सूचना तथा प्रसारण मन्त्रालय
आगामी वेभ्स शिखर सम्मेलन 2025 भन्दा अगाडि टुथटेल ह्याकाथनका शीर्ष 5 विजेताहरूको घोषणा गरियो
युनिक्रोन, अल्केमिस्ट, हुशिङ लायर्स, बग स्मेशर्स र भोर्टेक्स स्क्वाडका टोलीहरूले गलत सूचनाबाट बच्न अग्रणी एआई समाधानहरूको लागि 10 लाख रुपियाँ जिते
एआई सत्यापन उपकरणहरूदेखि लिएर हेरफेर गरिएका मिडियाको लागि पहिचान प्रणालीहरूसम्म, यी नवाचारहरूलाई मुम्बईमा 01 मईदेखि 04 मईसम्म निर्धारित वेभ्स शिखर सम्मेलन 2025 मा प्रदर्शन गरिनेछ
Posted On:
07 APR 2025 7:19PM
|
Location: Mumbai
इण्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएशन (आईसीईए) ले सूचना तथा प्रसारण मन्त्रालय (एमआईबी) को सहयोगमा आज ट्रुथटेल ह्याकाथनका शीर्ष पाँच विजेताहरूको घोषणा गरेको छ - जुन प्रविधिको माध्यमद्वारा गलत सूचना र हेरफेर गरिएको मिडियासँग लड्नका लागि एक वैश्विक चुनौती हो। यो ह्याकाथन आगामी विश्व अडियो भिजुअल एण्ड इन्टरटेनमेन्ट समिट (वेभ्स) 2025 को लागि ‘क्रिएट इन इण्डिया च्यालेञ्ज’ को एक हिस्सा हो। विजेताहरूलाई नयाँ दिल्लीको इण्डिया ह्याबिट्याट सेन्टरमा आयोजित एक शोकेस इभेन्टमा सम्मानित गरिएको थियो, जहाँ शीर्ष 25 शर्टलिस्ट गरिएका नवाचारहरूले उद्योग विशेषज्ञहरूको एक प्यानल समक्ष आफ्नो कारायशील प्रोटोटाइपको प्रदर्शन गरे।
विश्वभरिबाट 5,600 भन्दा अधिक पञ्जीकरणहरू मध्येबाट छनोट गरिए, निम्नलिखित पाँच विजेता इनोभेटरहरूले 10 लाख रुपियाँको सञ्चयी नगद पुरस्कार जिते:
- दिल्लीको टोली युनिक्रोनले आफ्नो अभिनव कार्य, अन्वेषाका लागि जिते, जुन टेक्स्ट, ईमेज र भिडियोहरूमा गलत सूचनाको पत्तो लगाउनमा काम आयो।
- देहरादूनको टोली अल्केमिस्टलाई भेरीस्ट्रीम: फ्याक्ट-फर्स्ट इन एभरी फ्रेमको लागि सम्मानित गरियो, जुन एक समग्र समाधान हो जसले प्रत्यक्ष प्रसारणमा गलत सूचना पत्ता लगाउन र त्यसलाई सही गर्नका लागि ल्याङ्गचेन-सञ्चालित एनएलपी, डायनेमिक नलेज ग्राफ, जीआईएस इनसाइट्स र एक्सप्लेनेबल एआईको उपयोग गर्दछ।
- बेङ्गलुरुको टोली हूशिङ लायर्सले नेक्सम अफ् टुथको लागि पुरस्कार प्राप्त भयो, जुन एक एआई-सञ्चालित उपकरण हो, जसलाई डीपफेकको पत्ता लगाउन, समाचार लेखहरूको तथ्य जाँच गर्न र वास्तविक समयमा झूटा सामग्रीलाई चिह्नित गर्न डिजाइन गरिएको छ।
- दिल्लीको टोली बग स्मेशर्सलाई लाइभ ट्रुथ: एआई सञ्चालित गलत सूचना डिटेक्टरको लागि पुरस्कार प्राप्त भयो, जुन एक यस्तो समाधान हो जसले स्थानीय ठूला भाषा मोडेल (एलएलएम) र तथ्य जाँच गर्ने एपीआईहरूलाई जोड्दछ, ताकि वास्तविक समयमा विश्वसनीयता स्कोर प्रदान गर्न सकियोस्, साथै प्रत्यक्ष प्रसारणको समयमा जीपीएस आधारित एसएमएस सत्यापनको माध्यमद्वारा समुदाय सञ्चालित सत्यापन पनि गर्न सकियोस्।
- बेङ्गलुरुको टोली भोर्टेक्स स्क्वाडले वास्तविक-समय गलत सूचना पत्ता लगाउने र तथ्य जाँच गर्ने प्रणालीको लागि पुरस्कार जित्यो, जो एक एआई सञ्चालित उपकरण हो, जसले प्रत्यक्ष कार्यक्रमहरूको समयमा गलत सूचनाको पत्ता लगाउने र त्यसलाई चिह्नित गर्ने चुनौतीलाई समाधान गर्दछ, वास्तविक समयमा सटीकता र पारदर्शिता सुनिश्चित गर्दछ।
यीमध्ये प्रत्येक टोलीले प्रत्यक्ष प्रसारणको समयमा मिडियाको अखण्डता सुधार गर्ने र गलत सूचनासँग लड्ने उद्देश्यले अभिनव दृष्टिकोणको प्रदर्शन गरे। एआई सत्यापन उपकरणहरूदेखि लिएर हेरफेर गरिएका मिडिया डिटेक्शन प्रणालीहरूसम्मका तिनीहरूका समाधान अब 1-4 मई, 2025 सम्म मुम्बईमा हुने आगामी वेभ्स शिखर सम्मेलनमा प्रदर्शन गरिनेछ। ह्याकाथनले मिडिया र प्रविधि परिदृश्यमा जिम्मेवार नवाचारलाई प्रवर्द्धन गर्नका लागि वेभ्स 2025 को एक हिस्सा बनाउँछ।
यो कार्यक्रममा इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयका अतिरिक्त सचिव र इण्डियाएआई मिशनका सीईओ श्री अभिषेक सिंह र सूचना तथा प्रसारण मन्त्रालयका संयुक्त सचिव श्री सञ्जीव शङ्कर लगायत प्रतिष्ठित गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। ट्रुथटेल ह्याकाथन ग्राण्ड फिनालेको लागि प्रतिष्ठित निर्णायक मण्डलीमा मीटि स्टार्टअप हब (एमएसएच) का पूर्व सीईओ श्री जीत विजयवर्गीय, माइक्रोसफ्ट इण्डियाका एआई टेक स्ट्रेटिजिस्ट निर्देशक श्री विक्रम मल्होत्रा, एबीजी भेञ्चर पार्टनर्सका प्रबन्ध साझेदार श्री आलोक गुर्टु, इण्डियन स्कूल अफ् बिजनेस (आईएसबी) का वरिष्ठ शोधकर्ता तथा भिजिटिङ फेकल्टी डा. अविक सरकार र स्टेजका सह-संस्थापक र सीटीओ श्री शशाङ्क वैष्णव सामेल थिए।
यस कार्यक्रममा बोल्दै आईसीईएका अध्यक्ष श्री पङ्कज मोहिन्द्रुले भने, “भारतले लामो समयदेखि अफवाहको शक्ति देखेको छ - गाउँको लोककथादेखि लिएर भ्रामक मान्यतासम्म अनि आजको डिजिटल युगमा गलत सूचना चल्दैन - तर यो उड्छ। त्यसकारण, गलत सूचनाको मुद्दालाई सम्बोधन गर्न डिजिटल क्षेत्रमा कदम राख्नु अब पहिलेभन्दा कहीँ अधिक महत्त्वपूर्ण छ। झूटको द्रुत प्रसार, विशेष गरी यस डिजिटल युगमा एक गम्भीर चुनौती पेश गर्दछ। यद्यपि, आज हामीसँग विद्यमान उज्ज्वल तथा नवोन्मेषी दिमागहरूका साथ - जसमा उल्लेखनीय 36% महिला सहभागिता सामेल छन् - म के कुरामा विश्वस्त छु भने हामी मजबुत, भविष्यका लागि तयार समाधान तयार गर्नेछौँ। यी केवल पुरस्कार जित्ने विचार होइन; यी यस कुराको ब्लुप्रिन्ट हो कि कसरी भारतले जटिल डिजिटल खरताहरूका लागि नैतिक, एआई सञ्चालित समाधान बनाउनमा विश्वको नेतृत्व गर्न सक्छ।”
विजेताहरूलाई बधाई दिँदै श्री मोहिन्द्रुले भने कि विजेताहरूको यात्रा भर्खरै शुरु भएको छ र उनीहरूलाई आफ्ना समाधानहरूले वास्तविक विश्वमा प्रभाव पारेको हेर्ने आशा छ। उनले यो पनि भने कि ट्रुथटेल ह्याकाथनको समयमा प्रस्तुत गरिएका विचारहरूले सीमाहरूलाई अघि बढ़ाइरहनेछन् र वैश्विक मञ्चमा एआई नवाचारको नेतृत्व गर्न जारी राख्नेछन्।
भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका अतिरिक्त सचिव श्री अभिषेक सिंहले भने, “यस्तो युगमा जहाँ एआईले आवाज, छवि र यहाँसम्म कि सम्पूर्ण पहिचानको नक्कल गर्न सक्छ, यस्तोमा तथ्य र काल्पनामा अन्तर गर्नु एउटा ठूलो चुनौती बनेको छ। ट्रुथटेल ह्याकाथन यस मुद्दालाई सम्बोधन गर्ने एउटा महत्त्वपूर्ण कदम हो अनि म सबै सहभागीहरूलाई अभिनव समाधान विकास गर्ने उनीहरूको प्रयासको लागि प्रशंसा गर्दछु। यहाँ भइरहेको कामले गलत सूचनाको फैलावटलाई रोक्न र समाजलाई यसका हानिकारक परिणामहरूबाट जोगाउन ठूलो योगदान पुर्याउनेछ। हामी यस प्रकारका पहलहरूलाई समर्थन गर्नका लागि प्रतिबद्ध छौँ, जसले देशलाई जिम्मेवार नवाचारको लागि एआईको लाभ उठाउनमा सशक्त बनाउँछ। मलाई के विश्वास छ भने यी समाधानहरू भारतको लागि मात्र मूल्यवान हुने छैनन् तर गलत सूचना विरुद्धको वैश्विक लडाईँमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछन्।”
यो ह्याकाथन आयोजना गरेकोमा आईसीईएलाई बधाई दिँदै श्री सिंहले भने, यस ह्याकाथनको माध्यमद्वारा हामी आफ्नो डिजिटल भविष्यको मुद्रा - विश्वासलाई कायम राख्नमा निवेश गरिरहेका छौँ र आशा व्यक्त गरे कि शीर्ष 5 विजेताहरूले गलत सूचना विरुद्ध लड्नका लागि सर्वोत्तम समाधान विकसित गर्नेछन्।
भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयका संयुक्त सचिव श्री सञ्जीव शङ्करले भने, “ट्रुथटेल ह्याकाथन आजको डिजिटल युगमा गलत सूचनाले निम्त्याएको चुनौतीलाई सम्बोधन गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो। ‘क्रिएट इन इण्डिया च्यालेञ्ज’ अन्तर्गत 32 चुनौतीहरू मध्ये एकको रूपमा यो पहलले मिडिया र मनोरञ्जन उद्योगलाई असर गर्ने सबैभन्दा महत्त्वपूर्ण समस्याहरू मध्ये एक समाधान गर्न विश्वभरिका युवा इनोभेटरहरूलाई एकसाथ ल्याउँछ। गलत जानकारीले सामाजिक सद्भावलाई बिगार्न सक्छ र जीवनमा बाधा पुर्याउन सक्छ, त्यसैले वास्तविक समयमा गलत सामग्रीलाई झण्डा लगाउन सक्ने प्राविधिक समाधानहरू खोज्नु हाम्रो लागि महत्त्वपूर्ण छ। म सबै सहभागीहरूलाई उनीहरूको प्रभावशाली विचारहरूको लागि बधाई दिन्छु र उनीहरूलाई नवीनता गरिरहन प्रोत्साहित गर्छु। हामी वेभ्स 2025 मा प्रस्तुत गरिएका यी समाधानहरू हेर्न तत्पर छौँ, जहाँ तिनीहरूलाई अन्तर्राष्ट्रिय दर्शकहरूलाई प्रदर्शन गरिनेछ, जसले सम्भावित रूपमा जिम्मेवार मिडियाको भविष्यलाई प्रभाव पार्नेछ। यसका साथै मिलेर हामी भविष्यको लागि अधिक सूचित, सुरक्षित डिजिटल पारिस्थितिकी प्रणालीलाई आकार दिन सक्छौँ।”
अक्टोबर 2024 मा शुरु गरिएको ट्रुथटेल ह्याकाथनले 300 भन्दा अधिक शहरका विद्यार्थी र पेशेवरहरूबाट 450 भन्दा अधिक अद्वितीय विचार प्राप्त गर्यो, जसमा 36% सहभागी महिलाहरू थिए। धेरै चरणको स्क्रिनिङ र मेन्टरशिपपछि दिल्लीमा अन-ग्राउण्ड फिनालेमा भाग लिनका लागि 25 जना फाइनलिस्ट छनोट भए। उनीहरू कोइम्बटूरदेखि चण्डीगढ र बेङ्गलुरुदेखि भोपालसम्म भारतका युवाहरूको अविश्वसनीय ऊर्जाको प्रतिनिधित्व गर्छन्।
इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालय (एनईआईटीवाई) र इण्डियाएआई मिशनद्वारा समर्थित ट्रुथटेल ह्याकाथनले भारतको युवा आबादीद्वारा नवाचार आधारित समस्या समाधानको माध्यमद्वारा नैतिक एआईलाई प्रवर्द्धन गर्ने र डिजिटल पारिस्थितिकी प्रणालीमा विश्वासलाई मजबुत बनाउने भारत सरकारको व्यापक दृष्टिकोण अनुरूप छ।
अधिक जानकारीको लागि, https://icea.org.in/truthtell मा जानुहोस्
आईसीईएको बारेमा
आईसीईए भारतमा इलेक्ट्रोनिक्स तथा प्रविधि कम्पनीहरूसँग काम गर्ने प्रमुख उद्योग सङ्घ हो। हाम्रो दृष्टिकोण हार्डवेयर र सफ्टवेयर क्षमताहरू बीच निर्बाध एकीकरणलाई बढावा दिएर भारतलाई वैश्विक प्रविधि महाशक्तिमा रूपान्तरण गर्नु हो। हाम्रो नेतृत्वको माध्यमद्वारा हामी एक गतिशील पारिस्थितिकी प्रणाली निर्माण गर्दैछौँ, जसले नवाचारलाई बढ़ावा दिन्छ र उत्कृष्टतालाई अगाडि बढाउँछ।
पीआईबी टीम वेभ्स 2025 । धर्मेन्द्र तिवारी / नवीन श्रीजित । 87
Release ID:
(Release ID: 2120063)
| Visitor Counter:
Visitor Counter : 22