महिला तथा बाल विकास मन्त्रालय
azadi ka amrit mahotsav

“पोषण पखवाडा 2025”को मुख्य विषयवस्तु : जीवनको प्रथम हजार दिन


Posted On: 09 APR 2025 4:19PM by PIB Gangtok

महिला एवं बाल विकास मन्त्रालयले पोषण पखवाडा 2025 मनाइरहेको छ। दुई सप्ताहको यस राष्ट्रव्यापी अभियानको उद्देश्य पोषण जागरूकतालाई प्रोत्साहित गर्नु, मातृ एवं शिशु स्वास्थ्यमा सुधार तथा स्वास्थ्य जागरूकताद्वारा समुदायलाई सशक्त बनाउनु रहेको छ। यो पहल पोषण अभियानको दोस्रो  चरण हो, जुन सामुदायिक सहभागिता बढाउन र व्यक्ति अनि समुदाय दुवैको सशक्तिकरणमा केन्द्रित छ।

पोषण पखवाडा 2025 को मुख्य विषयवस्तुमा जीवनको प्रथम हजार दिनमाथि ध्यान केन्द्रित गरिएको छ। यसमा गर्भाधानदेखि लिएर दुई वर्षको आयुसम्म जीवनको प्रथम हजार दिनको अवधिमा पोषणको महत्त्वमाथि जोड दिइएको छ। यही महत्त्वपूर्ण अवधि आजीवन स्वास्थ्य अनि विकासको आधार हुने गर्दछ। गर्भावस्था अनि शिशु अवस्थाको आरम्भिक दिनहरूमा पर्याप्त पोषण उत्तम स्वास्थ्य परिणाम, उत्पादकतामा वृद्धि र वयस्क अवस्थामा बढी आय आर्जनको कारण बन्दछ। यसै अवधिमा पोषणलाई प्राथमिकता दिई हामीले पिँढीदेखि चलिआएको कुपोषणको चक्र तोड्न सक्नेछौं।

9 देखि 23 मार्च, 2024 सम्म आयोजित पछिल्लो पोषण पखवाडामा पोषण पनि पढाई पनि (पीबीपीबी), गर्भवती महिलाहरूको स्वास्थ्य अनि शिशु तथा बाल-बालिकाको आहार (आइवाईसीएफ) जस्ता प्रमुख विषयमाथि ध्यान केन्द्रित गरिएको थियो। पोषण जागरूकतासित सम्बन्धित कार्यक्रमलाई परिणाम आधारित गतिविधिमाथि ध्यान केन्द्रित गरिएको छ। पोषण पखवाडा 2025 को उद्देश्य सक्रिय सामुदायिक भागीदारी सुनिश्चित गर्दै पोषण सम्बन्धी सेवा इष्टतम तरिकाले कार्यन्वित गर्नु, पोषण उपाय अनि मातृ-शिशु कल्याणमा सुधार ल्याउनु रहेको छ।

*********


(Release ID: 2120542)