प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीद्वारा जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको तीव्र भर्त्सना
Posted On:
22 APR 2025 6:51PM by PIB Gangtok
जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको प्रधानमन्त्री नरेन्द्र मोदीले तीव्र भर्त्सना जनाएका छन्। “यस जघन्य कार्यमा सामेल सबैले सजाय अवश्यै पाउनेछ। कसैलाई पनि छोडिनेछैन! तिनीहरूको दुष्ट आशय कहिले पनि सफल हुनेछैन। आतङ्कवाद विरुद्धको हाम्रो लडाई अविचल छ र यो अझै प्रबल बन्दै जानेछ,” प्रधानमन्त्री मोदीले बताएका छन्।
प्रधानमन्त्रीले एक्समा पोस्ट गरेका छन् :
“जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको म घोर भर्त्सना गर्दछु। आफ्ना प्रियजनको ज्यान गुमाउनेहरूप्रति म शोक व्यक्त गर्न चाहन्छु। घाइतेहरू चाँडै निको होऊन् भनी म प्रार्थना गर्दछु। प्रभावित सबैलाई सक्दो सहयोग प्रदान गरिँदैछ।
यस जघन्य कार्यका पछाडि रहेका सबैले सजाय पाउनेछ... कसैलाई पनि छोडिनेछैन! तिनीहरूको दुष्ट आशय कहिले पनि सफल हुनेछैन। आतङ्कवाद विरुद्धको हाम्रो लडाई अविचल छ र यो अझ प्रबल बन्दै जानेछ।“
*****
(Release ID: 2123566)
Visitor Counter : 12
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam