सूचना तथा प्रसारण मन्त्रालय

उत्कृष्टता पुरस्कार


भविष्यको निर्माण, एभीजीसी-एक्सआर उत्कृष्टताको दिशामा अग्रणी

Posted On: 10 MAR 2025 2:03PM by PIB Gangtok

भविष्यको निर्माण, एभीजीसी-एक्सआर उत्कृष्टताको दिशामा अग्रणी

 

परिचय

एएसआइएफ इण्डियाद्वारा आयोजित तथा सूचना एवं प्रसारण मन्त्रालयद्वारा समर्थित उत्कृष्टता पुरस्कार, शो-रील तथा एड-फिल्मका लागि एउटा प्रतिष्ठित प्रतियोगिता हो, जुन एनिमेशन, भीएफएक्स, गेमिङ र सम्बन्धित क्षेत्रका पेशेवर अनि विद्यार्थीहरूका लागि खुल्ला छ। यस वर्षको वेभ्स सिजन-1-ले प्रतिभागीहरूलाई भारतको मनोरञ्जन उद्योगमा रचनात्मकता एवं उत्कृष्टतालाई मूर्त रूप दिने अभिनव विचार प्रदर्शित गर्नका लागि प्रोत्साहित गर्दछ।

विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) आफ्नो प्रथम आयोजनदेखि नै सम्पूर्ण मिडिया एवं मनोरञ्जन क्षेत्रको अभिसरणका लागि अनौठो “हब एवं स्पोक” मञ्च रहेको छ। यो आयोजन एउटा प्रमुख वैश्विक आयोजन हो, जसको उद्देश्य वैश्विक मिडिय एवं मनोरञ्जन उद्योगको ध्यान भारततर्फ आकर्षित गर्नका साथै यसलाई भारतीय मिडिया एवं मनोरञ्जन क्षेत्र लगायत यसका प्रतिभाहरूलाई जोड्नु रहेको छ।

यो शिखर सम्मेलन 1 देखि 4 मई, 2025 सम्म मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टर र जियो वर्ल्ड गार्डमा आयोजित गरिनेछ। चार प्रमुख स्तम्भ – प्रसारण एवं ज्ञानोरञ्जन, एभीजीसी-एक्सआर, डिजिटल मिडिया एवं नावाचार तथा फिल्ममाथि ध्यान केन्द्रित गर्दै वेभ्सले भारतको मनोरञ्जन उद्योगको भविष्य प्रदर्शित गर्नका लागि दिग्गज, रचनाकार एवं प्रौद्योगिकीविदहरूलाई एक साथ ल्याउनेछ।

उत्कृष्टता पुरस्कार चुनौती वेभ्स प्रतियोगिताको स्तम्भ-2, एभीजीसी-एक्सआरको (एनिमेशन, भिजुअल ईफेक्ट, गेमिङ र कमिक-विस्तारित वास्तविकता) एउटा प्रमुख घटक हो। आजसम्म 1,276 प्रतिभागीले यस प्रतिष्ठित कार्यक्रमका लागि पञ्जिकरण गराइसकेका छन्, जसले एभीजीसी-एक्सआर क्षेत्रमा व्यापक रुचि र प्रतिभा दर्शाउँदछ।

दिशा-निर्देश

वेभ्स उत्कृष्टता पुरस्कारमा भाग लिनका लागि मुख्य दिशानिर्देश यहाँ दिइएका छन् :

  • जमा गर्ने प्रक्रिया : वेभ्स उत्कृष्टता पुरस्कारका (डब्लुएओई) सबै प्रतिभागीले आफ्नो श्रेष्ठ कार्य/ परियोजना अनलाइन बुझाएका छन्। मनोनित भएका प्रतिभागीहरू ग्राण्ड फिनाले तथा पुरस्कार वितरण समारोहमा सशरीर उपस्थित हुनुपर्नेछ।
  • जमा गर्ने स्वरूप : केवल डिजिटल प्रविष्टिहरू फिल्मफ्रीवे मञ्चको माध्यमद्वारा स्वीकार गरिएको थियो भने भौतिक प्रस्तुतिको अनुमति थिएन।
  • पात्रता : सहभागिताको निम्ति कुनै आयु सीमा तय गरिएको थिएन। स्कूल वा महाविद्यालय/ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यार्थी श्रेणी अन्तर्गत सहभागिता जनाउने अनुमति प्रदान गरिएको थियो। अन्यले पेशेवर श्रेणीमा पञ्जिकरण गराए।

पञ्जिकरणको प्रक्रिया

यो प्रतियोगिता पेशेवर अनि विद्यार्थी दुवैका लागि खुल्ला थियो, जो वर्तमानमा एनिमेशन, भीएफएस, गेमिङ वा सम्बन्धित कार्यक्रममा नामाङ्कित छन्। प्रतिभागीहरूलाई आफ्नो सर्वश्रेष्ठ काम प्रस्तुत गर्न भनिएको थियो, चाहे त्यो एनिमेशन, लघु फिल्म, गेम डिजाइन वा भीएफएक्स अनुक्रमकै किन नहोस्। प्रविष्टीहरू 28 फेब्रुअरी, 2025 को दिन बन्द भएको थियो भने यसका लागि कुनै प्रवेश शुल्क राखिएको थिएन।

प्रतियोगिताका श्रेणी

 

 

प्रतियोगिता दुई श्रेणीमा आयोजित गरिँदैछ – विद्यार्थी शो-रिल्स र पेशेवर विज्ञापन फिल्म

प्रतियोगिताका लागि मुख्य तिथिहरू :

  • प्रतियोगिताका महत्त्वपूर्ण समय सीमा यस प्रकार छन् :
  • जमा गर्ने अन्तिम मिति - 28.02.2025
  • शर्टलिस्टिङ - 01.03.2025 - 08.03.2025
  • जूरी समीक्षा - 09.03.2025 - 29.03.2025
  • अन्तिम परिणाम - 01.04.2025
  • विजेताहरूसँग सम्पर्क - 02.04.2025 - 05.04.2025
  • पुरस्कार समारोह - 01.05.2025 - 04.05.2025

मूल्याङ्कन मानदण्ड एवं जूरी

उत्कृष्टता पुरस्कार प्रविष्टिहरूको मूल्याङ्कन प्रतिष्ठित निर्णायक मण्डलद्वारा रचनात्मकता, मौलिकता र कथा वाचनको सम्मोहक क्षमताको आधारमा गरिनेछ। यी मुख्य मानदण्डले एभीजीसी-एक्सआर क्षेत्रमा सबैभन्दा नवीन एवं प्रभावशाली कार्यलाई उजागर गर्नेछ।

रचनात्मकता एवं मौलिकता (25 प्रतिशत)

  • नवीनता : कथा, पात्र एवं अवधारणाको सन्दर्भमा परियोजना कति अनौठो र रचनात्मक छ।
  • मौलिक अवधारणा : एनिमेशन तकनिकी वा कथा भन्ने सम्बन्धमा नयाँ दृष्टिकोण वा ताजा परिप्रेक्ष्य।

तकनिकी दक्षता : (25 प्रतिशत)

  • एनिमेशनको गुणवत्ता : एनिमेशनको सहजता, तरलता एवं तकनिकी निष्पादन।
  • उपकरणहरूको उपयोग : सफ्टवेयर एवं प्रौद्योगिकीको प्रभावी उपयोग, जस्तै 2-डी/ 3-डी एनिमेशन, दृश्य प्रभाव वा कम्पोजिङ।
  • ध्वनि एवं सङ्गीत : ध्वनि अभिकल्प, स्कोर तथा एनिमेशनका साथ समन्वयनको गुणस्तर।

कथा वाचन एवं वर्णन :  (20 प्रतिशत)

  • कथानक एवं चरित्र विकास : कथामा स्पष्टता एवं गहिराई तथा पात्रहरू कति राम्ररी विकास गरिएको छ।
  • गति एवं प्रवाह : कथा कति राम्ररी अघि बढ्दछ र दर्शकहरूलाई बाँधेर राख्दछ।

कलात्मक डिजाइन : (15 प्रतिशत)

  • दृश्य शैली : कलात्मक निर्देशनको सौन्दर्यात्मक अपील र सुसङ्गति, जसमा रङ, पृष्ठभूमि र चरित्र अभिकल्पको उपयोग सामेल छ।
  • समग्र कलात्मकता : दृश्य अभिकल्प एनीमेशन तथा कति राम्ररी पूरक छ।

भावनात्मक प्रभाव : (15 प्रतिशत)

  • सम्मिलन : परियोजना कुन सीमासम्म दर्शकसँग भावनात्मक रूपमा जोडिन्छ।
  • श्रोताहरूसँग सम्मिलन : भावनाहरू जगाउनका साथै पूरा कार्यक्रमको अवधिमा ध्यान केन्द्रित गराउने क्षमता।

 

 

पुरस्कार

उत्कृष्टता पुरस्कारमा शीर्ष 20 विजेतालाई प्रोजेक्टको एउटा ट्रफी, वैश्विक मान्यता तथा रोमाञ्चक पुरस्कारप्राप्त हुनेछ। विजेताहरूलाई मई 2025 मा मुम्बईमा हुने वेभ्स 2025 मा भाग लिनका लागि निःशुल्क परिवहन, यात्रा एवं आवास प्राप्त हुनेछ। तल समीक्षा एवं सम्मान प्रक्रियाको मुख्य तिथि दिइएका छन् :

समीक्षा : 01.03.25 देखि 31.03.25

नामाङ्कनको घोषणा : 10.04.25

विजेता सम्मान समारोह : 01-04 मई 2025, जियो वर्ल्ड सेन्टर, मुम्बईमा

निष्कर्ष

वेभ्स अवार्ड्स अव् एक्सिलेन्सले एभीजीसी-एक्सआर क्षेत्रमा रचनात्मता एवं नवाचारको उत्सव मनाउनका साथै विद्यार्थी एवं पेशेवरहरू दुवैलाई एउटा वैश्विक मञ्च प्रदान गर्दछ। एनिमेशन, भीएफएक्स, गेमिङ र सम्बन्धित क्षेत्रमा उत्कृष्टतामाथि ध्यान केन्द्रित गर्नका साथै प्रतियोगिताले सर्वश्रेष्ठ प्रतिभा उजागर गर्नेछ भने विजेताहरूलाई रोमाञ्चक पुरस्कार, मान्यता र मुम्बईमा वेभ्स 2025 मा भाग लिने अवसर प्रदान गर्नेछ।

सन्दर्भ

 

*******

सन्तोष कुमार/ ऋतु कटारिया/ कामना लकारिया

 

वेभ्सका बारेमा

मिडिया एवं मनोरञ्जन (एम एवं ई) क्षेत्रका लागि एउटा कोशेढुङ्गा कार्यक्रम रहेको पहिलो विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), भारत सरकारद्वारा मुम्बई, महाराष्ट्रमा 1 देखि 4 मई, 2025 सम्म आयोजित गरिनेछ। उद्योगका पेशेवर, निवेशक, निर्माता वा नवप्रवर्तक, जो कोही भए पनि, शिखर सम्मेलनले, मिडिया एवं मनोरञ्जन परिदृश्यसँग जोडिन, सहयोग गर्न, नवाचार गर्न र योगदान गर्नका लागि वैश्विक मञ्च प्रदान गर्दछ। वेभ्स भारतको रचनात्मक तागत बढाउनका लागि तयार छ भने सामग्री निर्माण, बौद्धिक सम्पदा र तकनिकी नवाचारको केन्द्रका रूपमा आफ्नो स्थितिलाई अघि बढाइरहेको छ। केन्द्रिय उद्योग एवं क्षेत्रमा प्रसारण, छापा सञ्चार माध्यम, टेलिभिजन, रेडियो, फिल्म्स, एनिमेशन, भिजुअल ईफेक्ट्स, गेमिङ, कमिक्स, ध्वनि एवं सङ्गीत, विज्ञापन, डिजिटल मिडिया, सोशल मिडिया प्लेटफर्म, जेनरेटिभ एआइ, अगमेन्टेड रियालिटी (एआर), भर्चुअल रियालिटी (भीआर) र एक्सटेन्डेड रियालिटी (आर) सामेल छन्।

 

कुनै अन्य प्रश्नका लागि यहाँ हेर्नुहोस् : यहाँ

आउनुहोस्, हिँड्नुहोस् हाम्रा साथ! वेभ्सका लागि अहिले नै पञ्जिकरण गराउनुहोस्।


(Release ID: 2110093) Visitor Counter : 14