आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
azadi ka amrit mahotsav

क्याबिनेटद्वारा राष्ट्रिय घिर्लिङ विकास कार्यक्रम – पर्वतमाला परियोजना अन्तर्गत उत्तराखण्ड राज्यमा सोनप्रयागदेखि केदारनाथसम्म (12.9 किमि.) घिर्लिङ परियोजना अनुमोदित


पोस्ट गरियो: 05 MAR 2025 3:05PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिलामाथि क्याबिनेट कमिटी (सीसीईए) द्वारा सोनप्रयागदेखि केदारनाथसम्म 12.9 किलोमिटर घिर्लिङ परियोजना निर्माण गर्न अनुमोदित गरेको छ। परियोजना ₹4,081.28 करोडको कूल पूँजीगत लागतमा अभिकल्प, निर्माण, वित्तपोषण, परिचालन एवं अन्तरण (डीबीएफओटी) माध्यमद्वारा विकसित गरिनेछ।

घिर्लिङ परियोजना सार्वजनिक-निजी साझेदारीमा विकास गरिनेछ भने यो एक दिशामा 1,800 यात्री प्रति घण्टा र प्रतिदिन 18,000 यात्री बोक्ने क्षमताका साथ उन्नत ट्राइकेबल डिट्याचेबल गोण्डोला (3 एस) प्रविधिमा आधारित रहनेछ।

घिर्लिङ परियोजना केदारनाथ दर्शनभ्रमणमा जाने तीर्थ यात्रीहरूका लागि वरदान साबित हुनेछ कारण यसले पर्यामैत्री, सुविधाजनक अनि द्रूत कनेक्टिभिटी प्रदान गर्नका साथै एक दिशामा यात्राको अवधि 8-9 घण्टाबाट घटेर 36 मिनट हुनेछ।

यस घिर्लिङ परियोजनाले निर्माण अनि परिचालनका साथै सम्बन्धित पर्यटन उद्योग जस्तै आतिथ्य, यात्रा, खाद्य एवं पेय लगायत वर्षभरी नै पर्यटनको माध्यमद्वारा पर्याप्त रोजगार अवसर पनि सिर्जना गर्नेछ।

घिर्लिङ परियोजनाको विकास सन्तुलित सामाजिक-आर्थिक विकासको पोषणका साथै तीर्थ यात्रीहरूका लागि अन्तिम विन्दुसम्म कनेक्टिभिटी बढाउन र क्षेत्रको तेज आर्थिक विकास पोषित गर्ने दिशामा महत्त्वपूर्ण कदम हुनेछ।

केदारनाथ मन्दिरसम्मको यात्रा गौरीकुण्डदेखि चुनौतीपूर्ण 16 किलोमिटर उकालो जानुपर्दछ जहाँ हिँडेर, खच्चरमा वा पालकीमा चडेर अनि हेलिकप्टरको माध्यमदावारा पुग्ने गरिन्छ। प्रस्तावित घिर्लिङ परियोजनाले मन्दिर दर्शनभ्रमणमा जाने तीर्थ यात्रीहरूलाई सुविधा प्रदान गर्नका साथै सोनप्रयागदेखि केदारनाथसम्म बाह्रमासे कनेक्टिभिटी सुनिश्चित गर्नेछ।

केदारनाथ 12 पवित्र ज्योतिर्लिङ्गमध्ये एक हो, जुन 3,583 मिटरको (11,968 फीट) उँचाईमा उत्तराखण्डको रूद्रप्रयाग जिल्लामा अवस्थित छ। यो मन्दिर अक्षय तृतीयादेखि (अप्रेल-मई) तिहारसम्म (अक्टोबर-नोभेम्बर) 6-7 महिना खुल्ला रहने गर्दछ भने वार्षिक यहाँ 20 लाख जति तीर्थयात्रीले दर्शन भ्रमण गर्ने गर्दछन्।

******


(रिलिज आईडी: 2108482) आगन्तुक काउन्टर : 56
मा यो विज्ञप्ति पढ्नुहोस्: Malayalam , English , Urdu , हिन्दी , Marathi , Bengali , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada