महिला तथा बाल विकास मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रिय महिला एवं शिशु विकास मन्त्री श्रीमती अन्नपूर्ण देवीले 10 देखि 13 अप्रेलसम्म अरुणाचल प्रदेश भ्रमण गर्ने


Posted On: 09 APR 2025 11:43AM by PIB Gangtok

पोषण पखवडा अन्तर्गत विभिन्न कार्यक्रममा सहभागी बन्न केन्द्रिय महिला एवं शिशु विकास मन्त्री श्रीमती अन्नपूर्ण देवीले 10 देखि 13 अप्रेलसम्म अरुणाचल प्रदेशको भ्रमण गर्नेछन्। भ्रमण अवधिमा, उनले भारत सरकारका योजनाहरूको कार्यान्वयन बढाउने लक्ष्यका साथ स्थलगत भ्रमण लगायत बैठकहरूको समीक्षा गर्नेछन्।

केन्द्रिय मन्त्री अन्नपूर्ण देवीले क्रा-दादी अनि तल्लो सुबानसरी जिल्लाको भ्रमण गरी पोषण पखवडासित सम्बन्धित गतिविधिमा पनि भाग लिनेछन्।

पोषण पखवडा कार्यक्रमहरूमा भाग लिनका अतिरिक्त, मन्त्रीले स्कूल, आँगनबाडी केन्द्र, अस्पताल, सहकारी अनि स्वयंसहायता समूहको भ्रमण गरी लाभार्थीहरूसँग संवाद गर्दै सरकारी योजनाहरूको प्रभावबारे पनि उनले मूल्याङ्कन गर्नेछन्। यो भ्रमण, महिला, शिशु तथा वञ्चित समुदायका लागि लक्षित कल्याण योजनाहरूको प्रभावी कार्यान्वयन सुनिश्चित गर्नु पनि रहेको छ।

केन्द्रिय मन्त्रीले महिला एवं शिशु विकास मन्त्रालय अन्तर्गत ध्वजवाहक पहल लगायत विभिन्न योजनाको प्रगतिबारे चर्चा गर्न उपायुक्त अनि जिल्ला अधिकारीहरूसँग समीक्षा बैठक पनि गर्नेछन्। समीक्षा बैठकले चलिरहेका कार्यक्रमहरूको प्रभावशीलता बढाउनका साथै महिला, शिशु अनि समाजको असुरक्षित वर्गको कल्याण सुनिश्चित गर्न आवश्यक थप सुधारका क्षेत्रहरू चिन्हित गर्नमाथि केन्द्रित रहनेछ।

********


(Release ID: 2120325) Visitor Counter : 27