गर्दछ।

यी अनुभवजन्य क्षेत्रको माध्यमद्वारा भारतको कालातीत कथाहरू कसरी शक्तिशाली आधुनिक मिडिया प्रारूपमा विकसित भएका छन् भन्ने हेर्नका लागि आगन्तुकहरूलाई आमन्त्रित गरिन्छ। ओमको गूञ्जदेखि लिएर तबताको थापसम्म, भीमबेटकाको उत्कीर्ण प्रतीकहरूदेखि लिएर आजको डिजिटल स्क्रीनसम्म, नटराजको नृत्यदेखि लिएर सिनेमाई ब्लकबस्टरसम्म, भारतले वैश्विक कथा परिदृश्यलाई कसरी आकार दिएको छ र आकार दिन जारी राखेको छ भन्ने कुराको मण्डप जीवन्त सङ्ग्रह हुनेछ।

तर यो सांस्कृतिक प्रदर्शनभन्दा अरू व्यापक छ – यो भारतको रचनात्मक क्षमता अनि भविष्यको दूरदृष्टिको घोषणा हो। कैयौं ओटीटी प्लेटफर्म, तकनिकीप्रेमी मोबाइल-फर्स्ट अडियन्स, विश्व स्तरीय भीएफएक्स, गेमिङ अनि एनिमेशन स्टुडियोसहित एउटा सम्पन्न ईकोसिस्टमका साथ भारत विश्वमा तेजीका साथ बढिरहेको मिडिया एवं मनोरञ्जन बजारमध्ये एक हो।

भारत मण्डप मिडिय एवं मनोरञ्जन परितन्त्रमा रचनाकार, सहयोगी, अनि व्यापक परिवर्तनकारीका लागि एउटा गतिशील मञ्चका रूपमा खडा छ। यसको माध्यमद्वारा हितधारकहरूलाई भारतको असाधारण प्रतिभा, कथा भन्ने-सुनाउने उन्नत तकनिकी अनि तेजीका साथ बढिरहेको बजारको सम्भावनासँग जोडिनका लागि मूल्यवान अवसर प्राप्त हुनेछ। सांस्कृतिक विरासतको प्रदर्शनदेखि लिएर अरू धेरै भारत मण्डप अन्तर-सांस्कृतिक साझेदारी अनि निवेशलाई बढावा दिनमा प्रबल सरकारी समर्थनको झलक हुनेछ – स्वयंलाई रचनात्मक नवाचार अनि सहयोगको निम्ति एउटा वैश्विक केन्द्रका रूपमा स्थापित गर्नेछ।

वेभ्स 2025 मा भारत मण्डप त्यो ठाउँ हो, जहाँ अत्याधुनिक नवाचारदेखि लिएर प्राचीन प्रेरणा प्राप्त हुनेछ। आफ्नो समृद्ध सांस्कृतिक विरासत, अद्वितीय रचनात्मक प्रतिभा अनि विश्व स्तरीय तकनिकी क्षमताका साथ भारत मिडिया एवं मनोरञ्जनमा एउटा वैश्विक नेतृत्त्वका रूपमा स्थापित हुनका लागि तयार छ – विश्वलाई आकरषित गर्न र प्रेरित गर्नका लागि तयार छ।

.******

पीआईबी टोली वेभ्स 2025/ रबी/श्रीयङ्का/दर्शन/101


Release ID: (Release ID: 2123758)   |   Visitor Counter: 24