गृह मामिला मन्त्रालय
azadi ka amrit mahotsav

पद्म पुरस्कार-2026 को लागि नामाङ्कन 31 जुलाई, 2025 सम्म खुल्ला रहनेछ


Posted On: 11 APR 2025 12:53PM by PIB Gangtok

गणतन्त्र दिवस, 2026 को अवसरमा घोषणा गरिने पद्म पुरस्कार-2026 को लागि नामाङ्कन/सिफारिशहरू 15 मार्च, 2025 मा शुरु भइसकेको छ। पद्म पुरस्कारका लागि नामाङ्कनको अन्तिम मिति 31 जुलाई, 2025 हो। पद्म पुरस्कारहरूका लागि नामाङ्कन/सिफारिसहरू केवल राष्ट्रिय पुरस्कार पोर्टल  ( https://awards.gov.in ) मा अनलाइन प्राप्त गरिनेछ।

पद्म पुरस्कार, अर्थात् पद्म विभूषण, पद्म भूषण र पद्म श्री, देशका सर्वोच्च नागरिक पुरस्कारहरू मध्ये हुन्। 1954 मा स्थापित यी पुरस्कारहरूको घोषणा हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा गरिन्छ। यो पुरस्कारले ‘विशिष्ट कार्य’ लाई मान्यता दिनका लागि हो तथा यो सबै क्षेत्र/विषयहरू जस्तै कला, साहित्य र शिक्षा, खेल, चिकित्सा, सामाजिक कार्य, विज्ञान र इञ्जिनियरिङ, सार्वजनिक मामिला, निजामती सेवा, व्यापार र उद्योग आदिमा विशिष्ट तथा असाधारण उपलब्धिहरू/सेवाका लागि प्रदान गरिन्छ। जाति, पेशा, पद वा लिङ्गको भेदभाव बिना सबै व्यक्तिहरू यी पुरस्कारका लागि पात्र छन्। डाक्टर र वैज्ञानिकहरूलाई छाड़ेर सार्वजनिक उपक्रमहरूमा काम गर्ने सरकारी कर्मचारी पद्म पुरस्कारको लागि पात्र हुने छैनन्।

सरकार पद्म पुरस्कारहरूलाई नागरिकको पद्ममा बदल्नका लागि प्रतिबद्ध छ। त्यसैकारण, सबै नागरिकहरूलाई स्व-नामाङ्कन सहित नामाङ्कन/सिफारिश गर्न अनुरोध गरिएको छ। महिला, समाजका कमजोर वर्ग, अनुसूचित जाति र अनुसूचित जनजाति, दिव्याङ्ग व्यक्तिहरू मध्ये यस्ता प्रतिभाशाली व्यक्तिहरूको पहिचान गर्नका लागि ठोस प्रयास भइरहेको छ, जसका उत्कृष्टता र उपलब्धिहरू वास्तवमै मान्यता पाउन योग्य छन् अनि जसले समाजका लागि निःस्वार्थ सेवा गरिरहेका छन्।

नामाङ्कन/सिफारिशहरूमा उपर्युक्त पोर्टलमा उपलब्ध प्रारूपमा निर्दिष्ट गरिएका सबै प्रासङ्गिक विवरण सामेल हुनुपर्छ, जसमा वर्णनात्मक रूपमा उद्धरण (अधिकतम 800 शब्द) सामेल हुनुपर्छ, जसमा अनुशंसित व्यक्तिको आफ्नो सम्बन्धित क्षेत्र/विषयमा विशिष्ट तथा असाधारण उपलब्धि/सेवाहरूलाई स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्छ।

यस सम्बन्धमा विवरण गृह मन्त्रालयको वेबसाइट ( https://mha.gov.in ) र पद्म पुरस्कार पोर्टल ( https://padmaawards.gov.in ) मा ‘पुरस्कार र पदक’ शीर्षक अन्तर्गत पनि उपलब्ध छन्। यी पुरस्कारहरूसँग सम्बन्धित कानून र नियमहरू https://padmaawards.gov.in/AboutAwards.aspx लिङ्क भएको वेबसाइटमा उपलब्ध छन्।

******


(Release ID: 2120966) Visitor Counter : 17